त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्यापस तेह्रथुम बहुमुखी क्याम्पस चुहान डाँडामा ४३ वर्ष सेवा गरेर उमेरका कारण अवकाश पाउनुभएका ६४ वर्षीय लक्ष्मी आङदाङ्वे बुधवार त्रिभुवन विश्व विद्यालयको डिन कार्यालयदेखि प्रशासन प्रमुखको कोठासम्म भौंतारिई रहनुभएको थियो । एकैछिन अगाडि उपकुलपतिको कार्यालयको ढोका चियाइरहेका आङदाङ्वे ४३ वर्षे सेवापछिको सुविधा बुझ्न, बेरुजु फछ्र्योट गर्न र पेन्सन पट्टाको लागि कागजपत्र मिलाउन ३ दिन लगाएर काठमाडौ आउनुभइको हो । त्रिभुवन विश्वविद्यालय प्रशासनले भने आङदाङवेलाई अवकाशपछि स्वभाविक रूपले पाउनुपर्ने सुविधा र अपेक्षित खुसी दिन सक्ने अवस्था छैन किनभने त्रिभुवन विश्वविद्यालय १४० दिनअघिदेखि तालाबन्दी गरिएको छ ।
कम्मरमा ३५ हजार रुपैंया लिएर तेह्रथुमबाट काठमाडौका आएको ३ दिन भयो …
समाज
काठमाडौं उपत्यकामा वर्षौंदेखि सञ्चालनमा रहेका केही पेट्रोल पम्प भने सडक विस्तारका क्रममा घर भित्रै पसेका छन्। घर भित्रैबाट सञ्चालित पम्पलाई नेपाल आयल निगमले निर्वाध इन्धन बिक्री वितरणका लागि अनुमति दिइरहेको छ।
गत आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १२ टेकुस्थित कनक पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीको ढकन वेल्डिङ गर्ने क्रममा ग्यास विष्फोट हुँदा किशोरी साहको मृत्यु भयो। पर्सा जगन्नाथपुर गाउँपालिका–३ घर भई हाल कालीमाटी बस्ने १८ वर्षीय दिपककुमार साहको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी अनिल घिमिरेका अनुसार यो पेट्रोलियम पदार्थ जस्तो अत्यन्त प्रज्वलनशील पदार्थ भण्डारण गर्ने संरचना निर्माणमा भएको लापर्बाहीको परिणाम हो। जबकी …
पोखराको सराङकोट ग्यारजातीमा रहेको बाल सुधार गृह (बाल कारागार) मा विभिन्न जिल्लाबाट आएका बालकहरू बाल बिजाइँको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । बाल सुधार गृहको परिसरमा भान्छा, बस्ने होस्टल, विद्यालय, सुधार गृहको अफिस भवन रहेको छ । १८ वर्षभन्दा मुनिका बालबालिका भएकाले उनीहरूलाई पढ्नका लागि प्रोत्साहन गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्रमअन्तर्गत न्यूनतम सुविधाबिहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) को व्यवस्थापनमा सुधार गृहमा रहेका बालकहरूलाई विद्यालयमा पढाउन ३ जना प्रशिक्षक राखिएका छन् । अहिले त्यहाँ रहेका बालकमध्ये केही सोही विद्यालयमा र केही क्याम्पसमा पढिरहेका छन् । १८ वर्ष नपुग्दै सुधार गृहमा आएका तर १८ वर्ष कटिसकेपछि …
बडी स्प्रे ब्रान्ड ‘लेयर’को ‘सट’ परफ्युमको विज्ञापनसँग सम्बन्धित दुई भिडियोका बारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो वर्गले आपत्ति जनाउँदै उक्त विज्ञापनले महिलामाथि हुने यौन हिंसालाई बढावा दिएको आरोप लगाएका छन्। दिल्ली महिला आयोगसँगै कलाकार फरहान अख्तर, ऋचा चड्ढा र स्वरा भास्कर जस्ता कलाकारहरूले यी विज्ञापनहरूमा आपत्ति जनाएका थिए।
भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले शनिबार ट्विटर र यूट्यूबलाई आफ्नो सम्बन्धित सोशल मिडिया प्लेटफर्मबाट बडी स्प्रे ब्रान्डको विज्ञापनको भिडियोहरू हटाउन आदेश दिएको छ जसले “सामूहिक बलात्कारलाई प्रवर्द्धन गर्ने संस्कृति” लाई बढावा दिएको छ।
ट्विटर र युट्युबमा पठाइएको पत्रमा मन्त्रालयले भिडियोहरू “शालीनता र नैतिकताको हितमा महिलाहरूको चित्रणको लागि हानिकारक” र सूचना प्रविधि (मध्यस्थ …
मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा पर्ने स्वर्गको अप्सरा ‘रारा ताल’ पर्यटकीय प्रवर्द्धन र विकासमा छाया परेको आभास पहिलो पटक जाने जो कसैलाई हुन्छ। त्यहाँ पुग्दा मैले पनि यस्तै अनुभव गरें। मुलुकको अति दुर्गम जिल्ला भनेर चिनिने मुगु जिल्लाको सदरमुकाम गमगढी बजारबाट पैदल ३ घन्टा हिंडेर पुग्न सकिने यस ऐतिहासिक तथा पर्यटकीय स्थानमा पुग्न सुरुमा जो कोही पनि आतुर हुन्छन् । जब त्यहाँ पुग्छन् तब अर्को पटक दोहोर्याएर पुग्ने साहस गर्दैनन्। किनभने त्यहाँ पुग्ने यातायात सर्वसुलभ छैन, बास बस्ने होटेलहरू प्रशस्त छैनन्। एक व्यक्तिले मनोमानी ढङ्गबाट सञ्चालन गरेको एक मात्रै होटेलमा पनि खाने र बस्ने राम्रो व्यवस्था छैन। व्यवस्थापन नगरिएको होटल …
‘लोग्ने हो अलिअलि त कुटिहाल्छन् नि’, २० वर्षकी सन्जु भन्नुहुन्छ, ‘म सुत्केरी छु। चार वर्षको छोरी र मलाई पकाउने चामल पनि छैन। लोग्नेलाई जेल पठाएर मलाई कसले खुवाउँछ ?’
सन्जु माझीको काखमा एक महिनाको छोरा दूध चुसिरहेको छ। सुत्केरी सन्जुले हिजोमात्रै श्रीमानको कुटाइ खाइन्। रक्सी खाएर सुत्केरी श्रीमतीलाई कुटेको देखेपछि इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली आएर सन्जुको श्रीमान जितनलाई लिएर गए।
सन्जु र यहाँका महिलाका लागि श्रीमानको कुटाइ सामान्य जस्तै हो। अनि सामान्य नै त्यही कुटाइको दाग हरेकजसो महिलाको शरीरमा देखिनु।
यो गीता माझीको बस्ती हो। उनै गीता, निर्दयी लोग्ने रामचन्द्रको निर्मम कुटेपछि उपचारको क्रममा ज्यान गएकी गीताको बस्ती।…
चितवन-२०२२ सालमा चितवनमै जन्मिएकी इन्दु पण्डितको विवाह १९ वर्षमै भयो। त्यो समय विवाहपछि बुहारी घर बाहिर निस्किन मनाही थियो।
सामाजिक काममा सक्रिय, इन्दुका लागि विवाह बन्धन बनेन। किनकी इन्दुलाई बाहिर पठाउन इन्दुकी सासूआमा लक्ष्मी पण्डित सबैभन्दा सहयोगी बन्नुभयो। इन्दुको विवाहपछि नै चितवनका महिलाहरूले महिलामाथि हुने हिंसा विरुद्ध एकजुट हुने अभियान थाले। मीना खरेल, सीता सापकोटा, सरिता केसीहरू केही राजनीति गर्ने अविवाहित विद्यार्थीहरू थिए।
उनीहरूले जिल्लालाई आदर्श बनाउनुपर्छ भन्ने अभियानका साथ ३१ वर्षअघि आदर्श नारी विकास केन्द्रको नामले थालेको अभियानमा विवाहित इन्दु लगायत केही महिला पनि थपिए।
इन्दु सम्झिनुहुन्छ, ‘त्यो बेला घरबाटै निस्किन रोकेको भए म सायद आज यो अवस्थामा नहुँदो …
“रातो कर माफ गर” नाराका साथ स्यानेटरी प्याडमा आयातमा लाग्दै आएको करका विरूद्ध आन्दोलन गरिरहेकाहरूको मागलाई सम्बोधन गर्दै सरकारले सेनेटरी प्याडको भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ। सेनेटरी प्याड महिलाहरूले रजस्वला भएका समयमा प्रयोग गर्ने सामग्री हो। मासिक चार दिन हुने रक्तश्राव रोक्न महिलाहरूले प्रयोग गर्ने यही सेनेटरी प्याडको आयात गर्दा लाग्ने भन्सार शुल्कका कारण महंगो बनिरहेको बेला सरकारले यसको भन्सार दर घटाएको हो।
सरकारले बजेट भाषण मार्फत यस्ता सामान नेपालमै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थ आयातमा पनि १ प्रतिशत मात्रै भन्सार महसुल लगाउने घोषणा गरेको छ। यसबाट गुणस्तरीय सेनेटरी प्याड भित्रिने र स्वदेशमै सुपथ मूल्यमा उत्पादन …
देशैभरमा सबैभन्दा कम विद्यार्थी भएको मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति भएको छ। बाढीपहिरोको असर यस वर्ष अझ बढी असर प्रत्यक्ष रुपमा देखिएको छ। बाढीपहिरोको असरले प्रत्यक्ष रुपमा विद्यालय र विद्यार्थीमा परेको छ। बाढीपहिरोको जोखिमको त्रासले अभिभावकले बालबालिका अन्यत्र सार्न थालेपछि समस्या सिर्जना भएको छ।
बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर विद्यालय परिवर्तनको समस्या रहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो। साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ।
“बाढीपहिरोको जोखिम अझै पनि छ। कतिपय निजी आवास निर्माण हुन सकेका छैनन्। अभिभावकले बाढीपहिरो आए आफू भागौंला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकोमा राखेर पढाउने …
समाचार प्रभाव
चितवनमा बढ्दै गएको महिला माथिको हिंसा तथा न्यायिक प्रकृयामा पीडित होस्टायल हुने, साक्षी नपाइने जस्ता समस्या बढ्दै गएपछि प्रहरीले सर्वपक्षीय सरोकारवालासँग छलफल तथा न्यायिक निरुपणका क्रममा सहायता माग्न थालेको छ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० की गीता माझीको क्रूर श्रीमानले मलद्वारबाट लट्ठी घुसाएर हत्या भएपछि प्रहरीले उक्त घटनाको न्यायिक निरुपणको क्रममा पनि सरोकारवालाहरूको सहयोग मागेको हो।
चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले यहाँका अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधिसमेतको बैठक राखी न्यायिक क्रममा सहयोगको अपिल समेत गर्नुभएको छ।
गीताको हत्या आफ्नै श्रीमानबाट भएकोले अहिले उजुरी गरेपनि न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा उजुरी गर्ने छोरीको मन बदलिन सक्ने भएकोले स्थानीय …