द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२
पाञ्चाल राज्यकी राजकुमारी, हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्नेकुरा महाभारतमा पाइन्छ। उनी अयोनिजा देखिन्छिन् किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएको भन्ने जस्तो व्यासले देखाएका छन्।
हस्तिनापुरका राजगुरु तथा आफ्ना विस्मृत तथा अपमानित साथी द्रोणले पाण्डवमध्येका सबैभन्दा ठूला धनुर्धारी अर्जुनमार्फत् आफूसँग लिएको प्रतिशोधको ज्वालामा दन्किएका द्रुपद महाराजका लागि राजगुरु द्रोणाचार्यसँग बदला लिनु नै बाँकी जीवनको उद्देश्य रहेको थियो। शिखण्डी, जसलाई युवराजको रुपमा समाजमा प्रचार गरिएको थियो, उनी क्लीव थिए तर पनि महारथी नै थिए। न पुरुष, …
