मनहरी गाउँपालिका-७ माइगङ्गा खोलाबाट लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका-३ निवासी २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ निवासी २७ वर्षीय विवेक प्रजा र हेटौँडा उपमहानगरपालिका- १८ निवासी २२ वर्षीय उत्तम पाख्रिनलाई पक्राउ गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गरी लागुऔषध तस्करी गरिरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले ३६ किलो गाँजासहित उनीहरुलाइ पक्राउ गरेको हो ।
त्यसको दुई दिन नबित्दै वैशाख २६ गते हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट गाँजासहित दुई युवक पक्राउ परे । पक्राउपर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ सानोभाबर
