Home » सुरक्षा/अपराध » Page 7
Category:

सुरक्षा/अपराध

वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको टोलीले एक गोदाममा छापा मारेर नेपालमा अस्वीकृत रहेको ठुलो परिमाणको भारतीय आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ ।

विशेष सूचनाको आधारमा गएको टोलीले वीरगन्ज महानगरपालिका–१६ नगवा स्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरेको हो ।

वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारको नेतृत्वमा खटिएको टोलीले उक्त औषधि बरामद गरेको थियो । बरामद गरिएको औषधि दुखाई कम गर्नका लागि मालिस गरिने र

0 comment
0 FacebookTwitterEmail

डाक्टरको लापरबाहीले एक युवकको हात कटिएको परिवारले आरोप लगाएका छन् । दुर्घटना हुँदा भाँचिएको हात डाक्टरको गलत निर्णयले काट्नु परेको पीडित परिवारको आरोप छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने सुदामा साहका  १७ वर्षीय छोरा भोलाकुमार साहको हात काटिएको पीडित परिवारले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् ।
भारतबाट नेपाल आउने क्रममा रक्सौलमा रिक्सा पल्टिदा भोला कुमारको हात भाँचिएको थियो । दुर्घटना पछि सीमावर्ती सहर रक्सौलको एसआरपिएम मेमोरियल ट्रस्ट सुपर स्पेसियलिटि हस्पिटलमा अपरेसन गरी हातमा स्टिल जडान गरी उपचार भइरहेको थियो ।
सोही क्रममा वीरगन्जमा रहेको आशाराम हस्पिटल छ, त्यहीँबाट उपचार गराउन आउनु भनेर डाक्टर अलोक
डाक्टरको लापरबाहीको कारण युवकको हात काटिएको परिवारको आरोप
0 comment
0 FacebookTwitterEmail
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ ।

सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो । लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन् ।

सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा उहाँलाई गाडिएको छ । बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उहाँको हत्याको चौथो वार्षिकी मनाउन
0 comment
0 FacebookTwitterEmail

ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । हिजो शुक्रबार बालकुमारीमा भएको घटनापछि उनीहरूलाई कारबाहीस्वरूप तानिएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै बालकुमारीको सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ ।  साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।

सरकारले ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरेको

0 comment
0 FacebookTwitterEmail

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

उक्त घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ।

समितिलाई सात …

0 comment
0 FacebookTwitterEmail

देशको व्यस्त सहर काठमाडौँ उपत्यकामा रहेर नोकरी नगर्ने कमै होलान् । अधिकांश सर्वसाधारण आ–आफ्ना काममा निरन्तर लागि रहेकै हुन्छन् । कसैलाई कार्यालयको कामको चटारो त कसैलाई व्यापार व्यवसायको चिन्ता भइरहेकै छ । आफ्नो गुजारा र निर्वाहका लागि जो कोही आफ्नो दैनिक कामकाजमा व्यस्त भइरहेकै छन् ।

यस्तै घर तथा डेरामा कोही नभएको मौका पारेर चोरी गर्ने समूहको सक्रियता बढेको प्रहरीको आएको उजुरीको तथ्यले  पनि पुष्टि गर्दछ । प्रहरीले घरमा, डेरामा कोही नभएको बेला हुने चोरी तथा डकैतीको लागि सजग गराउँदै आएको भए पनि कतिपय घरधनी तथा डेरावालाको असावधानीवश पनि चोरीको घटना हुने गरेको छ ।

काठमाडौँको विभिन्न स्थानमा चोरी गरेको

0 comment
0 FacebookTwitterEmail

राजधानी प्रागमा रहेको  चेक रिपब्लिकको प्रसिद्ध विश्वविद्यालय चाल्र्स युनिभर्सिटीमा एक आक्रमणकारीले चलाएको बन्दुकबाट निस्किएको गोली लागेर कम्तीमा १५ जनाको हत्या भएको छ भने २४ जना घाइते भएका छन् ।

आक्रमणकारी विद्यार्थीले विश्वविद्यालयको दर्शन विभागको भवनमा विद्यार्थीबिचको भीडमा चलाएको बन्दुकबाट हिजो बिहीबार यस्तो मानव संहार भएको एशोसिएट प्रेसले उल्लेख गरेको छ ।

प्रागका प्रहरी प्रमुख मार्टिन मोन्डार्सकका अनुसार ती बन्दुकधारी पनि मारिएका छन् । उनको नाम भने प्रहरीले बताएको छैन । ती आक्रमणकारीले गोली चलाउनुको कारण खुल्न सकेको छैन तर चेक गणतन्त्रको गृह मन्त्रालयमा अधिकारीहरूले सो आक्रमणको पछाडि कुनै समूहगत संलग्नता वा कुनै विचारधाराको प्रभाव नदेखिएको जानकारी दिएका छन्  ।

बन्दुकधारीले

0 comment
0 FacebookTwitterEmail
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् ।

शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको
0 comment
0 FacebookTwitterEmail

फलाेअप स्टोरी:

सशस्त्र प्रहरी बल नेपाल कोशी (बराह बाहिनी) का प्रहरी नायव महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेलले आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने मानक स्थापना गर्ने बताएका थिए ।

गत मंसीर १८ गते झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्यको शुभारम्भ गर्दै डिआइजी पोखरेलले सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रूपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र ) ले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको हो ।

डिआइजी पोखरेल आफैँले खटाएका प्रहरी कुँवरले झापामा अवैध असुलीका लागि

झापामा डिआइजीका घुमुवाको दबदबा, डिएसपी कटुवालको संयोजकत्वमा बन्यो छानबिन समिति
0 comment
0 FacebookTwitterEmail
गत ५ भदौमा आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्‍यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट खुलेको थियो ।

विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि प्रहरीले हजुरबुबालाई पक्राउ गरेको थियो ।

गएको असारमा इलामकै एक बालिकाको आफ्नै सौतेनी बाबुले बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । १२ वर्षकी उक्त बालिकामा तीन महिनाको गर्भ आएपछि उनी बलात्कृत भएको पुष्टि भएको
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved