Home » स्वास्थ्य » Page 2
Category:

स्वास्थ्य

‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।

पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने चिकित्सकले सुझाएका उहाँले बताउनुभयो । केही दिनपछि नै आँखाको पट्टी हटाएपछि लगाउन कालो चश्मा पाउने कुरा पनि उहाँले बताउनुभयो ।

दुलारीजस्तै सोही वस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने …

0 comment
0 FacebookTwitterEmail

‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ ।

पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ । त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरु जताततै भिटामिनको खोजीमा छन् । कतिचोटी ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, “मलाई कमजोरी भएको

0 comment
0 FacebookTwitterEmail

जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।

काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताउनुभयो । “समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र …

0 comment
0 FacebookTwitterEmail

पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया  राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन् । बिहान–साँझ छाक टार्न धौधौ  भएकाले सुविधासम्पन्न  अस्पतालमा गएर  आँखाको उपचार गर्ने सपना साकार हुन सकिरहेको थिएन ।

‘‘पैसाकै अभावको कारण वर्षाैदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’’ उनले भने,‘‘आफ्नै घरदैलोमा पैसा नतिरिकनै आँखाको शल्यक्रिया गर्न पाउँदा त खुसीको कुनै सीमा छैन ।’’ आँखाको शल्यक्रिया गर्नुअघिसम्म नाति–नातिनाको सहारा लिएर हिँड्नुपर्ने अवस्था पुगेको स्मरण गरिन् ।‘‘आँखा शल्यक्रिया गर्नु अघिसम्म त घरका सानातिना काम गर्न पनि धेरै गाहे हुने गथ्र्याे,’’ उनले भने,‘‘घर वरिपरि आउजाउ गर्न पनि कसैको सहारा लिनुपर्ने हुन्थ्यो । अब त कसैको …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो ।

एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप तालिकामा एचपिभी खोप …

0 comment
0 FacebookTwitterEmail

जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाको मरुदण्ड मात्रै हैनन्, मुख्य पात्र र अभिन्न अङ्ग नै हुन् । स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरुका परिवार र स्वास्थ्य संस्थाहरुका लागि धेरै अर्थमा नायकहरू हुन् ।

हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा अनवरत रुपमा चौबिसै घण्टा खटी हरेक सेवाग्राहीका लागि जस्तोसुकै अवस्थामा पनि सेवा उपलब्ध गराउँदा बिरामी वा बिरामीका आफन्तहरुबाट हिंसाको सिकार हुनु परेको कुरा तथ्यांकले देखाएको छ । यो हाम्रो आजको समाजको …

0 comment
0 FacebookTwitterEmail

देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ …

0 comment
0 FacebookTwitterEmail

यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण देखिएको छ ।…

0 comment
0 FacebookTwitterEmail

तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।

स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताउनुभयो । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ । जिल्लामा डेङ्गुको …

0 comment
0 FacebookTwitterEmail

डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि …

डेङ्गुले लियो सात जनाको ज्यान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved