Home » स्वास्थ्य » Page 21
Category:

स्वास्थ्य

नेपालीहरूको महान चाड दशैं आउनै लागेको छ। दशैंमा मिठो खानु पर्छ वा खान पाइन्छ भन्ने सोच र अपेक्षा आम मानिसको हुन्छ। खाना स्वादिलो बनाउन विभिन्न खालका मसलाको अधिक प्रयोग गरिन्छ। जसले गर्दा मिठो खाने चक्करमा चाडपर्वका बेला धेरै मानिस बिरामी हुने गर्दछन्। मसलाहरूको प्रयोग सही रूपमा गर्न जानिएन भने यसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्‍याउँछ।
अन्यत्र भन्दा नेपाल र भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ। मसलाको प्रयोग नेपाली एवं भारतीयहरूको संस्कार एवं संस्कृतिकै रूपमा रहेको छ। मसलाहरू स्वास्थ्यका लागि हानिकारक हो कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला। मसला स्वस्थको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुनसक्छ। यसको …

बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत
0 comment
0 FacebookTwitterEmail

विद्यार्थीलाई नियमित उपस्थित गराएर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तनहुँका केही पालिकाले ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेका छन्।

सामुदायिक विद्यालयमा पठनपाठनसँगै स्वास्थ्य सेवा समेत प्रदान गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका केही सामुदायिक विद्यालयमा ‘एक मध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरिएको छ।

विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि आँबुखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट तलब तथा अन्य सेवा सुविधा उपलब्ध गराउने गरी करारमा नर्स नियुक्ति गरेको छ।

गाउँपालिकाले वडा–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रमको सुरुवात गरेको हो। भदौ महिनाको पहिलो साताबाट उक्त विद्यालयमा स्टाफ नर्स प्रकृति कट्वाललाई तीन महिनाको …

तनहुँमा ‘एक माध्यमिक विद्यालय एक नर्स’ कार्यक्रम
0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।

डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …

डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
0 comment
0 FacebookTwitterEmail

कडा लडाउन लगाइए पनि  चीनको हाइनानमा तीब्र गतिले कोरोना संक्रमण फैलिएको छ। सङ्क्रमितको संख्या यता तीन महिना सबैभन्दा बढी भएको  छ। सङ्क्रमितहरूको उपचारमा हजारौं स्वास्थ्यकर्मी खटिएका छन्। चीनमा पुन कोविड–१९ को संक्रमण दर तीन महिनाको उच्चमा पुगेको हो। दक्षिणी हेनान टापु क्षेत्रमा बिग्रँदै गएको अवस्थाले गत वर्षको साङ्घाई बन्द भएदेखि नै सबैभन्दा चिन्तित बनाएको हो।
यसबाहेकका गर्मी ठाउँहरूमा सङ्क्रमणको बढ्दो क्रमले गर्दा अझै अवस्था भयभीत हुनसक्ने  स्वास्थ्यकर्मी चीन्ता रहेको बताइएको छ। चीनको छिमेकी प्रान्तहरूले यस क्षेत्रका यात्रु तथा नागरिकहरूलाई प्रवेशमा रोक समेत लगाएका छन्। जसले गर्दा तिब्बतको राजमार्गमा सयौँ सवारी साधनहरू अलपत्रमा परेका छन्।

अर्कोतर्फ सियामेनको तटीय सहरका अधिकारीहरूले यस …

0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेशको राजधानी हेटौँडामा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुर गढी, थाहा नगरपालिकालगायतका क्षेत्रमा डेङ्गु देखिएको हो। बुधबारसम्म मकवानपुर जिल्लामा सात सय ५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ। रोग पहिचान हुने बित्तिकै  उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्।केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।   हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४  र  ५ मा 

0 comment
0 FacebookTwitterEmail

खाना आफैंमा कुनै धर्म होइन। खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो। यद्यपि खाना धर्म संस्कृति आदिसँग पनि जोडिन्छ। जसलाई खानाको धार्मिक सांस्कृतिक पाटोको रूपमा अथ्र्याइन्छ। फेरि पनि खाना कुनै धर्मको अंग होइन, यो केवल ऊर्जाको स्रोत हो– शरीरको, मनको र जीवनको।

पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक अजैविक पदार्थमा औषधीय गुण हुन्छ। जसलाई कुनै न कुनै रूपमा औषधि बनाएर प्रयोग गर्न सकिन्छ तर ती सबै पदार्थलाई खानाको रूपमा प्रयोग गर्न सकिदैन। कुनै पनि चिजलाई खानाको रूपमा प्रयोग गरिनु र औषधीको रूपमा प्रयोग गरिनु फरक फरक दृष्टिकोण र अभ्यास हो।

प्राचीनकालदेखि नै वैदिक समाजले दैनिक खानपिनमा प्याज …

0 comment
0 FacebookTwitterEmail

अन्धविश्वास र विश्वास दुवैको जग वस्तुगत हुँदैन। दुबै कुरा विषयगत हुन्। भौतिक विज्ञानमा दुवै विषय स्वीकार्य विषय होइनन्। भौतिक विज्ञानले पदार्थको सत्ता वा वस्तुगत जगबाहेकका सबै विषयहरूलाई अवैज्ञानिक मान्दछ।

समाजशास्त्र पनि विज्ञान हो, विषयगत विज्ञान। समाजशास्त्रमा अन्धविश्वास र विश्वास दुवै स्वीकार्य विषय हुन्। दुवैलाई दृष्टिकोण मानिन्छ। दुवैलाई सिद्ध वा असिद्ध गर्न तर्क, तथ्य एवं तथ्याङ्क भए पुग्छ। एउटा व्यक्ति वा समूहलाई कुनै अभ्यास (विषय) तर्क, तथ्य र तथ्याङ्कको आधारमा अन्धविश्वास लाग्नसक्छ भने त्यही अभ्यास (विषय) अर्को तर्क, तथ्य र तथ्याङ्कको आधारमा विश्वास हुनसक्छ। तसर्थ अन्धविश्वास र विश्वास दुवै वैयक्तिक एवं विषयगत विषय मात्र नभएर सापेक्षित विषय …

अन्धविश्वासको आवरण र विश्वासको धरातल बीच धामीझाँक्री र झारफुक चिकित्सा
0 comment
0 FacebookTwitterEmail

“ल भाइहरू तिमीहरू सबैजना बाहिर जाउ”।

कक्षाकोठा भित्र अर्को घण्टीको लागि शिक्षकलाई पर्खीरहेको बेला, स्वास्थ्य विषयका सर कक्षामा आउनासाथ हामीलाई भन्नुभयो। कक्षामा साथीहरूले केही पनि नसोधी सरासर बाहिर गए। सरका कुरा सुनेर कक्षामा भएका छात्राहरू पनि अक्कमक्क भएका थिए। हामी केटाहरू बाहिर गए पछि सरले भित्रबाट झ्याल र ढोका लगाउनुभयो। मनमा अनेक प्रश्नहरू घुमिरहेका थिए, के भई रहेको थियो कक्षा भित्र।  उत्सुकता कम गर्नका लागि हामी केही साथीले कक्षाको झ्याल र ढोकामा कान लगाएर सुन्ने प्रयास पनि गर्यौ, तर केही आवाज सुनिएन। हामी विद्यालयको चौरमा बसेको ४५ मिनेट भइसकेको र घण्टीको समय बिते पछि सरले ढोका खोल्नु भयो।

“लौ भाइहरू …

कहिले नसकिने महिनावारीको कुरा
0 comment
0 FacebookTwitterEmail

दक्षिण भारतमा ‘टमाटो फ्लू’ भनेर चिनिने नयाँ भाइरस देखापरेको छ । एउटा दुर्लभ भाइरलका रूपमा देखिएको यो भाइरसको संक्रमण भारतमा बढ्दोक्रममा रहेको छ । अहिलेसम्म यो भाइरसबाट १०० जना बालबालिका प्रभावित भएका छन्। यो भाइरस केरला हुँदै तमिलनाडु र उडिसा राज्यमा फैलिसकेको छ। यसका बारेमा भारत सरकारले  एउटा स्वास्थ्य निर्देशन जारी गर्दै सबैलाई सावधान रहन भनेको छ। यो निर्देशिकामा परीक्षण र बचावका उपायका साथै अभिभावकलाई आफ्ना बालबालिकामा आएका स्वास्थ्य समस्याका बारेमा अलि बढी सचेत रहन भनिएको छ।

दक्षिण भारतमा रिपोर्ट गरिएको यो “नयाँ” भाइरसलाई चिकित्सकहरूले हात, खुट्टा र मुखसम्बद्ध रोग (HFMD) को एक प्रकार भएको पुष्टि गरेका छन्। चिकित्सकहरूका अनुसार …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रादेशिक अस्पताल असहाय र विपन्न वर्गका लागि सहारा बनेको छ। यस अस्पतालमा आएका कुनै पनि बिरामीले आर्थिक अभावकै कारण उपचार नपाएर फर्किनु परेको छैन।
अस्पतालको सामाजिक सेवा एकाइबाट उनीहरूको उपचार नि:शुल्क गर्ने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० हजार ५ सय जनाले यस अस्पतालबाट नि:शुल्क उपचार सेवा लिइसकेका छन् ।
सम्बन्धित पालिकाले दिएको सिफारिस तथा परिचयपत्रको आधारमा बिरामीलाई नि:शुल्क उपचार, खाना र आवश्यकता अनुसार आउने जाने भाडा समेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।
यस अस्पतालबाट अहिलेसम्म गरिब, असहाय, लैंगिक हिंसाबाट प्रभावित, जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंम्सेविका, कुपोषित, शहीद परिवार, प्राकृतिक प्रकोप प्रभावित, थुनुवा र दुर्घटनामा परेर घाइते भएकालाई …

असहाय र गरिबलाई नि:शुल्क सेवा दिँदै लुम्बिनी प्रादेशिक अस्पताल
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved