Home » प्रोफाइल/अन्तर्वार्ता » Page 11
Category:

प्रोफाइल/अन्तर्वार्ता

नेपालको कर्मचारीतन्त्र र राजनीति बीच सन्तुलित सम्बन्ध र समन्वय नहुँदा सेवाप्रवाह प्रभावकारी नभएको भन्ने गुनासो आइरहन्छ। प्रशासनमा राम्रो थिति बसाल्न राजनीतिज्ञ र कर्मचारी दुवैको उत्तिकै जिम्मेवारी हुन्छ। हामीकहाँ प्रशासनमा थिति बिगारेको राजनीतिज्ञले हो भन्नुहुन्छ पूर्व सचिव गोपिनाथ मैनाली। राजनीतिज्ञमा निष्ठा चाहिनेमा जोड दिने मैनाली राजनीतिले कर्मचारीको काम गर्ने वातावरण पनि बिगारिदिएको ठान्नुहुन्छ। सरकारी कार्यालयमा बिचौलिया सेवा प्रवाहमा जवाफदेहिता  नभएको उहाँको तर्क छ। नीतिनियमका पक्षपाती मैनालीले सुशासन कायम गर्नमा राजनीतिज्ञ र कर्मचारी दुवै जिम्मेवार रहनुपर्ने बताउनुहुन्छ।
२०३८ सालमा  निजामती सेवामा  प्रवेश गर्नुभएका  मैनालीले विभिन्न कार्यालयमा रहेर ३९ वर्ष ८ महिना सम्म खरिदार देखि सचिवसम्मका जिम्मेवारी निर्वाह गर्नुभयो।  प्रशासनमा  प्रणालीगत कामको अभिभारा …

 नियुक्ति र  तक्मा पाउने लोभमा कर्मचारी नेताका कठपुतली भएःगोपीनाथ मैनाली, पूर्वसचिव
0 comment
0 FacebookTwitterEmail

जनजाति समुदायबाट राज्यको नीति निर्माणको तहसम्म पुगेर आफ्नो समुदायकै लागि गर्वको अनुभूति गराउन सफल उपसचिव गोमादेवी चेम्जोङ हाल गृह मन्त्रालयको सीमा तथा अध्यागमन प्रशासन शाखामा कार्यरत हुनुहुन्छ। पाँचथर जन्मनुभएकी उपसचिव चेम्जोङ कृषि पेशामा संलग्न रहेको परिवारबाट सङ्घर्ष गर्दै सो स्थानमा पुग्नुभएको हो। मध्यमवर्गीय परिवार भएकोले  आर्थिक सामाजिक तथा शैक्षिक स्थिति भो सन्तोषजनक नै थियो उहाँको । विद्यालय तहको शिक्षा पाँचथरको सरकारी विद्यालयबाट र उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट पूरा गर्नुभएकी चेम्जोङ अर्थशास्त्र विषयमा  स्नातकोत्तर गर्नुभएको छ। निजामती सेवामा १५ वर्षको काम गरी सक्नुभएको छ। प्रमुख जिल्ला अधिकारीको पदको रबाफ देखेपछि यो क्षेत्रमा आउने लालसा लागेको थियो उहाँमा। निरन्तर प्रयास गरेर क्षमता …

0 comment
0 FacebookTwitterEmail

निजामती सेवालाई जनमुखी बनाउने, प्रशासनलाई नतिजामुखी बनाउने, प्रशासनमा व्याप्त पुरानो सोच तथा संरचनामा सुधार गर्ने, सेवा प्रवाहलाई सरल, सहज, चुस्त, पारदर्शी तथा प्रभावकारी बनाउने जस्ता विषयमा बहस भैरहेको छ। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा प्रशासनका समग्र पक्षमा सुधार ल्याउन नेपालमा विभिन्न प्रशासन सुधार समिति मार्फत सुधारका प्रयास भएका छन्। तर पनि सरकारी सेवाका जुनसुकै काममा पनि ढिलासुस्ती, हैरानी, नातावाद, कृपावाद, अनियमितता, भष्ट्राचार हुने गरेको सेवाग्राहीको गुनासो छ।

सरकारी क्षेत्रमा परिवर्तनलाई प्रोत्साहन नदिइनु, उत्तरदायित्व र जिम्मेवारीको स्पष्ट किटान नगरिनु, प्रशासकीय पद्धति तथा कार्यशैली पुरानै हुनुले पनि प्रशासन नतिजामुखी हुन नसकेको पूर्व सचिव कृष्णहरि बाँस्कोटाको धारणा छ। कर्मचारीतन्त्र भित्र सुधारको कुरा  …

कानुन बन्न नसक्दा तीनै तहको कर्मचारीतन्त्रको काममा अलमलः कृष्णहरि बाँस्कोटा, पूर्व सचिव
0 comment
0 FacebookTwitterEmail

गत साता  महालेखापरीक्षकको कार्यालयमा यसअघि नायब महालेखा परीक्षकको जिम्मेवारीमा रहनुभएकी बिन्दु बिष्ट सचिवमा बढुवा हुनुभएको छ। बिष्टको बढुवा भएसँगै  नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा बहाल ७३ जना सचिव मध्ये महिलाको संख्या ६ पुगेको छ। सो कार्यालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएकी सचिव बिष्टलाई बढुवा सिफारिस समितिको बैठकले लेखापरीक्षण तर्फ रिक्त रहेको सचिव पदमा ज्येष्ठताका आधारमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा भएपछि निजामती सेवाको लेखा परीक्षणतर्फ  उप–महालेखापरीक्षकको जिम्मेवारीमा रहनुभएकी बिष्टले यो क्षेत्रमा दुई दशक भन्दा बढि समयको यात्रा पूरा गरिसक्नुभएको छ। धरानमा जन्मनुभएकी बिष्टले २०५७ सालमा खरिदार पदबाट सेवा प्रवेश गर्नुभएको थियो। शुरुमा प्रशासन सेवाबाट गाविस सचिवको अनुभव बटुलेपछि …

गाविस सचिवदेखि संघीय सचिवसम्म बिन्दु बिष्टको यात्रा
0 comment
0 FacebookTwitterEmail

नेपालको प्रशासन र कर्मचारीको कार्यशैलीलाई नजिकबाट नियाल्दै आउनुभएका प्रशासनविद् भीमदेव भट्टले तीन दशक भन्दा बढि समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेर बिताउनुभयो।  लोकसेवा आयोगका आयुक्तका रूपमा काम गर्नुभएका भट्ट लोकसेवाबाट अवकाश पाएपछि पनि लोकसेवाका प्रतियोगीको परीक्षण गर्ने काममा  संलग्न हुनुभयो। नेपालको निजामती प्रशासनको विकृति र बेथितिका बारेमा बेलाबेलामा टिप्पणी गर्ने  भट्टले नेपालको निजामती प्रशासनलाई रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दीको समुह हो भन्नुहुन्छ। राजनीतिक दलैपिच्छे भएका कर्मचारीका युनियनले यसलाई अझै विकृत बनाएको उहाँको तर्क छ। निजामती प्रशासनका विविध विषयमा आइएनएस स्वतन्त्र समाचारले गरेको कुराकानीको सारांशः

दलपिच्छेका ट्रेड युनियनले यसलाई विकृत बनाउँदै लगेका छन्। हुन त राजनीति पनि अनुशासित छैन। अनगिन्ती दलहरू छन्।

सरकारी कर्मचारीहरू रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दी हुन्: प्रा. डा. भीमदेव भट्ट, प्रशासनविद्
0 comment
0 FacebookTwitterEmail

पोखराको हरियोखर्क अस्पतालस्थित प्यालिएटिभ केयरको बेड नं बी २०० मा भेटिनुहुन्छ कोलिन फिलिप स्मिथ। समय हुने बित्तिकै कि पढ्ने, कि लेख्ने, कि डुल्न हिड्नु हुने कोलिन अहिले अस्पतालको बिस्तरामा पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्यूमरसँग लड्दै हुनुहुन्छ। हिडेर एक्लै नेपालका अधिकांश जिल्ला पुग्नुभएको उहाँलाई अहिले बिस्तराबाट उठ्न हिँडडुल गर्न सहाराको आवश्यकता पर्छ। उमेरले ८६ वर्ष पुग्नुभयो। शरीरले साथ दिएको समयमा अहिले अस्पतालको बिस्तराबाट चिया पिउन क्यान्टिन सम्म पनि पुग्नुहुन्छ। बिस्तरा छेउको टेबलमा रहेको बाइबल पनि पढ्नुहुन्छ। धेरै बोल्नु हुदैँन। त्यसबाहेकको अधिकांश समय निदाउनुहुन्छ। दुई महिनादेखि अस्पतालमा रहेका कोलिन स्मिथको दिनचर्या अहिले यस्तै छ।

उहाँको यथार्थ नाम कोलिन फिलिप स्मिथ …

पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’
0 comment
0 FacebookTwitterEmail

परम्परागत कलाकारितामा जिन्दगी बिताउनुभएका अग्रज कलाकार प्रेममान चित्रकार विगत एक दशकदेखि ओछ्यान पर्नुभयो। त्यसयता उहाँ घरबाट आक्लझुक्कल मात्र निस्किनुभयो। श्वासप्रश्वासमा समस्या भएपछि सिलिण्डरमा सङ्ग्रह गरिएको अक्सिजनको प्रयोग गर्न थाल्नुभयो। त्यसपछि उहाँको दैनिकीमा ठूलो आघात पुग्यो। तथापि खानेमुखलाई जुँगाले कहाँ छेक्न सक्छ र ? ओछ्यान परेका बेला घरिघरि उठेर भए पनि उहाँले चित्रहरू बनाइरहनुभयो। तिनलाई फेसबुकमा अद्यावधिक गर्दै आफ्नो सक्रिय कलाकर्मको परिचय दिन छाड्नुभएन तर दुर्भाग्य ! ओछ्यानको आराम र औषधिले पनि उहाँको रोग निको भएन। वि.सं. २०७७ साल साउन महिनाको आखिरी दिन उहाँले सदाका लागि यस धराधामबाट बिदा लिनुभयो। पौभाकलामा उहाँको अवसानले अपूरणीय क्षति हुन गयो। यो क्षति पूरा हुन …

पौभाकलाको परम्परामा प्रेममान चित्रकार
0 comment
0 FacebookTwitterEmail

नेकपा एमालेको दशौँ केन्द्रीय सल्लाहकार परिषद्को सचिवालय सदस्य टेकु नेपाली दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेकपा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो। गत बैशाखमा गठन गरिएको सचिवालय सदस्यमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नुभएकी नेपाली राजनीतिको साथै महिला र दलित अधिकार तथा समाजसेवाको क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ।  विद्यार्थी जीवनबाटै राजनीतिमा होमिनुभएकी टेकुले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ। शिक्षण पेशा र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएकी टेकुले अहिले भने शिक्षण पेशाबाट अवकाश लिइ राजनीतिमा आफ्नो जीवन समर्पित गर्नुभएको छ। छुवाछुत र विभेदले ग्रस्त समाजबाट अधिकार र समानताको आवाज उठाउने क्रममा पुर्‍याएको योगदानको कदर स्वरुप उहाँले विभिन्न मानसम्मान पनि पाउनुभएको छ।  राजनीतिको माध्यमबाट राज्यको …

पहिले दलित भनी तर्कनेहरू अहिले नमस्कार गर्दै नजिकिन्छन् – टेकु नेपाली
0 comment
0 FacebookTwitterEmail

महात्मा गान्धीको सान्निध्य पाउने र भौतिक रुपमा उपस्थित भएर गान्धीको आश्रममा दीक्षा पाउने थोरै सौभाग्यशाली नेपालीमध्ये एकका गोपालदास बादे श्रेष्ठको ९७ वर्षको उमेरमा बुधबार निधन भएको छ।

गोपालदास बादे श्रेष्ठ, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक धरोहर, २००७ सालको राणाविरोधी क्रान्तिका योद्धा एवम् नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका संस्थापक सदस्य हुनुहुन्छ।

महात्मा गान्धीको आदर्श र दर्शनलाई अनुकरण गर्दै आफ्नो सम्पूर्ण जीवन परोपकारमा समर्पण गर्नुभएका बादेको निधनसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको छ।

विक्रम सम्वत् १९८१  मा काभ्रेको बनेपामा जन्मनुभएका गोपालदास बादेले विक्रमीय १९९० को दशकमा १७–१८ वर्षको उमेरमै पहिलोपटक गान्धीजीको आश्रममा पुग्ने अवसर पाउनुभएको थियो र यो अवसर जुराइ दिनुभएको …

महात्मा गान्धीका प्रखर अनुयायी गोपालदास बादे श्रेष्ठको निधन
0 comment
0 FacebookTwitterEmail

राज्य वा प्रशासनकै व्यक्ति राजाले चलाउने हुँदा राजासित मात्र उत्तरदायी र बफादार भए पुग्थ्यो । अहिले त अनेकौं दल छन् ती सबै दलले भनेको मान्नैपर्ने बाध्यता कर्मचारीतन्त्रलाई छ । धेरै दलप्रति उत्तरदायी हुनुपरेपछि कर्मचारीको काममा पनि अलमल देखिन्छ ।

सरकारी सेवामा ३५ वर्ष बिताउनुभएका पूर्व सचिव शरदचन्द्र पौडेलले निजामती सेवामा  कुशल, कर्तव्यनिष्ठ तथा इमान्दार प्रशासकको छवि बनाउनुभएको थियो । विभिन्न जिल्लाका विभिन्न निकायमा हरेर एलडिओ, सिडिओ तथा महानिर्देशक भएर काम गर्नुभएका पौडेल आम कर्मचारीको लागि मार्गदर्शक तथा उत्प्रेरणाको स्रोत समेत हुनुहुन्छ । २०४० सालमा शाखा  अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौडेलसँग पञ्चायतकालीन शासन व्यवस्थादेखि राजसंस्थात्मक तथा गणतन्त्रात्मक शासन व्यवस्थाको  कर्मचारी प्रशासनसँग …

राजनीतिले आफ्नो प्रवृत्ति नसुधारेसम्म कर्मचारीले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सक्दैन-  शरदचन्द्र पौडेल,  पूर्व सचिव
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved