Home » प्रोफाइल/अन्तर्वार्ता » Page 10
Category:

प्रोफाइल/अन्तर्वार्ता

पूर्व सांसद मैयाँदेवी श्रेष्ठको गए राती निधन भएको छ। मैयादेवी ‘दु:खकी साथी’, को सबैमाझ परिचित हुनुहुन्थ्यो। बिस १९८५ सालमा तनहुँको बन्दीपुरमा जन्मनुभएकी श्रेष्ठलाई बुढ्यौलीसँगै विभिन्न रोगले गाँजेको थियो। उहाँको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा निधन भएको हो। 

मैयाँदेवीले दुखी गरिबलाई मात्र होइन, राजनीतिक (नेपाली कांग्रेस) देखि सामाजिक र शिक्षा क्षेत्रका लागि आफ्नो व्यक्तिगत धनसम्पत्ति दान गर्नुभयो। अझ भनौँ, उहाँको आफ्नो स्वामित्वको धन आफ्ना लागि मात्रै सीमित रहेन, समाजले उपभोग गर्न पायो। त्यसैले उहाँ समाजमा दानवीर उपमाले परिचित हुनुहुन्छ।

पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका ३, स्थित क्षेत्रपुरमा रहेको घरमा अरूको स्याहारमा हुनुहुन्थ्यो। बुढ्यौली लागेसँगै उहाँको स्मरणशक्ति कमजोर भएको थियो। बढ्दो

0 comment
0 FacebookTwitterEmail

इजरायलको लागि नेपाली राजदूत कान्ता रिजाल महिला अधिकार, शिक्षा समाजसेवा, तथा राजनीतिको क्षेत्रमा समेत उत्तिकै चर्चित हुनुहुन्छ । गत असार १२ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रिजाललाई राजदूतमा नियुक्त गर्नुभएको थियो ।  रिजालले २०२२, अगष्ट  ९ मा इजरायलका राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।  राजदूतको रूपमा पदभार ग्रहण गर्नुअघि सन् २०१२ देखि २०२२ सम्म सेन्टर फर कन्सोलिडेशन अफ डेमोक्रेसी, नेपालको महासचिवको रूपमा काम गर्नुभएकी रिजाल नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठान केन्द्रकी सदस्य हुनुहुन्थ्यो । काठमाडौंको इकेदा इन्टरनेशनल स्कूलको संस्थापक प्रिन्सिपल समेत रहनुभएकी रिजाल राजनीतिमा पनि उत्तिकै चासो राख्नुहुन्छ ।  रिजालले महिला …

राजदूतको जिम्मेवारी सफलतापूर्वक बहन गर्न प्रयत्नरत छु:  कान्ता रिजाल, नेपाली राजदूत, इजरायल
0 comment
0 FacebookTwitterEmail

‘नब्बे हब्बे न कब्बे’ भन्ने चलन छ नेपाली समाजमा तर एकानब्बे वर्ष लाग्दै गर्दा पनि कलाकार कृष्णगोपाल (केजी) रञ्जित भने कलामा सुन्दरता कप्न मरिहत्ते गरिरहनुभएको छ। सामाखुसी, कपुरधारा छेउमा बस्नुहुने कलाकारलाई यो उमेरसम्म सधैंको व्यस्त बनाउने उही चित्रकारिता हो। ‘काम गरिरहनु नै जीवन बाँच्नु हो’ भन्ने मान्यताका कलाकार हुनुहुन्छ– उहाँ। ‘हिमाल चित्रका बादशाह’ नामले समेत चिनिनुहुने उहाँले हिमालबाहेक अरू अनेकौं विषय र शृङ्खलाहरूमा पनि उत्तिकै आकर्षक चित्र बनाउनुभएको छ।

रञ्जितले आफ्नो सम्पूर्ण जीवन कलामा समर्पण गर्दै आउनुभएको छ। नेपाली कलाक्षेत्रमा उहाँको विशिष्ट पहिचान छ। उहाँको जन्म वि.सं. १९८९ सालमा पोखराको रानीपौवामा भएको हो। आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “सानोमा म …

0 comment
0 FacebookTwitterEmail

भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको थियो। पूर्वीय दर्शनको विम्ब प्रयोग गरी रोचक र रहस्यमय प्रस्तुतिमार्फत् ‘पावर प्रिन्ट’ नामकरण गर्नु भई विश्वकलामा नेपाली कलाको भिन्न चिनारी दिनुभएको थियो। नेपालमा पहिलो मुहारचित्र प्रदर्शनी २०४१ मा सरस्वती सदनमा भएको बताउँदै त्यसमा आफूले भाग लिनुका साथै आयोजकको भूमिका खेलेको उहाँ सम्झना गर्नुहुन्छ। आफू मात्रै होइन श्रीमती अमीता पाँडेले नेपाली संस्कृति र जनजीवन झल्किने पुतली बनाउने र ती कला विभिन्न मुलुकमा एकल प्रदर्शनीसमेत गरिसकेको उहाँ बताउनुहुन्छ।
साहित्यकार प्राध्यापक रामकुमार पाँडेको चिनारीलाई साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको …

ओझेलमा परेका रामकुमार पाँडेका अनेकन अनुहारहरू
0 comment
0 FacebookTwitterEmail

घर गरेर खाने तथा सासूससुरालाई सघाउने जिम्मेवारी सहित मध्यमवर्गीय परिवारमा बेहुली बनेर भित्रिनु भएकी उपसचिव हिरादेवी पौडेल अन्तत सरकारको कर्मचारी बनेर नागरिकको सेवामा खटिनुभएको छ। घरमा काम गर्न बुहारीको आवश्यकता पर्‍यो भन्दै माग्न आएपछि बिहे गर्नुपरेको बताउँदै पौडेल भन्नुहुन्छ –‘तर पढाइ पूरा गर्न पाउनुपर्ने  शर्तमा बिहे गरेकोले घरमै सीमित हुन भने परेन।‘’  लमजुङबाट एसएलसी सकेपछि बिहे गर्नुभएकी पौडेललाई केही समय भने घरायसी काममा नै अल्झिनु पर्‍यो। ढिकी जाँतो र मेलापात गर्दागर्दै बचेको समय लुकिलुकी पढाईमा लगाउनुभएकी हिराले अन्तत आफ्नो लक्ष्य पाएरै छोड्नुभयो।  हाल राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिवका रुपमा कार्यरत हिरादेवी पौडेलले २०६३ सालमा खुला प्रतियोगिताबाट शाखा …

उपसचिव हिरादेवी पौडेलः ढिकीजाँतो, मेलापात, कम्प्युटर अपरेटरबाट सीडीओ
0 comment
0 FacebookTwitterEmail

भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको थियो। पूर्वीय दर्शनको विम्ब प्रयोग गरी रोचक र रहस्यमय प्रस्तुतिमार्फत् ‘पावर प्रिन्ट’ नामकरण गर्नु भई विश्वकलामा नेपाली कलाको भिन्न चिनारी दिनुभएको थियो। नेपालमा पहिलो मुहारचित्र प्रदर्शनी २०४१ मा सरस्वती सदनमा भएको बताउँदै त्यसमा आफूले भाग लिनुका साथै आयोजकको भूमिका खेलेको उहाँ सम्झना गर्नुहुन्छ। आफू मात्रै होइन श्रीमती अमीता पाँडेले नेपाली संस्कृति र जनजीवन झल्किने पुतली बनाउने र ती कला विभिन्न मुलुकमा एकल प्रदर्शनीसमेत गरिसकेको उहाँ बताउनुहुन्छ।
साहित्यकार प्राध्यापक रामकुमार पाँडेको चिनारीलाई साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको …

साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको एक कुशल कलाकार प्रा रामकुमार पाँडे
0 comment
0 FacebookTwitterEmail

सात प्रदेशमध्ये प्रदेश–१ को नामकरण प्रदेशसभाको कार्यकाल सकिँदासम्ममा टुंगिने सम्भावना टरेको छ। प्रदेशसभाको कार्यकाल करिब तीन महिना मात्र बाँकी छ। पछिल्लो समय त नामकरणको विषयमा दलहरूबीच सम्वादहीनताकै अवस्था छ।

प्रदेशको नामकरणका लागि आधा दर्जनभन्दा धेरै नाम पहिचान र भूगोलसँग जोडिएर चर्चामा आए तर तीमध्ये कुन राख्ने भन्ने विषयले भने प्रदेशसभाको बैठकमा प्रवेश हुने मौका अझैसम्म पाउन सकेको छैन।

प्रदेशसभा गठन भएपछि तीन जना मुख्यमन्त्रीले नेतृत्व गरे। पहिलो पटक एमालेबाट शेरधन राई, दोस्रोमा पुन: एमालेबाट भीमप्रसाद आचार्य र तेस्रोमा राजेन्द्र राई। यी तीनै जना मुख्यमन्त्रीले प्रदेश– १ को नामकरण गर्ने भन्दै पदभार सम्हाल्नु भएको हो। नामकरणका सम्बन्धमा  सरकारको भन्दा बढी प्रदेशसभाको

मुख्य मन्त्रीहरूले राजनीतिक लाभका लागि मात्र नामकरणको मुद्दा उठाए: प्रदीपकुमार भण्डारी, सभामुख, प्रदेश १
0 comment
0 FacebookTwitterEmail

नेपालका महिला उद्यमीहरूमा चिरपरिचित नाम हो शान्ता बाँस्कोटा कोइराला। २२ वर्षदेखि चिया उत्पादन क्षेत्रमा क्रियाशील शान्ता कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरमा कार्यकारी निर्देशक हुनुहुन्छ। जन्मथलो पाँचथरमा रहेको चिया उद्योगबाट विभिन्न प्रकार र स्वादका चिया उत्पादन गरी विभिन्न देशमा निर्यात गर्दै आउनुभएकी शान्ता सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ। बुबा दीपक प्रकाश बाँस्कोटाले स्थापना गरेको टि स्टेटमा रहेर चिया उत्पादन, प्रशोधन, बजारीकरण  तथा व्यवसाय प्रवर्द्धनमा लाग्नुभएकी शान्ताको अनुभवहरू उहाँकै शब्दमाः
बुबाको बिँडो धान्दै व्यवसायमा
मैले पाँचथरमा जन्मिएर त्यहीँकै स्थानीय विद्यालयबाट एसएलसी सम्मको अध्ययन गरेकी हुँ। पछि काठमाडौँ आएर समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेँ। म राजनीतिक परिवारमा हुर्केकी हुँ। मेरो …

 नेपाली चियाको स्वाद चखिलो बनाउँदै शान्ता
0 comment
0 FacebookTwitterEmail

मुलुक सङ्घीयतामा गएको ६ वर्ष बितिसक्दा पनि सङ्घीय संसद्ले सङ्घीय निजामती ऐन नबनाउँदा कर्मचारी प्रशासनलाई व्यवस्थित गर्न सकिएको छैन। सङ्घीय निजामती कानुनले देशव्यापी रूपमा प्रभाव पार्ने भएकोले  यसले अवलम्बन गरेका सिद्धान्त र प्रावधानहरूसँग अन्य तहका सरकारी सेवामा समेत आवश्यक हुन्छ। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ।
तर स्थानीय सेवाको गठन तथा कर्मचारी नियुक्ति र सेवाका शर्तसम्बन्धी कानुन बनाउने समय अझै  घर्कंदै गएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा ऐन फास्ट ट्रयाक मार्फत ल्याउने तयारी गरेको थियो। तर सत्तारूढ दलबीचमा …

0 comment
0 FacebookTwitterEmail

राज्यको नीति निर्माणको तहमा पुग्ने युवा महिलाको संख्या पछिल्लो समय बढ्न थालेको छ। निजामती सेवामा प्रवेश गरेको छोटो समयमै खुला प्रतिस्पर्धाका माध्यमबाट निजामती सेवाको निर्णायक तहसम्म पुगेका महिला अब्बल पनि छन् । १८ वर्षको समयावधिमै खरिदारदेखि सहसचिवसम्म पुग्नुभएको हो अनिता निरौला। त्यो पनि ३६ वर्षको उमेरमा।  सङ्खुवासभाकी  अनिताले १९ वर्षको उमेरमा ०५९ मङ्सिरमा खरिदारबाट सेवा प्रवेश गर्नुभयो। उहाँले खुला प्रतियोगिताबाट लोकसेवाको परीक्षा पास गरेर  ०७७ असारमा सहसचिवमा नियुक्ति लिनुभएको हो। हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव अनिताले २०६३ मा शाखा अधिकृत र ०७० मा उपसचिव पास गर्नुभएको थियो। पत्रकारिता र अङ्ग्रेजीमा स्नातक तथा  जनप्रशासनमा स्नातकोत्तर र …

सुधारका लागि उच्च तहमा युवा: सहसचिव अनिता निरौला
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved