Home » प्रोफाइल/अन्तर्वार्ता » Page 12
Category:

प्रोफाइल/अन्तर्वार्ता

समसामयिक नेपाली चित्रकला क्षेत्रमा अत्यधिक चर्चित कलाकार हुनुहुन्छ– किरण मानन्धर। कलाकार किरण मानन्धर विविध शीर्षक र विषयवस्तुमा कूची चलाउनुहुन्छ। त्यस्तै उहाँ निकै द्रूत गतिमा काम गर्नुहुन्छ। स्वतस्फूर्त ढङ्गले रङलेपन तथा तुलिका सञ्चालन गर्ने कलाकर्ममा पनि उहाँ सशक्त हुनुहुन्छ। उहाँको रङको चयन र संयोजन निकै आक्रामक हुने गर्छन्।

कलारचनाको प्रारम्भमा उहाँका क्यानभासहरू आकृतिविहीन जस्ता लाग्छन् तर कामले पूर्णता लिने बेलासम्ममा अनायास तिनमा मानव वा अन्य जैविक आकृतिहरू देखापर्छन्। यो नै कलाकार मानन्धरको शैलीगत विशेषता हो। उहाँले प्रत्यक्ष अवलोकन गरिरहेका दर्शकलाई कति छिटो त्यति सुन्दर चित्र बनाएका होलान् भन्ने खुल्दुली जगाउनुहुन्छ।

यही साउन ८ गतेदेखि उहाँको पछिल्लो एकल कलाप्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी, …

हिन्दू देवीदेवताका आकृतिका साथमा तुलिकाका जादुगर किरण मानन्धर
0 comment
0 FacebookTwitterEmail

चितवन मेडिकल कलेजमा एनेस्थेसियोलोजीष्ट तथा क्रीटीकल केयर फिजिसियनका रुपमा कार्यरत डा. भारती शर्मा रेग्मीले विभिन्न चुनौतीको सामना गर्दै आफूलाई अब्बल, इमानदार र कर्तव्यनिष्ठ चिकित्सकको रुपमा स्थापित गर्नुभएको छ।  चितवन मेडिकल कलेजमा सह प्राध्यापकको रुपमा शिक्षण पेशामा समेत आवद्ध हुनुहुन्छ।  एनेस्थेसिया विभागको प्रमुख समेत रहनुभएकी डा. भारतीले मेडिकल क्षेत्रमा २  दशक भन्दा बढीको अनुभव सँगाल्नुभएको छ। दुर्गम सम्म स्वास्थ्य सेवाको पहुँच कसरी गर्न पुर्याउन सकिन्छ भनेर चिन्तन गरिरहने डा. रेग्मीले विभिन्न दुर्गम क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको  छ। उहाँ डाक्टर भएपछि त्रिविवि टिचिङ हस्पिटल, गङ्गालाल हृदय रोग केन्द्र हुँदै विगत १० वर्ष देखि चितवन मेडिकल कलेजमा सेवारत हुनुहुन्छ

होइन म नै डाक्टर हुँ भन्दा छोरी मान्छे नि कतै डाक्टर हुन्छन् भनेर हाँसिदिन्थें – डा. भारती शर्मा रेग्मी
0 comment
0 FacebookTwitterEmail

आम सेवाग्राहीले नेपालको  सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रको नाम सुन्नासाथ मुन्टो बटार्छन्। पहिले आम जनताको मनमा इज्जत, शान र प्रतिष्ठाका साथ बसेको कर्मचारीतन्त्रसँग यतिबेला नागरिकको ठूलो गुनासो छ। दिनप्रतिदिन मुलुकी प्रशासन कमजोर र समस्याग्रस्त बन्नुका कारक तत्त्वहरू के हुन त? त्यसको पहिचान कसरी गर्ने? त्यसलाई सुधारको बाटो कसरी देखाउन सकिन्छ? यिनै प्रश्नमा केन्द्रित भएर स्वतन्त्र समाचार-आइएनएसले पूर्व सचिव  शारदाप्रसाद त्रितालसँग कुरा गरेको थियो। उहाँको भनाइमा सरकार सुध्रिए मात्र कर्मचारी सुध्रने र कर्मचारी सुध्रने वित्तिकै प्रभावकारी प्रशासनको विकास हुन्छ।  वि.सं. ०३७ सालमा कृषि विकास बैंकबाट सार्वजनिक सेवा प्रवेश गर्नुभएका त्रितालले नेपालको प्रशासनका विभिन्न क्षेत्रमा ३६ वर्षभन्दा वढी समय काम गर्नुभयो। २०७३ सालमा …

प्रशासन सुधारको जिम्मा अब जनताले लिनुपर्छः शारदा प्रसाद त्रिताल, पूर्व सचिव
0 comment
0 FacebookTwitterEmail

तीन दशक अघि देखि कानुन तथा महिला अधिकारका  क्षेत्रमा अनवरत रूपले क्रियाशील  मीरा ढुङ्गानाले सर्वोच्च अदालतको असार २९ को पूर्ण बैठकको निर्णयानुसार वरिष्ठ अधिवक्ताको  उपाधि प्राप्त गर्नुभएको छ। १ सय ३३ जना वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा उहाँ नै एक्ली महिला हुनुहुन्छ। महिला कानुन र विकास मञ्चमा कार्यरत ढुङ्गानाले समाजमा हुने गरेका हरेक किसिमका लैङ्गिक विभेदको विरुद्ध निरन्तर आवाज उठाउँदै पीडित महिलाहरूको हक हित र न्यायको  पक्षमा वकालत गर्दै आउनुभएको छ।  उहाँले झण्डै ३० वर्षदेखि नेपालका कानुनमा भएका दर्जनौँ विभेदपूर्ण प्रावधानहरू हटाउन तथा यौन हिंसा तथा जबरजस्ती करणी जस्ता घटनाहरूमा पीडितको तर्फबाट एवम् नागरिकताका समस्या भएका पीडितहरूको  तर्फबाट विभिन्न जिल्लामा पुगेर …

यसपालीकी ‘एक्ली’ वरिष्ठ अधिवक्ता- मीरा ढुंगाना
0 comment
0 FacebookTwitterEmail

विगत दुई वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित डा. रामकुमार भौकाजीको अस्ति श्रावण ५ गते बिहीबार बिहान दुखद निधन भयो। अविवाहित भौकाजी नेपाली कलामा अलग धारका कलाकार हुनुहुन्थ्यो। नेपाली चित्रकला र कलालेखनमा उहाँको विशेष योगदान रहेको छ। “मेरो नेपाल” शीर्षक नै राष्ट्रिय भावनाले भरिएको अर्थात् आफ्नो जन्मभूमिप्रतिको हार्दिक भावनाले ओतप्रोतले अभिव्यक्त चित्रकला आफैँ एक अनुपम सिर्जनात्मक कर्म हो भन्ने उहाँको भनाइ थियो। यस कलाकर्ममा आफू लामो समयदेखि संलग्न रहँदै आएको बताउँदै केही चित्रहरू सङ्कलन गरेर सिर्जित ‘मेरो नेपाल’ शीर्षक श्रृङ्खलाहरू वि.सं. २०३८ सालमा मस्कोमा एकल कलाप्रदर्शनी गर्नुभएको थियो। त्यहाँदेखि यहाँसम्म आइपुग्दा उहाँले गत २०७६ सालमा आफ्नो जन्मथलो रामेछाप, साँघुटार बजारमा ग्राफिक चित्रहरूको …

अलबिदा ‘चित्र–कलाकार विशेषज्ञ’ डा. रामकुमार भौकाजी
0 comment
0 FacebookTwitterEmail

वि.सं. २०५६ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएकी नम्रता चुडाल  विगत १० वर्षदेखि शाखा अधिकृतको रूपमा निर्वाचन आयोगमा कार्यरत हुनुहुन्छ । आमाको सपना पूरा गर्न बाल्यअवस्थामै झापाबाट काठमाडौ आउनुभएकी चुडालले निजामती सेवाभित्रका विभिन्न चुनौतीलाई छिचोल्दै यहीं आफ्नी आमा, सन्तान तथा आफ्नो खुशी खोज्नुभएको छ । दाजुहरूको प्रेरणा र सहयोगका साथै आफ्नो मेहनत र क्षमताले सेवामा छिर्नुभएकी चुडाल कहिले काममा कठिन परिस्थिति सामना गर्नुपर्यो त कहिले  केही अवसरबाट बञ्चित हुनुपर्यो । आत्मबल र हौसला भने कम हुन नदिई इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरी सेवाग्राही र सहकर्मीमाझ सुमधुर सम्बन्ध स्थापित गर्न सफल हुनुभएको छ । विभिन्न सरकारी कार्यालयमा रहेर थरीथरीका अनुभव …

महिला भएकै कारण वैदेशिक भ्रमणबाट बञ्चित भएँ: नम्रता चुडाल
0 comment
0 FacebookTwitterEmail

सुर्खेतको वीरेन्द्रनगरबाट बैङ्कर बन्ने सपनामा काठमाडौँ छिर्नुभएकी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मीकुमारी बस्नेतको यात्रा अन्ततः लोकसेवा आयोगको परीक्षातर्फ मोडियो।  वीरेन्द्रनगरको सामान्य परिवारमा जन्मनुभएकी बस्नेतको स्नातकतह सम्मको पढाई पनि आफ्नै जन्मथलोबाट पूरा भयो। किसान बुबाको प्रेरणाले शिक्षा र व्यक्तित्व विकासमा राम्रो सफलता पाउनुभएको छ लक्ष्मीकुमारीले। उहाँका दुई दाजुभाइ र पाँच दिदीबहीनीले पनि विभिन्न क्षेत्रमा आफ्नो बेग्लै छवि स्थापित गर्नुभएको छ। काठमाडौँ आएर व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएकी लक्ष्मीकुमारीले स्नातक सम्मको अध्ययन सकेपछि आफैँले पढेको वीरेन्द्र बहुमुखी क्याम्पसमा शिक्षण पेशमा सक्रिय रहनुभयो। कहिले बैंकमा करियर बनाउने त कहिले शिक्षण पेशा अँगाल्ने कि भन्नेमा उहाँको घुमिरहेको हुन्थ्यो। बुबाको जोड पछि निजामती …

महिलाको प्रतिनिधित्व बढाउन आरक्षण हैन क्षमता विकासः  लक्ष्मीकुमारी बस्नेत, सहसचिव
0 comment
0 FacebookTwitterEmail

कुनैबेला पाटन क्याम्पसमा पढाउने उपसचिव सुशीला अधिकारी अहिले भने निजामती सेवामा रहेर देश र जनताको सेवामा खटिनुभएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिव अधिकारीले १२ वर्षे सेवा अवधिमा आफ्नो जिम्मेवारी र वृत्तिविकास दुवैलाई समान तवरले अघि बढाउँदै आउनुभएको छ। जन्मघर भोजपुर भएपनि भक्तपुर कौशलटारको माटोसँग खेल्दै हुर्किनुभएको अधिकारीले कार्यक्षेत्र पनि काठमाडौँ उपत्यकालाई नै बनाउनुभयो। नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरी शिक्षण पेशा अंगानु भएकी सुशीलाले भाइको सल्लाह र सहयोगले निजामती सेवामा होमिनुभएको हो।‘ भाग्यले जुराएपछि जे आँटे पनि पूरा हुने रहेछ, सुशीला भन्नुहुन्छ- निजामती सेवामा आउँछु भन्ने लागेकै थिएन एक पटक जाँच दिएर हेरौं न भन्ने लागेर …

आरक्षण नभएको भए मजस्ता कयौं महिला क्षमता हुँदाहुँदै पनि पछि परिन्थ्योः सुशीला अधिकारी, उपसचिव,
0 comment
0 FacebookTwitterEmail

डा. राधा वाग्ले, वन तथा वातावरण मन्त्रालयको  जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको प्रमुख, वन तथा वातावरण मन्त्रालयको सहसचिवको पदमा पुग्ने पहिलो महिला, वन सेवाकी पहिलो महिला सहसचिव, पहिलो महिला वार्डेन,  नेपालमा उहाँका अनेकन परिचय छन्। अन्तर्राष्ट्रिय रूपमा उहाँको परिचय अरू थप छ, नेपालकी क्लाइमेट चेन्ज नेगोसिएटर अनि जलवायु परिवर्तन तथा वनमा लैङ्गिक समानताका कुरामा बोल्न सक्ने थोरै विज्ञ मध्ये एक। वन मन्त्रालयको नीति निर्माण  तहमा भने महिलाको उपस्थिति साह्रै पातलो छ। धेरैजसो प्राविधिक तर्फका कर्मचारी रहने वन मन्त्रालयको नीति निर्माण तहमा ८ वर्षदेखि सहसचिवको रुपमा कार्यरत हुनुहुन्छ डा. राधा वाग्ले। उहाँको निजामती यात्रा २०५४ सालमा रेन्जर पदबाट शुरु भएको हो।

धनकुटामा …

 नेपालकी क्लाइमेट चेन्ज नेगोसिएटर डा. राधा वाग्ले
0 comment
0 FacebookTwitterEmail

सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पद शृंखला पार गर्दै विशिष्ट तहसम्म पुगेका हुन्छन्। तर सहसचिव राधिका अर्यालले चाहिँ शाखा अधिकृतबाट उपसचिव नभै सिधै सहसचिवमा फड्को मार्नुभयो। सहसचिव राधिका अर्यालले अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। २०६१ सालमा शाखा अधिकृतको पदबाट सेवा प्रवेश गर्नुभएकी अर्याल खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा एकैपटकमा उपसचिव र सहसचिव दुवै पदमा नाम निकाल्नुभयो। २०६९ सालमा अन्तर्वार्तामा सहसचिवमा नाम निकालेपछि उहाँले उपसचिवको कार्यअनुभव नलिँदै सहसचिव हुनुभएको हो।

करिब १० वर्ष अघिदेखि सहसचिवको भूमिकामा रहनुभएकी अर्याल अब भने बढुवाबाट सचिव बन्ने लाइनमा हुनुहुन्छ। काठमाडौँको निम्नमध्यम परिवारमा उहाँको …

महिलालाई दायित्व बढी, विश्वास कमः सहसचिव राधिका अर्याल
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved