जीवनको सङ्घर्ष तथा आधारभूत आवश्यकता परिपूर्तिका साथै अवसरको मुख्य जगको रूपमा काठमाडौँ उपत्यकालाई लिइन्छ । यस उपत्यकामा रहेर सडक देखि सदन हाँक्ने सबैको आ–आफ्नै कथा र व्यथाहरू छन् । यहाँ दिनहुँ दुख र सङ्घर्षका कथाहरू भेटिन्छन् ।
काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह निर्वाचित भएपछि फुटपाथमा व्यापार गर्ने परिपाटीको अन्त्य गरे । सर्वसाधारण हिँड्नै नसक्ने गरी सडक पेटी कब्जा गरेर व्यापार गर्ने अवस्थाबाट काठमाडौँ कुरूप भएको भन्दै महानगरले हटाएको थियो । सटर भाडामा लिन नसक्ने तर हातमुख जोड्नको निमित्त लुकिछिपी सडक पेटीमा व्यापार गर्नेहरू अझै पनि भेटिन्छन् ।
यसरी सडक पेटीमा व्यापार गर्नेहरूको उचित व्यवस्थापन गर्न नसक्दा बेरोजगारी हुनेको सङ्ख्यामा
