Home » विज्ञान/प्रविधि » Page 5
Category:

विज्ञान/प्रविधि

सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो ।

सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको

0 comment
0 FacebookTwitterEmail

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले  जनाएको छ।

जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ।”

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो।

जापानको अन्तरिक्ष यानको मिशनलाई ‘मून स्नीपर’ नाम दिइएको छ। यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलतापूर्णरूपमा पुग्ने पाँचौं देश बनाएको हो।

मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत उत्पादन नगरेको बताइएको थियो।

जाक्साले

0 comment
0 FacebookTwitterEmail

अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ भने  दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् ।  धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका

0 comment
0 FacebookTwitterEmail

नयाँ वर्षको सुरुवातसँगै आएको भूकम्पको दुखद घटनापछि जापानमा भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता विषयमा बहस भइरहेको छ ।  

घटनाले भूकम्पको पूर्वानुमान गर्ने र सूचना दिने एआई प्रणालीको आवश्यकता रहेको देखाएको छ । जसरी अहिले एआईको क्षेत्रमा ठुलो प्रगति भइरहेको छ, सोही कारण चाँडै नै भूकम्प पूर्वानुमानमा गर्ने एआई प्रविधिको सफलता हासिल हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन्।

यस भूकम्प पूर्वानुमान प्रविधि बारे केही वर्ष अगाडि देखि अनुसन्धानहरू सुरु भइसकेको छ । गत वर्ष अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चीनमा सात महिना सो विषयमा परीक्षण गरे। सेप्टेम्बरमा ‘सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिका’ बुलेटिनमा प्रकाशित सो अध्ययनले एआई एल्गोरिदमले ७०% भूकम्पको एक हप्ता

0 comment
0 FacebookTwitterEmail

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”

0 comment
0 FacebookTwitterEmail

अब नेपालमा अपराध सम्बन्धी एकीकृत राष्ट्रिय अभिलेख (डाटाबेस) बन्ने भएको छ ।

सरकारले यस सम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशन गरेकोले नेपाल प्रहरीले त्यस्तो डाटाबेसको तयारी थालेको छ । अपराध अनुसन्धान, न्याय सम्पादन र राज्यको अन्य सेवा प्रवाहमा यस्तो एकीकृत डाटा नहुँदा अनेक समस्या र विकृति रहेको छ । फौजदारी अपराधमा दण्डित मानिसहरूले पनि अनेक सुविधा अन्य असल नागरिक सरह उपयोग गर्न पाएका विभिन्न तथ्य बेलाबेलामा आलोचनाको विषय बन्ने गरेको छ ।

नेपाल प्रहरीले तयार गर्ने यो अपराध सम्बन्धी एकीकृत डाटाबेसमा चार प्रकारका तथ्याङ्कहरू रहने छन् । पहिलो विवरण नेपाल प्रहरी वा प्रदेश प्रहरीको अपराध अनुसन्धान गर्ने कार्यालय वा एकाइ तथा अन्य

0 comment
0 FacebookTwitterEmail

चिनियाँ वैज्ञानिकहरूले विकास गरेको एक ‘आर्टीफिसियल इन्टेलीजेन्स टुल्स’ ले क्यान्सरको राजा मानिने प्यानक्रेटिक क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सफल भएको छ ।

अलिबाबा कम्पनीका लागि वैज्ञानिकहरूले विकास गरेको यो स्क्रिनिङ्ग प्रविधिले परीक्षणमा ९९ दशमलव ९९ प्रतिशत सफलता देखाएको छ । एक हजार मानिसको पेटको पेनक्राइजको स्क्रिनिङ्ग गर्दा एक जनाको मात्रै असफल भएको थियो ।

यो क्यान्सर लागेका मानिसको सुरु अवस्थाको पत्ता लगाउन निकै मुस्किल मानिन्छ, जब पत्ता लगाउन सकिन्छ, त्यति बेला रोगीलाई बचाउन प्राय असम्भव भैसकेको हुन्छ । यसको उपचार सफलताको दर १० प्रतिशत मात्रै छ ।

तर मायो किल्निकका अनुसार पेन्क्राइजको क्यान्सर सुरुमै पत्ता लाग्यो भने उपचार एकदम सहज …

0 comment
0 FacebookTwitterEmail

सोसल मिडिया प्लेटफर्महरू तथा आर्टिफिसियल इन्टलिजेन्स (एआई) कम्पनीहरू र त्यससम्बन्धी औद्योगिक निकायहरूसँगको बैठकको अध्यक्षता गरेपछि, भारतका सङ्घीय मन्त्री अश्विनी वैष्णवले सरकारले आगामी दस दिनमा गहिरो फेक र भ्रामक सूचनालाई सम्बोधन गर्न “स्पष्ट, कार्य योजना” ल्याउने बताउनुभएको छ।

मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताउनु भएको छ । “नयाँ नियमहरू वा नयाँ कानुन ल्याउने वा अवस्थित ढाँचालाई परिमार्जन गरेर यसको नियन्त्रण गरिने छ,” वैष्णवले उल्लेख गर्नु भएको छ ।

मन्त्रालयका अनुसार उक्त कार्य योजनामा डिपफेक पत्ता लगाउने, गलत सूचना फैलिन नदिने, रिपोर्टिङ संयन्त्रलाई सुदृढ गर्ने र जनतामा चेतना जगाउने गरी चार प्रमुख …

डिपफेक रोक्न भारतमा १० दिनभित्र नयाँ नियम 
0 comment
0 FacebookTwitterEmail

संसारका सबैभन्दा धनी एलन मस्कले यहीँ नोभेम्बर ५ मा ओपन एआईको च्याट जीपीटी जस्तै नयाँ आर्टिफिसियल इन्टेलीजेन्स च्याट बोट प्लेटफर्मको घोषणा गरेका छन् । 

आफ्नो नयाँ कम्पनी एक्स एआई अन्तर्गत नयाँ प्लेटफर्मको घोषणा गर्दै सोको नाम ग्रोक (Grok) राखेका छन । 

मस्कले गत वर्ष किनेर नाम परिवर्तन गरेको ट्विटर (हाल एक्स) मा आएका डाटाहरूबाट समेत तत्कालै सिकेर जेनेरेटिभ एआई प्रविधि मार्फत यस च्याटबोटले संवाद गर्न र उत्तर दिन सक्ने बताइएको छ । 

च्याट जिपीटिको भन्दा अझ चटपटे प्रश्नहरू समेतको जवाफ दिने र हाँस्य प्रदान तथा अनौपचारिक संवादमा पनि जवाफ दिने क्षमता यसमा रहेको दाबी गरिएको छ । 

यो च्याट बोट

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक, सामाजिक तथा सांस्कृतिक संस्था (युनेस्को) को महानिर्देशक आउडरे अजौलियले अनलाइन माध्यमहरूमा बढेको भ्रमात्मक सूचना र घृणाजन्य अभिव्यक्ति सामाजिक स्थायित्व र सहिष्णुताका लागि मुख्य चुनौती बन्दै गएको बताउनुभएको छ । 

इन्टरनेटका साधन, माध्यम र प्रविधिसमेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मामिला हेर्ने राष्ट्र सङ्घीय निकाय युनेस्काका प्रमुखको यो गहिरो चिन्ता हिजो सोमबार सार्वजनिक भएको हो । 

यो चिन्तासँगै युनेस्कोले यस सम्बन्धी आफ्नो कार्य योजना पनि जारी गरेको छ । महानिर्देशक अजौलियले भन्नुभएको छ– ‘डिजिटल प्रविधिले अभिव्यक्तिको स्वतन्त्रतालाई निकै प्रगति र सबल गराएको छ । तर सामाजिक सञ्जालका माध्यमहरूले झुटो र भ्रमात्मक समाचारको प्रवाहलाई पनि व्यापक बनाएकोले यसबाट

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved