संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमणमा निस्कनु अगाडि २६ अक्टोबरका दिन आर्टिफिसियल ईन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) को अन्तर्राष्ट्रिय नियमन (गर्भेनेन्स) सम्बन्धी ३९ सदस्यीय सल्लाहकार निकायका सदस्यहरूको घोषणा गर्नुभएको छ ।
आर्टिफिसियल ईन्टेलीजेन्सको सकारात्मक फाइदाहरूलाई प्रोत्साहन गर्न र त्यसबाट आउने जोखिमहरूलाई घटाई मानवीयताको पक्षलाई जोगाउन अन्तर्राष्ट्रिय बहस सिर्जना गर्न सो निकायले योगदान गर्ने विश्वास राष्ट्र सङ्घको छ ।
गत सेप्टेम्बर महिनामा सम्पन्न राष्ट्र सङ्घीय साधारण सभाले यस प्रविधिको बारे एक साझा विश्व दृष्टिकोण सिर्जना गरी यस सम्बन्धी नियमनका सिद्धान्तको रूपरेखा तय गर्न एक सल्लाहकार निकाय गठन गर्ने निर्णय लिएको थियो ।
सो सल्लाहकार निकायका, सदस्यहरूमा विभिन्न क्षेत्रको प्रतिनिधित्व समेटिएको छ …
