Home » विज्ञान/प्रविधि » Page 7
Category:

विज्ञान/प्रविधि

च्याट जिपिटी डेभलप गर्ने कम्पनी ओपन एआई आगामी वर्ष टाट पल्टिन सक्ने आकलन गरिएको छ। एनालिटिक्स इन्डिया म्यागेजिनको एक रिपोर्टअनुसार च्याट जिपिटी चलाउन कम्पनीले अहिले दैनिक ७ लाख डलर खर्च गरेको छ।

रिपोर्टअनुसार ओपन एआई तीव्र गतिमा आफ्नो फाइनान्सियल रिसोर्समा काम गरिरहेको छ। तर जिपिटी–३.५ र जिपिटी–४ का लागि पेड सर्भिस सुरु गरेपछि यसको लागत उठाउन सक्ने गरी आम्दानी गर्न सकेको छैन।

माइक्रोसफ्टको लगानीबाट चलिरहेको कम्पनी

रिपोर्टका अनुसार ओपन एआईमा माइक्रोसफ्टले १० अर्ब डलर लगानी गरेका कारण नै कम्पनी अहिले चल्न सकेको हो। ओपन एआईले सन् २०२३ मा २० करोड डलर वार्षिक आम्दानी हुने आकलन गरेको छ। यस्तै आगामी वर्ष …

टाट पल्टिन सक्ने खतरामा च्याट जिपिटी डेभलपर कम्पनी ओपन एआई
0 comment
0 FacebookTwitterEmail

९ अगस्ट भारतका लागि एउटा ऐतिहासिक दिन बन्यो। यो यस अर्थमा कि भारतको माथिल्लो सदन राज्यसभाले डिजिट पर्सनल डेटा प्रोटेक्सन ऐन पास गरेको छ। तर यो विधेयक सर्वाधिक खराब भएको टीकाटिप्पणी हुन थालेका छन्। कतिपयले उक्त दिनलाई सरकारले लाखौँको अधिकार खोस्ने दिनमा रुपमा सम्झिने बताउन थालेका छन्।

गोपनीयता संरक्षण गर्ने उद्देश्यविपरीत यो ऐनले मौलिक अधिकारलाई फाइदाभन्दा बढी नोक्सानि पुग्ने बताइएको छ। यो ऐन राष्ट्रपतिले स्वीकृत गरेपछि भारतमा डेटा संरक्षण ऐन लागू हुने र यसले सरकारलाई सेन्सरसिपसहित सूचना र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई खतरामा पारी निर्बाध शक्ति प्रदान गर्ने छ।

भातरले डेटा संरक्षण ऐन ल्याउन कोसिस गरेको करिब एक दशक भइसकेको छ। …

भारतले पास गर्यो खराब डिजिटल डेटा प्रोटेक्सन ऐन
0 comment
0 FacebookTwitterEmail

आर्टिफिसियलल इन्टेलिजेन्स (एआई) को बढ्दो हस्तक्षेपले अमेरिकासहित विश्वका कैयौँ देशका कर्मचारी आफ्नो जागिरको अनिश्चिततालाई लिएर चिन्तित छन्। अमेरिकामा डाक्टर एवं मनोचिकित्सकलाई भेट्न आउने बिरामीमध्ये धेरैजसो कहीँ न कहीँ काम गर्ने कर्मचारी छन्। र उनीहरूको चिन्ता जागिरको अनिश्चितामा केन्द्रित छ।

जागिरको चिन्ताले गर्दा उनीहरूको स्वास्थ्यमा समेत असर परिरहेको बताइएको छ। यस्तो चिन्तालाई डाक्टरले एआई एन्जाइटी भनेका छन्। न्युयोर्कका डाक्टर क्लेयर गुस्ताभसनले आफूकहाँ आउने बिरामीको संख्या बढेको र उनीहरूको चिन्ता एआईलाई लिएर हुने गरेको बताउनुभयो। ‘कुनै पनि नयाँ र अज्ञात कुराले चिन्ता जन्माउँछ,’ गुस्ताभसन भन्नुहुन्छ, ‘तीव्र गतिमा बढेको प्रविधि उद्योगमा यसबारे केही पनि निश्चित गर्न कठिन छ।’

स्क्रिप्ट राइटरका लागि पनि खतरा

बढे एआई एन्जाइटीका बिरामी, जागिर जाने चिन्ताले मानसिक स्वास्थ्यमा असर
0 comment
0 FacebookTwitterEmail

अमेरिकामा आर्टिफिसिअल इन्टेलिजेन्स (एआई) माथि काम गरिरहेका सात कम्पनीहरू टेक्नोलोजीलाई सुरक्षित बनाउन तयार भएका छन्। कम्पनीले एआईका नयाँ टुल्सको खतरालाई नियन्त्रण गर्ने दाबी गरेका छन्।

गत शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलमा सुरक्षा र विश्वसनियता कायम राख्ने वचन कम्पनीले दिएका थिए।

ती सात कम्पनीमा अमेजन, एन्थ्रोपिक, गुगल, इनफ्लेक्सन, मेटा, माइक्रोसफ्ट र ओपन एआई छन्। कम्पनीका उच्च अधिकारीको उपस्थितिमा राष्ट्रपति जो बाइडेनले उदीयमान नयाँ प्रविधिको खतराप्रति सचेत हुनुपर्ने बताउनुभएको छ।

केही समययता एआईले गम्भीर आशंका जन्माएको छ। एआईले मनुष्यको अस्तित्व समाप्त पार्नेसम्मको चेतावनी दिइएको छ। उल्लिखित सात कम्पनीले जोखिम कम गर्ने उपायबारे सहमति जनाएका छन्। तर टेक्नोलोजीमा परिवर्तनको गतिलाई …

एआईको खतराबारे ह्वाइट हाउसमा चिन्ता
0 comment
0 FacebookTwitterEmail

टेक कम्पनी एप्पलको करिब ३० वर्ष पुरानो जुत्ता करिब ६५ लाख रुपैयाँ अर्थात् ५० हजार डलरमा बिक्री भएको छ। एक खरिदकर्ताले खरिद गरेका छन्।

इकमर्स वेबसाइट सोथेबीमा कम्पनीले लिलामीका लागि एक जोडी एप्पल जुत्ताको  मूल्य करिब ६५ लाख रुपैयाँ अर्थात् ५० हजार डलर राखेको थियो।

कम्पनीले सन् १९९० को दशकमा यो जुत्ता कम्पनीले विशेषगरी नेसनल सेल्स कन्फ्रेन्सका लागि डिजाइन गराई कर्मचारीलाई विशेष उपहारका रुपमा दिएको थियो। जुत्ता बनाउन एप्पलले ओमेगा स्पोर्ट्ससँग साझेदारी (पार्टनरसिप) गरेको थियो। यसकै कारण जुत्ताको मूल्य यति धेरै लगाइएको बताइएको छ।

खरिकर्ताले अनलाइन बोलकबोल गरेका थिए

खरिदकर्ताले यो जुत्ताका लागि अनलाइन बोलकबोल गरेका थिए। दुर्लभ भएकाले निकै …

0 comment
0 FacebookTwitterEmail

ओपनएआईले सम्भवतः यही हप्ता एआई च्याटबोट ‘च्याटजिपिटी’ एन्ड्रोइड डिभाइसमा लन्च गर्ने भएको छ। कम्पनीले ट्विट गर्दै यसको जानकारी दिएको हो। योसँगै गुगल प्ले स्टोरमा शनिबारदेखि प्रि–रजिस्ट्रेसनका लागि उपलब्ध भएको छ। प्रि–रजिस्ट्रेसन गरी अटोमेटिक इन्स्टल अप्सन इनेबल राखेको खण्डमा एच लन्च हुनासाथ स्वतः डिभाइसमा डाउनलोड हुनेछ।

कम्पनीले एन्ड्रोइड डिभासमा एप लन्च हुने निश्चित मिति तोकेको छैन। दुई महिनाअघि मेमा कम्पनीले आइओएस डिभाइसका लागि च्याटजिपिटी एप लन्च गरेको थियो। तर कम्पनीले एप सबभन्दा पहिले कुन देशमा लन्च हुनेछ भन्ने जानकारी दिएको छैन।

एपबाट प्रयोगकर्तालाई के फाइदा ?

एप इन्स्टल गरेपछि च्याटजिपिटी प्रयोग गर्न प्रयोगकर्ताले बारम्बार ब्राउजर खोलिरहनु पर्दैन। साथै एपमा सर्चको हिस्ट्री …

अब च्याटजिपिटी एन्ड्रोइड डिभाइसमा पनि
0 comment
0 FacebookTwitterEmail

ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनले भारतको कर्नाटमा लगानी गर्ने भएको छ। कर्नाटक सरकारसँग मिलेर फक्सकनले ८८ अर्ब भारु लगानी गर्न लागेको कर्नाटकको  मुख्यमन्त्री कार्यालयले जनाएको छ।

फक्सकन इन्डस्ट्रियल इन्टरनेटको प्रस्तावअनुसार लगानीका लागि सय एकड जमिन आवश्यक पर्छ। जमिन उपलब्ध भएपछि १४ हजार जनाले रोजगार पाउने छन्। रिपोर्टअनुसार लगानीकर्ता फक्सकनको सहायक कम्पनीका प्रतिनिधिले तुमकुरुमा रहेको जापानिज इन्डस्ट्रियल टाउनसिपको भ्रमण पनि गरेको बताइएको छ।

फक्सकन र उसको सहायक कम्पनीका तर्फबाट दिइएको यो दोस्रो लगानी प्रस्ताव (इन्भेस्टमेन्ट प्रपोजल) हो। कम्पनीले यही वर्ष मार्चमा फोन म्यानुफ्याक्चरिङ प्लान्ट बनाउनका लागि बैंगलोर एयरपोर्टनजिक इन्फर्मेसन टेक्नोलोजी रिजन (सूचना प्रविधि क्षेत्र) चयन गरेको छ। कम्पनीले सो क्षेत्रमा ८० अर्ब …

कर्नाटकमा ८८ अर्ब लगानी गर्दै फक्सकन, मोबाइल स्क्रिन र आउटर कभर उत्पादन गर्ने
0 comment
0 FacebookTwitterEmail

मार्क जुकरबर्गको मेटा कम्पनीले नयाँ एप ‘थ्रेड्स’ सार्वजनिक गरेको छ। एलन मस्कको ट्विटरको प्रतिस्पर्धीका रूपमा मेटाले यो एप ल्याएको बताइएको छ।
थ्रेड्स इन्स्टाग्रामसँग लिंक भएर चल्ने टेक्स्ट बेस्ड एप हो।  इन्स्टाग्राम प्रयोग गरेर थ्रेड्समा लगइन गर्न सकिन्छ। यस्तै इन्स्टाग्राममा फलो गर्नेलाई प्रयोगकर्ताले थ्रेडमा पनि फलो गर्न सक्नेछन्।

अहिले थ्रेडमा प्रयोगकर्ताको राम्रो जबाफ आएको कम्पनीको भनाइ छ। लन्च भएको केबल चार घण्टामा नै यसका प्रयोगकर्ता ५० लाख नाघेका छन्।
थ्रेड्स एपलाई सयभन्दा बढी देशमा एप्पल एप र गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ। नियामकीय चिन्ताका कारण यो एपलाई युरोपियन युनियनमा लन्च गरिएको छैन।

यो एपमा ५०० अक्षरसम्म लेख्न र लिंक, …

ट्विटरको प्रतिस्पर्धी ‘थ्रेड्स’ एप सार्वजनिक, चार घण्टामा ५० लाख प्रयोगकर्ता
0 comment
0 FacebookTwitterEmail

आजभोली मोबाइल फोन मानिसको आवश्यकता बनेको छ । मोबाइल फोन मार्फत कुनै पनि काम घरमै बसेर होस् वा घर बाहिर सजिलै गर्न सकिन्छ । तर यदि कुनै चीजको अत्यधिक प्रयोग भयो भने यसले तपाईँलाई समस्या निम्त्याउन सक्छ। मोबाइलको कुरा पनि त्यस्तै हो । आवश्यकताभन्दा बढी मोबाइल प्रयोग गर्ने बानी नोमोफोबियाको कारण बन्न सक्छ। आउनुहोस् नोमोफोबिया, यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूका बारेमा चर्चा गरौ

नोमोफोबिया भनेको के हो?

जब मानिसलाई मोबाइल फोनको लत लाग्छ, त्यसलाई मेडिकल भाषामा नोमोफोबिया भनिन्छ । यो शब्द ‘नो मोबाइल फोबिया’ बाट बनेको हो। अर्थात साथमा मोबाइल नहुदाँ / नचल्दाको छटपटी हुन्छ। यसमा मानिसलाई एक

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुङ्गानाले १६ औ आवधिक योजनामा विद्युतीय चुलो प्रवर्द्धनलाई थप प्रभावकारी हुने गरी समेट्ने प्रतिवद्धता जनाउनु भएको छ। उहाँ काठमाडौँमा आयोजना भएको बिजुलीबाट चल्ने चुलोको बजार प्रवर्द्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै हुनुहुन्थ्यो। प्राक्टिकल एक्सनले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै  डा. अनिताले बिजुली चुलोको बजार प्रवर्द्धन परियोजनाको उपलब्धि र कार्यक्रम पद्धतिको प्रशंसा गर्दै कार्यक्रमबाट छलफलका क्रममा उठेका ठोस विषयवस्तुलाई आवधिक योजना बनाउने क्रममा गम्भीरतापूर्वक लिने उल्लेख गर्नुभयो।

विद्युत नियमन आयोगका सदस्य भागिरथी ज्ञवालीले आयोगले बनाएका निर्देशिकाहरूको बारेमा जानकारी दिनुभयो।। उहाँले आयोगले बनाएका र आगामी दिनमा बनाउनुपर्ने निर्देशिकाहरू अझै सान्दर्भिक बनाउनका निम्ति

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved