Home » विज्ञान/प्रविधि » Page 8
Category:

विज्ञान/प्रविधि

राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुङ्गानाले १६ औ आवधिक योजनामा विद्युतीय चुलो प्रवर्द्धनलाई थप प्रभावकारी हुने गरी समेट्ने प्रतिवद्धता जनाउनु भएको छ। उहाँ काठमाडौँमा आयोजना भएको बिजुलीबाट चल्ने चुलोको बजार प्रवर्द्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै हुनुहुन्थ्यो। प्राक्टिकल एक्सनले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै  डा. अनिताले बिजुली चुलोको बजार प्रवर्द्धन परियोजनाको उपलब्धि र कार्यक्रम पद्धतिको प्रशंसा गर्दै कार्यक्रमबाट छलफलका क्रममा उठेका ठोस विषयवस्तुलाई आवधिक योजना बनाउने क्रममा गम्भीरतापूर्वक लिने उल्लेख गर्नुभयो।

विद्युत नियमन आयोगका सदस्य भागिरथी ज्ञवालीले आयोगले बनाएका निर्देशिकाहरूको बारेमा जानकारी दिनुभयो।। उहाँले आयोगले बनाएका र आगामी दिनमा बनाउनुपर्ने निर्देशिकाहरू अझै सान्दर्भिक बनाउनका निम्ति

0 comment
0 FacebookTwitterEmail

भारतलाई सेमिकन्डक्टर हब बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको सपना मूर्त रुप दिन अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन भारत आउने भएको छ।

माइक्रोनले भारतको गुजरातमा आफ्नो प्लान्ट लगाउने बताएको छ। यसअन्तर्गत कम्पनीले २ अर्ब ७० करोड डलर लगानी गर्नेछ। मोदीको अमेरिका भ्रमणमा यो सूचना आएको हो। मन्त्रीमण्डलले माइक्रोनलाई सेमिकन्डक्टर टेस्टिङ एन्ड प्याकेजिङ युनिटका लागि लगानी गर्न अनुमति दिएको छ।

यो सम्झौताअन्तर्गत अमेरिकी सेमिकन्डक्टर कम्पनीले १ अर्ब ३४ करोड डलरबराबरको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ (पिएलआई) पाउनेछ। मोदीले अमेरिका भ्रमणका बेला माइक्रोनका प्रमुख कार्यकारी अधिकृत सञ्जय मेहरोत्रासँग भेट गर्दै सेमिकन्डक्टर मेनुफ्याक्चरिङलाई बढावा दिन कम्पनीलाई भारत आउन आग्रह गरेका थिए। यसको परिणामस्वरु माइक्रोन गुजरातमा आउन लागेको …

अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन भारत आउँदै, २ अर्ब ७० करोड डलर लगानी
0 comment
0 FacebookTwitterEmail

विश्वप्रसिद्ध स्ट्यानफोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्स अध्ययन गरिरहेका भारतीय आदित पालिचालाई उद्यमी बन्न मन लाग्यो। उद्यमी बन्नकै लागि भनेर उनले पढाइ हापे। १७ वर्षको उमेरमा उनले सुरु गरेको एउटा कम्पनी असफल बनिसकेको थियो। तर उद्यमी बन्ने सपना असफल बनेको थिएन। यसका लागि उनले अर्को जोखिम मोल्ने निर्णय गरे। अनि आफ्ना साथी कैवल्य बोहरासँग किनेर ‘किराना कार्ट’ नामको स्टार्टअप सुरु गरे। दुर्भाग्य ! दस दिनमै बन्द भयो।

उनी हार खाएनन्। अगाडि बढ्दै जाँदा फेरि ‘जेप्टो’ स्थापना गरे। सन् २०२१ मा सुरु भएको यो स्टार्टअपले सफलता हासिल मात्रै गरेन, एक वर्षमा ७४ अर्ब भारुको कम्पनीसमेत बन्यो।

जेप्टोको सफलताले आदित्यको जीवन नै परिवर्तन गरिदियो …

पढ्ने लेख्ने उमेरमा १२ अर्बका मालिक
0 comment
0 FacebookTwitterEmail

आन्तरिक आम्दानीको स्रोत बन्द हुँदा लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा सिर्जना भएको छ। सटर भाडाबाट वार्षिक १२ करोड स्थायी आम्दानी गर्दै आएको अस्पताललाई लुम्बिनी प्रदेश सरकारले सो रकमबराबरको शोधभर्ना नगर्दा र अन्य बजेटको समेत व्यवस्था नगर्दा अस्पताल आर्थिक संकटमा पर्न थालेको हो।

यस क्षेत्रको पुरानो र ठूलो अस्पतालका रुपमा रहेको प्रादेशिक अस्पताल आर्थिक समस्यामा पर्न थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अस्पताल विकास समितिले चिकित्सक र कर्मचारीहरुसँग छलफल गरेको हो। अस्पतालको सेवा प्रवाह र विकासको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा बोल्ने अधिकांश विज्ञहरुहरुले अस्पतालमा गुरुयोजना मात्र बनाउने तर कार्यान्वयन नगर्ने समस्याका कारण अस्पतालमा आर्थिक श्रोत अभाब भएको बताउनुभएको छ।

अस्पतालमा …

आर्थिक संकटमा लुम्बिनी प्रादेशिक अस्पताल, करोडौंको उपकरण प्रयोगविहीन
0 comment
0 FacebookTwitterEmail

कम जग्गामा धेरै माछा पालन गर्न सकिने सुन्दा आश्चर्य लाग्न सक्छ। तर कृषि विज्ञानले स्थापित गरेको यो नौलो प्रविधिको अनुसन्धान नेपालमा पनि सुरु भएको छ। मुलुककै पहिलो कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले यो प्रविधिका अनुसन्धानलाई अगाडि बढाएको छ। नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत रहेको यो कार्यालयले आफ्नै परिसरमा रहेको सानो पोखरीमा सघन मत्स्य पालन प्रविधिको परिक्षण सुरु गरेको छ। अहिलेसम्म भएको अनुसन्धान परीक्षणको प्रारम्भिक नतिजा उत्साहजनक रहेको निर्देशनालयका प्राविधिकले दाबी गरेका छन्। कम जमिनमा ठूलो पोखरी जतिकै बढी माछा पालेर मनग्य आम्दानी गर्न सकिने बायो फ्लक प्रविधिको निर्देशनालयले परिक्षण अगाडि बढाएको हो।

निर्देशनालयका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवले १ वर्ष देखी जारी

0 comment
0 FacebookTwitterEmail

चिनिया स्टेट काउन्सिलर तथा विदेश मन्त्री छिन ग्याङले मंगलबार बेइजिङमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कसँग देशको कार उद्योगको विकास र चीन-अमेरिकाबीचको सम्बन्धबारे छलफल गरेका छन्।

छिनले स्वस्थ, स्थिर र रचनात्मक चीन-अमेरिकाको महत्त्वलाई जोड दिँदै भने, ‘विकासशील चीन-अमेरिका सम्बन्ध भनेको गाडी चलाउनुजस्तै हो। चालकले स्टेयरिङ ह्वीललाई सही दिशामा राख्नुपर्छ, खतराबाट बच्न आवश्यक पर्दा ब्रेकमा पाइला चाल्नुपर्छ र गति लिन कहिलेकाहीँ थ्रटल थिच्नुपर्छ।’

उनले मस्कसँग चीनमा कार उद्योगको विकासबारे पनि छलफल गर्दै चीनले विशाल जनसङ्ख्या, सबैको साझा समृद्धि र मानवता र प्रकृतिबीचको सद्भावको विशेषता रहेको चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाएको बताए। ‘यसले नयाँ-ऊर्जा अटोमोबाइल उद्योगको लागि अभूतपूर्व वृद्धि सम्भावना र बजार माग …

चीन-अमेरिका सम्बन्धको विकास गर्नु भनेको कार चलाउनुजस्तै : चिनियाँ विदेशमन्त्री
0 comment
0 FacebookTwitterEmail

विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रूपैयाँ कर लाग्ने भएको छ। अन्य स्मार्टफोनमा ३ हजार र स्मार्टफोनबाहेकका मोबाइलमा २ सय रूपैयाँ कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ।

विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ।

‘आइफोन र १ लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार रूपैयाँ, अन्य स्मार्टफोनका लागि ३ हजार र स्मार्ट मोबाइल फोनसेटबाहेक साधारण मोबाइल फोनसेटमा प्रतिफोनसेट २ सय रूपैयाँ कर लाग्नेछ,’ आर्थिक विधेयक २०८० मा भनिएको …

विदेशबाट ल्याएका आइफोन र १ लाखमाथिका मोबाइलमा १० हजार कर
0 comment
0 FacebookTwitterEmail

युरोप र अमेरिकाबीचमा मानिसहरूको डेटा ट्रान्सफर गर्दा गलत प्रयोग गरेकामा फेसबुकको मालिक मेटालाई १ अर्ब ३० करोड डलरबराबर जरिवाना गरिएको छ। आयरल्यान्डको डेटा संरक्षण आयोग (डिपिटी) द्वारा जारी सूचनामा युरोपियन युनियन (इयू) को सामान्य डेटा संरक्षण नियमन गोपनीयता कानुनअन्तर्गत यो जरिवाना सर्वाधिक ठूलो भएको बताइएको छ। यता मेटाले यस्तो अनुचित र अनावश्यक निर्णयविरुद्ध अपिल गर्ने छ।

यस निर्णयको मुख्य आधारमा युरोपेली संघ डेटालाई अमेरिकामा स्थानान्तरण गर्न मानक अनुबन्ध खण्डहरू (एससिसी) को प्रयोग हो। युरोपेली आयोगले तयार पारेका यी कानुनी सम्झौताले युरोपबाहिर डेटा स्थानान्तरण गर्दा व्यक्तिगत डेटा सुरक्षित गर्ने कुरा सुनिश्चित गर्छ। यद्यपि चिन्ताको विषय भनेको डेटा प्रवाहले अझै पनि युरोपेलीलाई …

डेटाको गलत प्रयोग गरेको आरोपमा मेटालाई १ अर्ब ३० करोड डलर जरिवाना
0 comment
0 FacebookTwitterEmail

अमेरिकी रिटेल कम्पनी वालमार्टले भारतीय आपूर्तिकतासँग खेलौना, जुत्ता र साइकल खरिद गर्ने सोच बनाएको छ। वार्लमार्ट कम्पनीले सन् २०२७ सम्म भारतबाट १० खर्ब अमेरिकी डलरबराबरको निर्यात गर्ने सोच बनाएको छ। कम्पनीले खानाका विभिन्न श्रेणीमा पनि नयाँ आपूर्तिकता विकसित गर्न खोजिरहेको छ। कम्पनीका प्रवक्ताले समाचार एजेन्टी पिटिआईलाई बताएअनुसार औषधि, उपभोग्य वस्तु, स्वास्थ्यसामाग्री, लत्ताकपडाजस्ता श्रेणीमा पनि आपूर्तिकर्ता विकसित गर्ने खोजेको बताइएको छ। यसैलाई लिएर बेन्टनभिलस्थित केन्द्रीय कार्यालयका अधिकारीले हालसालै मात्र थुप्रै घरेलु कम्पनीसँग भर्चुअल मिटिङ गरेका छन्।

घरेलु खेलौना निर्माता कम्पनीसँग प्रत्यक्ष जोडिएका बेला कम्पनीले खेलौना निर्मातालाई उनीहरूको आवश्यकता र अपेक्षित गुणस्तरीयता मानकबारे जानकारी गराएको थियो।

आइकाजस्ता वैश्विक खुुद्रा बिक्रेताले पहिल्यैदेखि भारतबाट …

अमेरिकी कम्पनी वालमार्टले भारतबाट प्रतिवर्ष १० अर्ब डलरबराबरको खेलौना, जुत्ता र साइकल लैजाँदै
0 comment
0 FacebookTwitterEmail

जापानको हिरोसिमा सहरमा यही शुक्रबारदेखि जी–७ अन्तर्गतका सात देशका नेताहरूको शिखर सम्मेलन सुरु हुँदैछ। धनी राष्ट्रहरूको क्लबले रुस–युक्रेन युद्धदेखि चीनको क्षेत्रीय महत्वकांक्षा र जलवायु परिवर्तनको एजेन्डामा जोड दिइरहँदा उक्त सम्मेलनले विशेषगरी प्रविधिजन्य विषयलाई सम्बोधन गर्ने बताइएको छ।

जी–७ देशका नेताले च्याटजिपिटजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वृद्धि र यसमार्फत कसरी अन्य राष्ट्रले सीमापारि डेटा प्रवाहलाई नियमन गरेका छन् भन्नेबारे छलफल गर्नेछन्। गत अप्रिलमा डिजिटल र टेक्नोलोजी नीतिका जी–७ का मन्त्री भेला भएर हिरोसिमा शिखर सम्मेलनका लागि आधार तयार पारे। यसमा मन्त्रीले समन्वय गर्दै काम गर्न सहमत भएका थिए।

यस्तै गत नोभेम्बरमा सार्वजनिक भएको च्याटजिपिटीले विश्वभरका अधिकारीलाई कठिन प्रश्नचिन्ह खडा गरिदिएको छ। …

जी–७ शिखर सम्मेलन : एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved