Home » समाचार » Page 43
Category:

समाचार

एसीसी महिला एसिया कपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ। त्यसअघि आजै दिउँसो सवा दुई बजे पाकिस्तान र यूएई भिड्ने छन् ।

नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले भारतविरुद्ध पहिले ब्याटिङ गरे चुनौतीपूर्ण लक्ष्य दिने र बलिङ गरे १ सय ४० सम्म रोक्ने लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको उनको भनाइ छ ।

समूह एमा रहेको नेपाल दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भारत चार अंकका साथ …

0 comment
0 FacebookTwitterEmail

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ ।  प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए ।

उनका अनुसार आव २०७९/८० मा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी बिक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर साधारणतया बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर आंशिक देखि …

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
0 comment
0 FacebookTwitterEmail

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन् ।

औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई डेढ लाख नगद र चार लाख ५० हजारको चेकसहित भरतपुर महानगरपालिका-४, कटहर चोकबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् घुस माग गरेको सूचना आएपछि अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफु उम्मेदवारी दर्ता नगर्ने घोषणा गरेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।

बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । उता रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् ।

बाइडनले राष्ट्र र पार्टीको हितका लागि यस्तो निर्णय लिएको जानकारी दिएका छन्।

‘राष्ट्रपतिका रूपमा सेवा दिन पाउनु मेरो जीवनको …

0 comment
0 FacebookTwitterEmail

बङ्गलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शनका कारण बढ्दै गएको हिंसाकमा परी कम्तीमा १२३ जनाको मृत्यु भएको छ ।

सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनमा परी उनीहरूको मृत्यु भएको हो ।

सरकारले शनिबार मध्यरातदेखि लागू हुने गरी निशेधाज्ञा आदेश जारी गर्दै सेना परिचालन गरेको छ।  स्थितिलाई नियन्त्रण गर्न देशव्यापी रूपमा सेना तैनाथ गरिएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान १० बजेसम्म कफ्र्यू जारी रहनेछ । निशेधाज्ञा पछि राजधानी ढाकाका सडकहरू सुनसान थिए भने बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले दुई करोड व्यक्ति बसोबास गर्ने विशाल शहर ढाकालाई गस्ती गरिरहेका छ।

सोही तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् …

0 comment
0 FacebookTwitterEmail

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास

0 comment
0 FacebookTwitterEmail

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एकहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । -दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले …

0 comment
0 FacebookTwitterEmail

यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ ।

बाढीका

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।

प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । य दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्‍याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।

 प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved