नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ। रगतसम्बन्धी दुर्लभ समस्याको उपचारका लागि अस्पताल भर्ना भएका राजाको ओस्लोस्थित राष्ट्रिय अस्पतालमा स्थानीय समय अनुसार शुक्रबार बिहान निधन भएको राजप्रासाद (प्यालेस) ले जनाएको छ।
राजाको निधनपछि नर्वेली राजप्रासादमा रहेको झण्डा आधा झुकाइएको छ भने अन्त्येष्टिसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ। १४औँ शताब्दीयता नर्वेमै जन्मिएका हेराल्ड पहिलो राजा हुन्। उनको निधनपछि उनका ५३ वर्षीय छोरा हाकुन नयाँ राजा बनेका छन्।
लोकप्रिय र सुधारवादी नेतृत्व
३५ वर्ष राजगद्दी सम्हालेका राजा हेराल्डलाई एक सादा जीवनशैली भएका, जनताका प्रिय र राजतन्त्रलाई आधुनिक बनाउने सुधारवादी राजाका रूपमा स्मरण गरिन्छ। उनले राजपरिवारको परम्परालाई तोड्दै सर्वसाधारण …
