Home » विश्व » Page 2
Category:

विश्व

संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ ।

पछिल्लो सहमति अनुसार दुबै मुलु्क (१७५ युक्रेनी बन्दी र १७५ रूसी बन्दी ) गरी कुल ३५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको युएईले जनाएको छ । योसँगै युक्रेनमा रूसी आक्रमणम सुरू भए यता युएईको मध्यस्थतामा कुल तीन २३३ कैदीबन्दीको आदानप्रदान भएको छ ।

युएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रूस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ । यसले दुई देशहरू बीचको सङ्कट समाधान गर्ने सबै प्रयासहरूलाई समर्थन गर्न युएईको भूमिकाको लागि दुबै देशहरूको प्रशंसालाई प्रतिबिम्बित गर्दछ।

0 comment
0 FacebookTwitterEmail

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।

मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।

“यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई छ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,” राष्ट्रपतिले बताउएका छन् ।

राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मङ्गलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा …

0 comment
0 FacebookTwitterEmail

आठदिनको लागि अन्त्तरिक्षमा गएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स नौ महिनापछि पृथ्वीमा फर्किएका छन् ।
स्पेसएक्सको अन्तरिक्ष यानमा सुनिता विलियम्स र बुच विलियम्स पृथ्वीमा फर्किएका हुन् ।

बीबीसीको अनुससार उनीहरु स्पेसएक्सको क्याप्सुललमा  फ्लोरिडाको तट नजिक एटलान्टिक महासागरमा अवतरण गरेका थिए ।

यस संगै आठ दिनको लागि मात्र  सुरु भएको एस मिसनको अन्त्य भएको छ  ।

सुनिता र बुच नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका थिए । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।…

0 comment
0 FacebookTwitterEmail

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको छ ।

गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।

गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।

तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा …

0 comment
0 FacebookTwitterEmail

ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको छ । सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।

टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्तिमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी डिसेम्बरमा सत्ता सम्हालेका सिरियाका नयाँ शासकहरूसँग गठबन्धन गरेर अङ्काराले देशमा ‘शान्तिपूर्ण सङ्क्रमण’ का लागि यस्तो कदम आवश्यक ठानेको बताएको छ ।

इयुले सोमबार सिरियाको समर्थनमा नवौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ । पहिलो पटक सिरियाको सरकारका प्रतिनिधिहरू–नयाँ अन्तरिम अधिकारीहरूलाई–उपस्थित हुन आमन्त्रित गरिएको छ ।

यस कार्यक्रमको उद्देश्य १३ वर्षभन्दा बढी गृहयुद्धपछि सिरियाको सङ्क्रमण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समर्थन …

0 comment
0 FacebookTwitterEmail

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताउनुभएको छ।

यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराममा रुस तुरुन्तै सहमत भएन किनकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहलको बारेमा प्रश्न उठाउनुभएको छ ।

“उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्”, जेलेन्स्कीले किएभमा एक पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई लाग्छ प्रक्रियाको ढिलाइ मैले भनेको कुराकै कारणले हो । उनीहरू युद्धक्षेत्रमा आफ्नो स्थिति सुधार गर्न चाहन्छन् ।”

युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि रुसले मोर्चाका धेरै क्षेत्रमा गति लिएपछि युद्धविरामको प्रस्ताव आएको हो ।

मस्कोले रुसको कुर्स्क क्षेत्रका भागहरूबाट युक्रेनी सेनालाई पनि हटाएको छ …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गर्नुभएको छ । उहाँले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ युद्धविराम छलफल भन्नुभएको छ ।

तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न उहाँका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

“हामीले हिजो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै राम्रो र उत्पादक छलफलहरू गर्‍यौँ र यो भयावह, रक्तपातपूर्ण युद्ध अन्त्यमा समाप्त हुनसक्ने धेरै राम्रो सम्भावना छ”, ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा भन्नुभयो ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पछि पत्रकारहरूलाई स्पष्ट पार्दै ट्रम्प आफैँले …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट लगाइएको करको बदलामा इयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तराष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकसमेत विरुद्ध व्यापार युद्ध सुरु गर्नुभएको छ । व्यापार र अन्य नीतिगत मुद्दाहरूमा देशहरूलाई दबाब दिने उपकरणको रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आउनुभएको छ ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले यूरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गर्नुर्भको हो ।…

0 comment
0 FacebookTwitterEmail

चीनले गत वर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी हरियाली बनाउने प्रयासलाई तीव्र पारेको राष्ट्रिय हरित आयोगको प्रतिवेदनले उल्लेख गरेको छ ।

यो सङ्ख्या सन् २०२३ मा प्राप्त ३.९९८ मिलियन हेक्टर वनीकरण भन्दा बढी हो, आयोगले जनाएको छ ।

चीनले बुधबार आफ्नो ४७ औं राष्ट्रिय वृक्षारोपण दिवस मनायो ।

प्रतिवेदनले सन् २०२४ मा देशले ३.२२४ मिलियन हेक्टर क्षतविक्षत घाँसे मैदानको पुनस्र्थापना र २७.८३ मिलियन हेक्टर बालुवा र चट्टानी जमिनलाई सुधार गर्ने उल्लेख गरेको छ ।

गत वर्ष चीनको वन तथा चरन उद्योगको उत्पादन मूल्य १०.१७ ट्रिलियन युआन (लगभग १.४२ ट्रिलियन अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको …

0 comment
0 FacebookTwitterEmail

मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताउनुभयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।

वार्तामा अमेरिकी विदेश सचिव मार्को …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved