Home » विश्व » Page 8
Category:

विश्व

जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।

यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।

जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना …

0 comment
0 FacebookTwitterEmail
उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पुर्याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ ।

पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ ।

यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।

डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार

0 comment
0 FacebookTwitterEmail

भारतीय सञ्चारमाध्यमहरूको अनुसार भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको  छ।

उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए।

बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो। त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबरहरुले  जनाएको छन् ।

कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको खबर बाहिर आएको छ। घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ।

भक्तजनहरूले …

0 comment
0 FacebookTwitterEmail

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।

सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए ।

आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।

तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ ।

सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटनाहरू आएका छन् ।

0 comment
0 FacebookTwitterEmail

रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पु¥याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताउनुभएको छ ।

बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताउनुभयो ।

“यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,” उहाँले थप्नुभयो ।

रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।

0 comment
0 FacebookTwitterEmail

इलरायलले हमासले रिहा गर्ने बन्दीहरुको सूचीमा रहेका ३३ जनामध्ये ८ पहिल्यै मरिसकेका जनाएको छ । हमासको सूचीबाट युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामा ८ पहिल्यै मरिसकेका पत्ता लागेको इजरायली अधिकारीहरुले बताएका छन् ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकारलाई दिएको जानकारी अनुसार हमासले अन्य २५ जना जीवित रहेको जानकारी दिएको छ । उनले हमासबाट बन्दीहरुको अवस्थाबारेको जानकारी प्राप्त भएको बताएका छन् ।

प्रवक्ता मेन्सरले मृतकको नाम भने पत्रकारलाई बताएनन् । यद्यपि, परिवार तथा आफन्तजनलाई उनीहरुको स्थितिबारे सूचित गरिएको उनले जानकारी दिए । अब, बन्दीहरुको अघिल्लो रिहाई बिहीबार र शनिबार हुने बताइएको छ ।

अझै पनि ९० भन्दा बढी …

0 comment
0 FacebookTwitterEmail

दक्षिणी लेबनानमा इजरायली आक्रमणमा परी सोमबार एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अदाइसेह सहर, बानी हैयान नगरपालिका, यारुन र हौला गाउँमा आक्रमण भएको मन्त्रालयले जनाएको छ ।

लेबनान र इजरायलबीच आइतबार बिहान भएको युद्धविराम सम्झौताको म्याद सकिएपछि उक्त हिंसा भएको हो ।

यसअघि सोमबार, लेबनानको कार्यवाहक सरकारले इजरायलसँगको युद्धविरामलाई १८ फेब्रुअरी सम्म लम्ब्याउने निर्णयको घोषणा गर्यो ।

0 comment
0 FacebookTwitterEmail

दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उहाँमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन् ।

युनले डिसेम्बर ३ मा नागरिक शासन निलम्बन गर्ने आफ्नो प्रयासले देशलाई राजनीतिक अराजकतामा डुबाउनुभयो । यो कदम छ घन्टासम्म मात्र रह्यो र संसद सदस्यहरूले सशस्त्र सैनिकहरूको विरोधमा मतदान गरी यसलाई खारेज गरे ।

त्यसलगत्तै उहाँलाई महाभियोग लगाइएको थियो र यो महिना गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्रप्रमुख बन्नुभयो । यो उहाँको निवासमा सुरक्षा टोलीले उहाँलाई पक्राउ गर्न विरोध गरेपछि भयो ।

अभियोजनकर्ताहरूले एक बयानमा उनीहरूले ‘युन सुक योललाई …

0 comment
0 FacebookTwitterEmail

युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले नाजुक युद्धविराम दोस्रो हप्तामा प्रवेश गरेको बेला आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘सफा’ गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले अवज्ञा गर्दै प्रतिक्रिया दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको तत्काल कुनै प्रतिक्रिया आएको थिएन, तर एकजना अति दक्षिणपन्थी मन्त्रीले ट्रम्पको विचारलाई ‘राम्रो’ भन्दै स्वागत गरे ।

यसैबीच सम्झौता अन्तर्गत भएको अन्तिम बन्दी–कैदी आदान–प्रदानसँग जोडिएको विवादका कारण प्यालेस्टिनीहरूको विशाल भीडलाई क्षेत्रको उत्तरमा फर्कनबाट रोकेपछि तटीय सडक अवरुद्ध गरायो ।

सम्झौताले शनिबार चार इजरायली महिला बन्धक, सबै सैनिक र दुई सय प्यालेस्टिनी कैदीलाई हर्षोल्लासपूर्ण दृश्यमा रिहा गरिएको देखियो । यस्तो आदान–प्रदान अहिलेसम्म दोस्रो …

0 comment
0 FacebookTwitterEmail

गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ ।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
“चार बन्धकहरू इजरायली क्षेत्र फर्किँदा इजरायल डिफेन्स फोर्स (आईडीएफ) र आईएसए बलहरूसँगै थिए, जहाँ तिनीहरूको प्रारम्भिक चिकित्सा परीक्षण हुनेछ,“ विज्ञप्तिमा भनिएको छ ।

चारै जनाले गाजा पट्टी सीमा नजिकैको आईडीएफको शिविरमा आफ्नो परिवारलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनीहरूलाई मध्य इजरायलको बेलिन्सन अस्पतालमा हेलिकप्टरबाट सारिनेछ ।

गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved