Home » नीति/राजनीति » Page 23
Category:

नीति/राजनीति

सर्वोच्चले जेठ २ गते रेशमलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैद गरेको फैसला सदर गरेको थियो। सोही मुद्दाको पूर्ण पाठमा सर्वोच्चले रेशमलाई माफी मिनाहा दिने कार्य संविधान र न्यायको मान्य सिद्धान्तको हाकाहाकी उल्लंघन भएको ठहर गरेको हो। यसलाई सर्वोच्चले गम्भीर न्यायिक विचलन भएको व्याख्या समेत गरेको छ।

सर्वोच्चको व्याख्यासँगै फेरि उनको सजाय मिनाहाको सरकारी निर्णय न्यायालयमा परीक्षण हुने बाटो खुलेको छ।

“फौजदारी कानूनको उल्लंघनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानून बमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीति अन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य मान्यता र …

0 comment
0 FacebookTwitterEmail

राम्रो काम गर्नेलाई टिक्नै नदिने र विभिन्न बहानामा पद खोस्ने प्रवृत्तिको शिकार हुनुभएको छ निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी। मोदीलाई माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार फिर्ता बोलाएको थियो। समग्र कर्मचारी प्रशासन र मन्त्रालयका कृयाकलापमा सुधारका काम थालेका मोदीलाई आफ्नै पार्टीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  फिर्ता बोलाएर उहाँको स्थानमा जनमत पार्टीकी अनिता देवीलाई ल्याउनुभएको हो।  सोमबार बिहान १० राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथग्रहण गरेसँगै मोदीको कार्यभार अनितादेवीको काँधमा सरेको छ।  प्रधानमन्त्री प्रचण्डले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा आफ्नै पार्टीका युवा नेता अमनलाल मोदीलाई नियुक्त गर्नुभएको थियो।

राजनीतिक सौदाबाजीमा नअलमलिइकन कर्मचारीतन्त्रलाई जनमुखी र

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद शर्मा ढुंगेलले आयोग मानवअधिकारको संरक्षण र संवर्द्धनमा नागरिक समाजसँग मिलेर काम गर्ने पक्षमा रहेको बताउनुभएको छ।

तेस्रो विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को मध्यमकालीन प्रतिवेदन बुझाउने समय नजिक पारेर आयोग र फ्रिडम फोरमले आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षामा अभिव्यक्ति र संगठन स्वतन्त्रतामा नेपाल’ विषयको कार्यक्रममा उहाँले युपिआरका बृहत् विषयमा मिहिन छलफल हुन जरुरी रहेको बताउनुभयो। उहाँले कानून निर्माता,  राजनीतिक क्षेत्रका व्यक्ति र नागरिक समाजले मानवअधिकारलाई प्रवर्द्धन गर्न विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपाल सरकारले गरेको प्रतिबद्धता र मित्रराष्ट्रहरूले गरेका सिफारिसहरू कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने पनि बताउनुभयो।

यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले युपिआरको तेस्रो चरणको …

0 comment
0 FacebookTwitterEmail

विरोध गर्न पाउने मौलिक मानवअधिकार हो तर सत्तामा पुग्नासाथ सबैजसोलाई  विरोध गरेको मन पर्दैन। त्यसैकारण विरोध गर्न पाउने अधिकारको संरक्षणका लागि कदम चाल्न पर्नेमा जोड दिइएको छ। एम्नेस्टी इन्टरनेसनल नेपालले अन्तर्राष्ट्रिय युवा दिवस पूर्व सन्ध्यामा शुक्रबार काठमाडौँमा आयोजना गरेको “नेपालमा विरोध गर्न पाउने अधिकारबारे अन्तरपुस्तागत संवाद” कार्यक्रमका वक्ताहरूले दीर्घकालीन र देशको हित अनुकूल हुने गरी विरोध गर्ने संस्कारको विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।

संवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो राजनैतिक यात्राका दौरानमा विरोध गरेकै कारण निकै कठिनाइको सामना गर्नु परेको उल्लेख गर्दै आफू असहमत भएको विषयमा खुलेर विरोध गर्न पाउनु पर्ने बताउनुभयो।

0 comment
0 FacebookTwitterEmail

देशमा अहिले राजनीतिबाहेक तर राजनीतिकवृत्तकै सेरोफेरोमा तीन वटा विषय चर्चामा छन्। ललिता निवास जमिन प्रकरण, भुटानी शरणार्थी र सुन प्रकरण। नेपाल प्रहरीले यी प्रकरणमा संलग्न भएको आशंकासहित केही आरोपितलाई नियन्त्रणमा लिएको छ। प्रहरीको सेन्टर ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) ले उनीहरूलाई प्रहरी नियन्त्रणमा राखिएका छन् र मिडियाले प्रहरीकै भनाइलाई उच्च प्राथमिकता दिँदं समाचार, विचार प्रकाशित–प्रसारित गर्दै आएका छन्।

तीनै प्रकरणमा सलग्नहरूबारे प्रारम्भिक बयान लिने काम सकिएको छ। सुन प्रकरण पछिल्लो हो र यो प्रारम्भिक चरणमा नै छ। यस्तै शरणार्थीसम्बन्धी प्रकरण काठमाडौं जिल्ला अदालतमा पुगेको छ। प्रहरीको आग्रहमा अनुसन्धानको नाममा थुनामा रहेका आरोपितहरूले थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा …

चुनेर थुन्ने कि थुनेर चुन्ने?
0 comment
0 FacebookTwitterEmail

पत्रकार एवं सम्पदा संरक्षण अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गिरीले सामाजिक सञ्जालमा पत्रकारविरुद्ध तथानाम लेखेको भन्दै साइबर अपराध मुद्दामा पर्वतका पत्रकार गणेश पौडेल, छवि तिवारी, सन्देश थापालगायतले प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो। सोही किटानीको आधारमा गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

पत्रकार गिरीले व्यक्तिगत जीवनमाथि नै असर पर्ने गरी आक्षेप लगाएको भन्दै उहाँहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो।

कालीगण्डकीको अस्तिस्तव नै संकटमा पर्ने गरी अवैध रूपमा भइरहेको दोहन कार्य रोक्न गिरीले पछिल्लो समय कालीगण्डकी बचाऔं अभियान चलाउँदै आउनुभएको छ। अभियानअन्तर्गत कालीगण्डकीमाथि लेखिएका रचना सामाजिक सञ्जालमार्फत नै प्रकाशित गर्दै आउनुभएको …

0 comment
0 FacebookTwitterEmail

 के तपाईँ अविवाहित हुनुहुन्छ ? यदि तपाईँ अविवाहित हुनुहुन्छ भने तपाईँ अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नु पर्ने भएको छ। झापाको बाह्रदशी गाउँपालिकाले  आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ।

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्ने भएपनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो। यस अघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएपनि आर्थिक वर्ष २०८०/२०८१ मा ५० रुपैयाँ शुल्क वृद्धि गरेको हो। त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २ सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न

अविवाहित प्रमाणित गर्न रु १०००।- मात्र
0 comment
0 FacebookTwitterEmail

कृषि कर्म गर्नेहरूका लागि असार साउन महिनामा बाली लगाउने चटारो भएजस्तै कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालयलाई साउन र भदौमा कर्मचारी सरुवाको चटारो हुन्छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अहिले कर्मचारीलाई उनीहरूको रोजाइ अनुसार सरुवा गराउन भ्याइनभ्याइ छ। तर केही कर्मचारीलाई खुशी पार्न खोज्दा धेरै कर्मचारी अन्यायमा पर्ने हुँदा मन्त्रालयले आफ्नो कामको जस भने कहिल्यै पाएको छैन। यसपटक पनि मन्त्रालयले सबै कर्मचारीलाई र सबै भौगोलिक क्षेत्रलाई न्याय हुनेगरि सरुवाको व्यवस्था मिलाउन सकस हुने देखिएको छ।

मन्त्रालयले ‘काठमाडौंमा तीन वर्ष काम गरिसकेका कर्मचारीलाई उपत्यका बाहिर पठाउन र एकैपटक एकै कार्यालयका कर्मचारीको सरुवा नगर्नु’ भन्ने  सुझाव अनुसार कर्मचारीलाई सरुवाको निवेदन दिन आह्वान गरेको

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनु भएको छ।  नेपाली कांग्रेस कोशी संसदीय दलका नेता समेत रहनु भएका थापा  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएसँगै मुख्य मन्त्रीमा नियुक्त हुनु भएको हो। थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार नियुक्त गर्नुभयो। थापालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदको समर्थन रहेको छ।
यस अघि पनि कोशी प्रदेशको मुख्य मन्त्रीमा थापा नियुक्त हुनु भएको थियो। तर, सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेका कारण २२ दिनमै मुख्यमन्त्रीबाट उहाँ बर्खास्त हुनु भएको थियो। तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार

0 comment
0 FacebookTwitterEmail

संघ सरकारको सिको गदै कोशी प्रदेश सरकारले व्यक्तिलाई मनोमानी ढंगले आर्थिक सहायताका नाममा एक अर्बको हाराहारीमा रकम बाँडेको छ। कोशी प्रदेशको नेतृत्व गरेका तीन सरकार प्रमुखले उपचार सहायता, विपत् सहायतालगायतका शीर्षकमा न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म व्यक्तिलाई राज्यकोषबाट रकम बाँडेको पाइएको छ। उपचार सहायता शीर्षकअन्तर्गत रकम बुझ्नेमा सर्वसाधारणदेखि प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ।

आर्थिक वर्ष ०७६/७७, ०७७/०७८, ०७८/०८९ र ०७९/०८० को जेठ ३ गतेसम्म आर्थिक सहायताका नाममा कोशी प्रदेश सरकारको नेतृत्व गरेका एमालेका शेरधन राई, एकीकृत समाजवादी पार्टीका राजेन्द्र राई र एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले एक हजार ५९० जनालाई ९३ करोड ८५ लाख ३० हजार पाँच सय रुपैयाँ वितरण गरेको …

‘आर्थिक सहायता’का नाममा कोशीमा तीन सरकारले बाँडे एक अर्ब रुपैयाँ, रकम बुझ्नेमा प्रदेशसभा सदस्य पनि
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved