Home » नीति/राजनीति » Page 26
Category:

नीति/राजनीति

पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र तयार गरी काम कारबाहीका लागि प्रधानमन्त्रीलाई बुझाएको छ।

साझापत्रमा प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन छिटो जारी हुनुपर्ने, प्रदेश सरकारले उपभोग गरिरहेका भवन र भवन परिसरको जग्गा प्रदेश सरकारको स्वामित्वमा आउनुपर्नेलगायतका बुँदा राखिएका समेटिएका छन्। यस्तै, प्रदेशलाई आवश्यक कर्मचारी प्राप्त नभएको र आवश्यक नभएका कर्मचारी आउँदा कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको भन्दै संघबाट कर्मचारी पठाउँदा प्रदेशको सहमतिका आधारमा पठाउने व्यवस्था हुनुपर्ने, प्रदेशको कानूनबमोजिम जनशक्ति प्रयाप्त नहुँदासम्म संघबाट खटाइने, प्रदेश सचिव र आ–आफ्नो प्रदेशभित्र पर्ने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एकमुष्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाई सोही कार्यालयमार्फत पदस्थापन गर्ने व्यवस्था मिलाइनुपर्ने पनि बुँदामा …

अन्तरप्रदेश मुख्यमन्त्री बैठकले प्रधानमन्त्रीलाई बुझायो १७ बुँदे साझापत्र, के छन् माग ?
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशमा सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल होला या नहोला भन्ने चौतर्फी चर्चा छ। चर्चाकै बीच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै निवास झापामा राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरू तथा पार्टीका पदाधिकारीहरूसहित छलफल राख्नु भएको थियो। छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ। माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुखको जिम्मेवारीमा हुनुहुन्छ।  उहाँबाहेक विपक्षी गठबन्धनसँग ४६ प्रदेशसभा सदस्य छन्। कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।

प्रदेशसभाको …

0 comment
0 FacebookTwitterEmail

फ्रान्सेली गृह मन्त्रालयका अनुसार कैयौँ राती भएको अशान्तिको क्रममा सयौँ फ्रान्सेली प्रहरी अधिकारीहरू घाइते भएका छन्। देशका विभिन्न भागमा अफिसर र आन्दोलनकारीबीच झडप, हिंसा र आगजनीका घटनाहरू भइरहेका छन्।

फ्रान्सेली गृह मन्त्रालयले हालैको अशान्तिको क्रममा ८७५ जनालाई हिरासतमा लिइएको  तथ्याङ्क दिएको  छ। यसबाहेक, बिहीबार यता करिब एक हजार ९०० कारमा आगजनी गरिएको छ भने प्रहरी चौकीसहित ५०० सार्वजनिक भवनमा आगजनी गरिएको छ। सङ्कटको अवस्थालाई मनन गर्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले स्थितिबारे छलफल गर्न बैठक बोलाउनु भएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन सहित उक्त सङ्कटकालीन बैठकले देशमा सुव्यवस्था पुनर्स्थापित गर्न सबै विकल्पहरूको मूल्याङ्कन गर्ने फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले सञ्चार माध्यमलाई बताउनु

0 comment
0 FacebookTwitterEmail

कोशी नाम खारेज गरी प्रदेशको पूनःनामकरणको आन्दोलनलाई सहयोग पुर्‍याएको आशङ्कामा प्रहरीले लिखित आदेश दिदैं एउटा बैङ्क खाता रोक्का गरेकोमा आन्दोलनकारी, समर्थकहरूले विरोध जनाएका छन्। भक्तपुर स्थित जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले २०७९ चैत १९ गतेको मितिमा ग्लोबल आईएमआई बैङ्कको भक्तपुर गट्ठाघर शाखालाई पत्र लेखेर बैङ्क खाता रोक्का गर्न आदेश दिएको हो।

राज्यले खाता रोक्का गरेको भनी बैङ्कले लिखित जानकारी भने भने सरोकारवालाहरूलाई दिएको थिएन।

खाता आन्दोलनकारी घटक संस्थाका ३ जना पदाधिकारीको नाममा संयुक्त रूपमा खोलिएको थियो।

किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ती तुम्बापोका अनुसार बैङ्कमा जाँदा खाता ‘लक’ भएको छ मात्र भनियो। निरन्तीले भन्नुभयो, ‘हामीलाई बैङ्कले लिखित जानकारी …

0 comment
0 FacebookTwitterEmail

लिथुआनियाली राज्य रक्षा परिषद बेलारुसको अवस्थाको आकलन गर्न गुप्तचर क्षमताहरू बढाउन सहमत भएको लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले आइतबार बताउनु भएको छ। यो निर्णय तनाव कम गर्ने सम्झौताको एक भागको रूपमा वाग्नर भाडा समूहका नेता येभगेनी प्रिगोजिनलाई रुस द्वारा बेलारुसमा स्थानान्तरण गर्ने भर्खरको निर्णय पश्चात आएको हो।

वाग्नरको असफल विद्रोहले भ्लादिमिर पुटिनको लामो समयको शासनका लागि महत्त्वपूर्ण चुनौतीको रूपमा हेरिएको छ र सन् १९९९ मा पुटिनले सत्ता ग्रहण गरेपछि रूसलाई सबैभन्दा महत्त्वपूर्ण सुरक्षा सङ्कटको सामना गर्नु परेको बताइन्छ । 

राष्ट्रपति नौसेदाको अध्यक्षतामा बसेको राज्य रक्षा परिषद्को बैठकपछि उहाँले भन्नुभयो, “कालिनिनग्राद क्षेत्रलाई पनि विचार गर्दै, हाम्रो पूर्वी सीमा, साथै बेलारुसको राजनीतिक र

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानको कोइला खानीमा काम गर्ने गरिब मजदुरको बारेमा सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदन  उनीहरूको बिजोग स्थीति देखाएको छ। द बलुच सर्कलले तयार पारेको प्रतिवेदन अनुसार बलुचिस्तानको कोइला खानीमा काम गर्ने गरिब मजदुरहरूले सुविधाको अभावमा हरेक दिन आफ्नो ज्यान गुमाइरहेका छन्।

प्रतिवेदनमा भनिएको छ, “सन् २०२२ मा पाकिस्तानको कोइला खानीमा भएको दुर्घटनामा २८८ जनाले ज्यान गुमाएका थिए जसमध्ये १६६ जना बलुचिस्तानका थिए । यस वर्षको पहिलो पाँच महिनामा बलुचिस्तानको कोइला खानीमा १८ वटा दुर्घटना भएका थिए जसमा २४ कामदारको मृत्यु भएको थियो ।”

सन् २०२३ को सुरुमा पाकिस्तानको मानव अधिकार आयोगले सन् २०२२ मा बलुचिस्तानको खानीमा भएका दुर्घटनाका सम्बन्धमा आफ्नो ”तथ्य …

0 comment
0 FacebookTwitterEmail

अहिलेको समयमा सरकारी कार्यालयमा शौचालय, खानेपानी, प्रतीक्षालय छैन भन्दा अचम्म लाग्न सक्छ। तर लुम्बिनी प्रदेशमा एउटा यस्तो कार्यालय छ, जहाँ यी कुनै सुविधा छैनन्। न बस्ने व्यवस्था छ, न शौचालय। झन् खानेपानीको त प्रबन्ध छैन। उक्त सरकारी कार्यालयको नाम हो– इलाका प्रशासन कार्यालय, मझगाँवा रुपन्देही।’

२०४६ सालमा स्थापित सो कार्यालय मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाको सानो ६ कोठे भवनमा सञ्चालित छ। जीर्ण भवन, एकतले ढलानसहितको उक्त कार्यालयमा तिर्खा लाग्दा पिउने पानी छैन र मलमूत्र विसर्जन गर्ने शौचालय पनि छैन।

‘प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन,’ सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुगेका सेवाग्रही चन्द्रिका मुरावले भन्नुभयो, ‘भीड थेगिसक्नु छैन, पालो …

यस्तो पनि सरकारी कार्यालय, जहाँ न शौचालय छ न खानेपानी
0 comment
0 FacebookTwitterEmail

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने अमेरिका भ्रमणका लागि मंगलबार प्रस्थान गरेका छन्। यो उनको पहिलो स्टेट भिजिट भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी मंगलबार अमेरिका प्रस्थान गरेका छन्। स्टेट भिजिट गर्ने मोदी दोस्रो भारतीय प्रधानमन्त्री तथा तेस्रो ठूलो नेता हुन्छ।

यसअघि सन् १९६३ मा राष्ट्रपति सर्वपल्ली राधाकृष्णन र २००९ मा मनमोहन सिंह स्टेट भिजिटका लागि अमेरिका पुगेका थिए। यसकारण पनि मोदीको यसपटकको अमेरिका भ्रमण यसअघिका ७ भ्रमणभन्दा विशेष हुने अुनमान गरिएको छ।

अमेरिका उड्नुअघि प्रधानमन्त्री मोदीले ट्विट गर्दै भारत–अमेरिकाबीच गहिरो सम्बन्ध रहेको र हरेक क्षेत्रमा हिस्सेदारी बढ्दै गइरहेको बताए। ‘अमेरिका वस्तु तथा सेवामा हाम्रो ठूलो व्यापार …

तीन दिने औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान
0 comment
0 FacebookTwitterEmail

सत्ता हाँकिरहेको नेकपा माओवादीसहित चार पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा भएको हो ।

घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।

मोर्चा घोषणा कार्यक्रममा सहमतिपत्र वाचन गर्दै नेता राजेन्द्र श्रेष्ठले यसमा चार दलले आलोपालो नेतृत्व गर्ने बताउनुभयो ।

मोर्चा प्रदेश र स्थानीय …

चार दलद्वारा समाजवादी मोर्चा घोषणा
0 comment
0 FacebookTwitterEmail

गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संघीयता कार्यान्वयनमा संघीय बजेट र स्थानीय सरकारका सवालसम्बन्धी संघीय संसद्का सांसदसँग अन्तक्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा राष्ट्रिय स्रोत तथा वित्त आयोगका अध्यक्ष, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल नागरिक संघ तथा गाउँपालिका महासंघका पदाधिकारीसहित विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले संघीय संसद्मा छलफलमा रहेको आगामी आर्थिक वर्षको बजेबारे समीक्षात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्रले संघीयता कार्यान्वयन गर्ने दिशामा बजेट नआएको निष्कर्ष निकालेको छ।

संघीय मन्त्रालयहरूले १ लाखसम्मका सानाभन्दा साना आयोजना तथा कार्यक्रममा बजेट छरिएको, स्थानीय र प्रदेश सरकारको अधिकार क्षेत्रमा प्रवेश गरी बजेट विनियोजन गरिएको, ससर्त अनुदानका नाममा …

संघीयता कार्यान्वयनबारे सांसदसँग अन्तरक्रिया
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved