पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ। त्यसैलाई आधार बनाएर सार्वजनिक यातायातको भाडा पनि घटेको हो। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा २.१३ प्रतिशत भाडा घटाएको छ। यसैगरी मालवहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।
विस्तृतमा हेर्नुहोस्:

