Home » नीति/राजनीति » Page 59
Category:

नीति/राजनीति

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ। निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा आज आइतबार आगलागी गरिदिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीयको घरमा आगो लगाएका हुन्।

‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भने आफूलाई आगलागीबारे पूर्ण जानकारी नभएको बताउहुन्छ। गणेशप्रसादले भन्नुभयो, ‘निकुञ्ज विभागबाट …

ब्रेकिङः चितवन निकुञ्जले जलायो कुसुमखोलाको १० घर
0 comment
0 FacebookTwitterEmail

पञ्जाबका नयाँ मुख्यमन्त्रीले आफ्नो राजनीतिक आरोहणका क्रममा केही असफलताहरू भोगेका छन्, र केही अप्रत्याशित सफलताहरू पनि भोगेका छन् र भोगेका छन् व्यक्तिगत संघर्षहरू– तर जति भोगेका छन् सबै सार्वजनिक रूपमा भोगेका छन्।

जब भगवन्त मान पञ्जाबको मुख्यमन्त्री पदको शपथ खाइरहेका थिए, तब सतोज गाउँका सबैजना आफूलाई भगवन्तको नजिकको मित्र वा नातेदार हुँ भनेर दावा गरिरहेका देखिन्थे।

‘हामी सँगै स्कूल जान्थ्यौँ, हामी मिल्ने साथी थियौँ’, ‘उसले मलाई कतिपटक भनेको छु म उसको फेवरेटट अन्टी हुँ भनेर’, ‘जब त्यो गाउँ आउँथ्यो, सधैँ गुरूघर (गुरूद्वारा) आएर मेरो खुट्टामै ढोगिदिन्थ्यो’, ‘म त वहाँको काखैमा हुकिएको हो नि !’, ‘वो तो भाई अपना प्रा है …

‘कलेज ड्रपआउट’ ‘जोकर’ र ‘जड्याहा’ बाट कसरी बने भगवन्त मान पञ्जाबका मुख्यमन्त्री
0 comment
0 FacebookTwitterEmail

भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा बनाउनु पर्ने “भिजिट भिसा कार्यविधि/निर्देशिका” प्रस्ताब गर्नुका पछाडिको मूल ध्येयचाहिँ सामान्य सोधपुछ पनि नगरी तस्करहरूलाई लाखौ रूपैयाँ बुझाउएर विदेश जान मरिहत्ते गर्ने नेपालीलाई मानव तस्करबाट जोगाउनु हो। तर जसरी पनि विदेश जान आसक्त नेपालीलाई जोगाउन धेरै गाह्रो किन छ भने उनीहरूलाई तस्करी गर्न सक्रिय मानिशहरू समाजसेवीको मुखौटो लगाएर सबैजसो पार्टीका नेताको वरिपरि घुमेर तिनको दुरूपयोग गर्छन्।

घटना १ – आकर्षक जागिरको प्रलोभनमा दुबईमा नेपालीको बिचल्ली

गत पुसको तेस्रो साता एउटा अनलाइनले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर कोमलराज उपाध्यायले नेपालबाट मानवतस्करी गरेको भन्दै लगातार समाचार प्रकाशित गर्‍यो। समाचारमा भिजिट भिजामा सेटिङ मिलाएर नेपालीहरूलाई दुबई लैजाने र …

दुबईका नेपाली मानवतस्कर: समाजसेवीको मुखौटोमा मन्त्रीको अघिपछि
0 comment
0 FacebookTwitterEmail

सबैजसो राजनीतिक दलको अनिच्छाका कारण नेपालमा ‘राइट टु नो भोट’ वा राइट टु रिजेक्ट को अधिकार नेपाली मतदाताले पाउन नसकेका हुन।  उमेदवार मन नपरे अस्वीकार गर्न पाउने माग उठेको एक दशक भैसक्यो। सर्वोच्च अदालतले २०७० पुष २१ गते कुनै पनि उमेदवार मन नपरेमा अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुने गरी कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि संविधानसभाको उपनिर्वाचन सहित  स्थानीय,  प्रदेश र प्रतिनिधिसभा गरी तिनै तहको निर्वाचन सम्पन्न भए। तर मतदाताले नो भोटको अधिकार उपयोग गर्नबाट बञ्चित नै रहेका छन्।
‘हरेक पटकको चुनावमा भोट त हालियो तर बदर हुनेगरी, एक उच्च तहमा कार्यरत …

अदालत नेपाली मतदातालाई  ‘राइट टु रिजेक्ट’ दिन भन्छ तर राजनीतिक दल मान्दैनन्
0 comment
0 FacebookTwitterEmail

हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय(आईसीजे)ले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ। युक्रेनले आफ्नो पूर्वी भागका रुसी भाषी जनताको आमहत्या गरेकाले युद्ध सुरू गरिएको भन्ने रुसको दावीलाई आईसीजे खारेज गरिदिएको छ।   यो आदेश बाध्यकारी छ। १५ मध्ये १३ न्यायाधीशले सहमति जनाएको यस फैसलामा भनिएको छ, “रूसी फेडरेशनले युक्रेनी क्षेत्रमा सन् २०२२ फेब्रुअरी २४ देखि गरेको सैनिक कार्वाही तुरून्त बन्द गर्नु पर्छ। चीन र रुसका दुई न्यायाधीशले फैसलामा असहमति जनाएका हुन्।

अदालतको अध्यक्षता गरिरहनु भएकी अमेरिकी न्यायाधीश जन डनह्युले युक्रेनका रुसीभाषी नागरिकहरूको नरसंहार भएकोले हमला गर्नुपरेको भन्ने मास्कोको दाबी पुग्ने प्रमाण नभेटिएको वताउनु भएको छ।

संयुक्त राष्ट्रसंघको एक अङ्ग रहेको यो न्यायालयको …

ब्रेकिङ: रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न अन्तर्राष्ट्रिय न्यायालयको आदेश
0 comment
0 FacebookTwitterEmail

विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने …

धनगढी:  के फरक पर्छ गोपाल हमालको स्वतन्त्र उमेदवारीले?
0 comment
0 FacebookTwitterEmail

पर्सामा होली पर्वको रौनकैसँगै राजनीतिक दल र नेताले चुनाव केन्द्रित रणनीतिका सक्रिय हुन थालेका छन्। नाकाबन्दी बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जलगायत पर्सा जिल्लामा मधेसी दलको पकड कमजोर बन्दै गएको छ। गएको एक महिनाभीत्र पर्साका आधादर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू मधेसी दल त्यागेर एमाले र नेपाली कांग्रेसमा छिरका छन्।लोसपाका संघीय र प्रदेशका कतिपय सांसदहरू केपि ओलीको प्रत्यक्ष सम्पर्कमा रहेर राजनीतिक सौदाबाजीमा तागत बढाउन आफ्ना कार्यकर्ताहरूलाई एमाले पार्टी प्रवेश समेत गराएका छन्।

मधेसी मुद्दा सम्बोधन गराउन असफल भएका कारण मधेसी दलको जनाधार ‍कमजोर भएपछि नेताहरूको बहिर्गमन बढेको तर्क गर्नुहुन्छ हालै लोसपा त्याग गरी एमालेमा प्रवशे गरेका शिव पटेल।मधेस प्रदेश सरकारमा …

स्थानीय निर्वाचन अगाडि मधेसी दल छोड्नेहरूको लर्को
0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागितासँगै सरकार परिवर्तनको सम्भावना बढेको छ। नेपाली कांग्रेसलाई सरकारमा ल्याउने गठबन्धनको तयारीसँगै सरकार परिवर्नतको विषय पनि अघि बढेको छ। कांग्रेसले सरकारमा चाँडै सहभागी गराउन माग गर्दै ढिलाई गरे समस्या निम्तिने चेतावनी दिएको छ भने सबैभन्दा ठुलो दल एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वका लागि दावी गरेको छ।

एमाले विभाजनका बेलामा तत्कालिन माधव नेपाल समूह र माओवादी केन्द्र गठबन्धन बनाएर गत जेठ १४ गते सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बिस्तार भएको थियो। त्यसपछि एमाले विभाजन भएर एकीकृत समाजवादी बने यता प्रदेशमा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रको सरकार छ। केन्द्र तथा ६ वटा प्रदेशमा कांग्रेस सहित गठबन्धनको सरकार बनेपनि सुदूरपश्चिममा …

सुदूरपश्चिममा सरकार फेर्ने खेल
0 comment
0 FacebookTwitterEmail

निजामती सेवामा कुल पाँच सय ५१ सहसचिव मध्ये महिलाको संख्या ४५  छ  अर्थात  ८ दशमलव २५ प्रतिशत। उपसचिवमा ९.५३ प्रतिशत र शाखा अधिकृतमा १७.२४ प्रतिशतमात्र महिला छन्।तथ्याङ्कमा मात्र होइन, सोच र व्यवहारमा नै राज्यले विश्वास गर्दैन महिलालाई। आरक्षणबाट आएको भनेर महिलाको क्षमताको अवमूल्यन गर्ने पद्दतिनै तयार छ र त्यही अनुसार महिलालाई महत्वपूर्ण जिम्मेबारीबाट पन्छाइन्छ।

सरकारको नीति निर्माण निजामती सेवाको विशिष्ट श्रेणीबाट हुन्छ। जहाँ रहेर निर्णायक भूमिका निर्वाह गर्ने तहमा पनि महिलाको संख्या सन्तोषजनक छैन। निजामती सेवाको सर्वोच्च पद सचिव (विशिष्ट श्रेणी) पदमा ७१ जना छन् । जसमध्ये महिलाको संख्या ७ मात्र छ। यो ४ दशमलव ९१ प्रतिशत हो।  अघिल्लो वर्ष …

राज्यले विश्वास गर्दैन महिलालाई
0 comment
0 FacebookTwitterEmail

भारतका पाँच राज्यमा यो साता भएको विधानसभा चुनावमा आफ्नो मताधिकारको प्रयोग गर्ने करिब आठ लाख मतदाताले ‘नोटा’ अर्थाता ‘माथि उल्लेख गरिएका मध्य कोही पनि होइन’ (None of The Above)  भन्ने विकल्पमा भोट हालेका छन्। भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार ती करिब आठ लाख मतदाताले “तिमीहरू कोही पनि योग्य छैनौ” भनेर भोट हालेका हुन।

मणिपुरका कुल मतदाता मध्ये १०,३४९  (०.६ प्रतिशत) ने नोटा विकल्पको प्रयोग गरे। यसैगरी गोवामा १०,६२९ मतदाता (१.१ प्रतिशत) सबै उम्मेदवारलाई अयोग्य भने।

भारतीय निर्वाचन आयोगको तथ्याङ्क अनुसार राजनीतिक रूपले अत्यन्त महत्त्पूर्ण मानिने र चार सय तीन विधानसभा सिट भएको उत्तर प्रदेशका ६ लाख २१ हजार १ सय …

भारत विधानसभा चुनाव: आठ लाख मतदाताले भने “तिमीहरू कोही पनि योग्य छैनौ”
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved