Home » नीति/राजनीति » Page 60
Category:

नीति/राजनीति

 

अदालतमा विचाराधिन मुद्दा वादी वा प्रतिवादीको मृत्यु भएपछि के हुन्छ ? भारतको सर्वोच्च अदालतका अनुसार मृत्युपछि पनि मुद्दा चलाउने अधिकार रहन्छ। कानुनी कारवाहीमा मृतकका कानुनी उत्तराधिकारी सहभागी हुन सक्छन्। तर, मुद्दा चलाइने अड्डा–अदालत आफैं बन्द भए विचाराधिन मुद्दा के हुन्छ ?

अक्टोबर २०१९ मा जम्मु–कश्मिरमा मानवअधिकार आयोग खारेज भएपछि सयौँ उजुरीकर्ताले यही प्रश्न सोधिरहेका छन्। उत्तेजित केन्द्र सरकारले तम्तयार संसदमार्फत् बिना कुनै संक्रमणकालीन प्रावधान जम्मु–कश्मिर पुनर्गठन अधिनियम अघि सार्‍यो। जम्मु–कश्मिरमा जुन संविधान विस्तार गर्न खोजिएको थियो, त्यसै संविधानले सुनिश्चित गरेका मौलिक हकको हनन् भएको भनी उठिरहेका सयौँ मुद्दा अहिले श्रीनगरमा थन्किएका छन्।

सरकारका तर्फबाट गैरकानुनी हत्या भएको …

0 comment
0 FacebookTwitterEmail

विगत सत्तरी वर्षदेखि नेपालको प्रशासनलाई सुधार गर्ने प्रयास भएपनि सेवा प्रभावकारी तथा गुणस्तर हुन सकेको छैन। यो संयन्त्रबाट न आमजनता सन्तुष्ट छन् न कर्मचारी आफै। राजनीतिक नेता त झन प्रशासनयन्त्रलाई स्वार्थ अनुसार भताभुङ्ग बनाउनमा नै व्यस्त हुन्छन्। नेपालको प्रशासन संयन्त्र चुस्तदुरुस्त नहुनुको मूल कारण के हो त?

सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा प्रशासनका समग्र पक्षमा सुधार ल्याउन नेपालमा विभिन्न प्रशासन सुधार समिति गठन भएर सुधारका प्रयास भएका छन्। सेवामा प्रभावकारिता तथा गुणस्तरीयता ल्याउन प्रशासन सुधार गर्नुपर्ने खाचो देखिएपछि सम्वद्ध क्षेत्रका विज्ञहरूले सुधारका प्रयास थालेका हुन। तर, ती प्रयासले मूर्तरूप नपाउँदा प्रशासन र कर्मचारीतन्त्रमा व्याप्त समस्याहरू समाधान हुन सकेका छैनन्, …

0 comment
0 FacebookTwitterEmail

रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको बाह्रौ दिन भएको छ। रुसको यो कदमको विरोधमा सारा विश्वले आवाज उठाइरहे तापनि युक्रेनलाई साथ दिएर रुसविरुद्ध युद्ध लड्नका लागि भनेरै कुनै देश वा समूह सोझै युद्धमैदानमा होमिएको छैन। सोझै हतियार उठाएर रुसको विरुद्ध लड्ने काम कुनै शक्तिराष्ट्र वा समूहले आजका दिनसम्म नगरे पनि रुसमाथि अन्य विभिन्न किसिमका प्रतिबन्ध लगाएर उसलाई एक्ल्याउने प्रयासमा भने सबै पक्ष एक भएका छन्। युक्रेनमाथि सैन्य कारवाही थालेयता रुसमाथि कुन–कुन राष्ट्र, संघ–संस्था वा कम्पनीहरूले कस्ता–कस्ता विषयहरूमाथि प्रतिबन्ध लगाए त?

रुसको सबैभन्दा ठूलो टाउको दुखाइको विषय पश्चिमा मुलुकहरूले उमाथि लगाइरहेको विभिन्न तरिकाका आर्थिक प्रतिबन्ध बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति जे. …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय महिला आयोगले पाँच महिना अघि राष्ट्रपति समक्ष आयोगको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदन पेश गर्‍यो। प्रतिवेदन ग्रहण गर्दै त्यतिवबला राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माणमा आयोगले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीले आयोगलाई अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक–अधिकारको संरक्षण र संवद्र्धन गर्न तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभएको थियो।

आयोगले पनि राष्ट्रपतिको निर्देशन अनुरूप थप क्रियाशील रहने प्रतिवद्धता जनाएको थियो। …

0 comment
0 FacebookTwitterEmail

१) स्थानीय तहको निर्वाचनको लागि आयोगमा कति वटा दल दर्ता भएका छन्?

– स्थानीय तहको निर्वाचन प्रयोजनको लागि ८० वटा दलले दर्ताको लागि निवेदन दिएका छन् । जबकि निर्वाचन आयोगमा १०३ दल दर्ता छन्।

२) दर्ता भएका दलहरूले कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर कागजपत्र बुझाएका छन् ?

– दल दर्ताको लागि परेको निवेदनसहित कागजपत्र कानुन अनुसार पुरा भए नभएको हेर्नको लागि आयोगले तीन–चार दिनको समय छुट्टाएको छ । संविधानको धारा २७१ ले गरेको व्यवस्था अनुसार कागजात पूरा गरेर दल दर्ताको लागि निवेदन दिन सकिने प्रावधान अनुरूप दलहरू आएका छन् । सबै कागजात पुरा भए–नभएको अध्ययन गरेरर आयोगले कति दललाई …

0 comment
0 FacebookTwitterEmail

महादेव सिंह डडाल दार्चुलाको मार्मा गाउँपालिका–६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। उनी निर्वाचित हुनासाथ जिल्ला सभापति ललितसिंह बोहराले केही निर्देशन दिएका रहेछन्। डडालको दाबीमा, ‘तपाईंले गर्ने जुनसुकै कामहरू तपाईं मातहत काम गर्ने कार्यालय सहायक अमरसिंह कोटरीले भनेबमोजिम गर्नुहोला’ भनी अह्राएका थिए। वडाध्यक्ष डडालले त्यो स्वीकारेनन्।

आफूले भनेको नमानेको झोकमा जिल्ला सभापति बोहराले ‘डडालले कांग्रेस पार्टी नै परित्याग गरेको’ भनेर नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्र पठाए। कांग्रेसले २९ मंसिर २०७६ मा केन्द्रीय समितिको निर्णयबाट डडाललाई पार्टीबाटै निष्कासित गर्‍यो। र, निर्वाचन आयोगमा उनको पद रिक्त गराउनु भनी पत्र समेत पठायो। त्यही आधारमा उनी पदमुक्त भए।

अर्को उदाहरण छ, बाग्लुङको। ढोरपाटन नगरपालिका–४ …

0 comment
0 FacebookTwitterEmail

स्थानीय सरकार पहिलो कार्यकाल पूरा गर्ने संघारमा छ। यस अवधिमा जनप्रतिनिधिले के के उपलब्धि हासिल गरे भन्ने त आम चासो र सरोकारको विषय हो तर तिनै जनप्रतिनिधिसँग सहकार्य गर्ने कर्मचारीले कसरी काम गरेका छन् भन्ने पनि उत्तिकै जल्दोबल्दो मुद्दा बनेको छ। जनप्रतिनिधिले दिएको आदेश र निर्णयको कार्यान्वयन गर्ने निकाय कर्मचारी प्रशासनले कस्तो भूमिका निर्वाह गर्यो भन्ने विषय झनै पेचिलो बन्दै गएको छ।

कर्मचारीहरु तटस्थ र निर्वाध रुपले उत्प्रेरित भएर काम गर्न नसकेको गुनासो गर्छन् भने जनप्रतिनिधि कर्मचारीको अभाव, सेवा प्रवाहमा भएका त्रुटिले उत्कृष्ट नतिजा दिन नसकेको आरोप लागाउँछन्। एक रथको दुई पाँग्रा भएर चल्नुपर्ने राजनीति र प्रशासनमा देखिएका मतभेदका कारण …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved