काठमाडौंको वीर अस्पतालको नयाँ ७ तले भवनमा ह्विल चेयर वा बेड गुडाउँदै तलमाथि लैजाने र्याम्प छ। ह्विल चेयर प्रयोगकर्ता र सिँढी उक्लिन समस्या हुनेहरूलाई ओहोरदोहोर गर्न, अस्पतालका ट्रली तलमाथि ओसार्न प्रयोग हुनुपर्ने यो र्याम्प कहिल्यै खुल्ला हुँदैन।
हरेक तलामा ताला लागेका सिसाको ढोकाबाट भित्र चियाएर हेर्दा त्यो र्याम्पमा अस्पतालका स्वास्थ्य उपकरणसहितका सामान थुपारेको देखिन्छ। “अस्पतालका बिग्रिएका उपकरण राख्ने ठाउँ नभएपछि र्याम्पमै राख्न बाध्य भयौँ,” वीर अस्पतालका निर्देशक डा. विकास नेपाल स्वीकार गर्छन्।
र्याम्पमा केही यस्ता उपकरण पनि थन्क्याइएका छन्, जुन सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिन्छ। तर अस्पतालले ती उपकरणको मर्मत चासो दिएको छैन। यसरी बिग्रिएका स्वास्थ्य उपकरण नबनाउने वीर …
