स्थानीय नेवार समाजमा ‘यँया:’ नामबाट चिनिएको साँस्कृतिक पर्व इन्द्रजात्राले राज्य स्तरबाट ठूलै मान्यता पाएको छ। यो पर्व एक दिनमा सीमित छैन। यस पर्वका अवसरमा निकालिने जीवित देवी कुमारीको रथयात्राको एक झलकलाई नै इन्द्रजात्राको रूपमा बुझ्ने र बुझाउने ‘अचम्म लाग्दो अर्को जात्रा’ पनि देख्न पाइन्छ। यो ‘अचम्म लाग्दो अर्को जात्रा’ अनावश्यक त हो नै तर यसैलाई आवश्यक कुराको रूपमा लिइनु सांस्कृतिक ज्ञान नहुनु हो। अझ भनौं, ‘जसको बिहे उसैलाई हेर्न नदे’ भनेजस्तो क्रियाकलाप यति बेला हुन्छ।
यँया: नेवार समाजमा प्रचलित एक भव्य र रमाइलो पर्व हो। यस अवसरमा अनेक खालका सांस्कृतिक गतिविधिहरू बडो हर्षोउल्लासका साथ सम्पन्न हुन्छन्। एक समय धार्मिक तथा …
विचार
के तपाईँलाई ख्याल छ, काठमाडौँ महानगरले उठाएको मनोरञ्जन कर वाग्मती प्रदेशको सञ्चित कोषमा समेत दाखिला हुन्छ ? हो यो रकम अन्तरसरकारी वित्त हस्तान्तरण ऐन र प्रदेशको आर्थिक कानुन अनुसार प्रदेश सञ्चित कोषमा समेत दाखिला हुन्छ। काठमाडौँ महानगरले सात वर्षदेखि फनपार्कले नतिरेको कर २४ घण्टे उर्दी दिएर उठायो। प्रदेश कानुनमा समयमा उक्त कर नतिरे ब्याज समेत असुल उपर गर्ने प्रावधान छ। यसैले उसले सात वर्षदेखि उक्त कर ब्याजसमेत असुलेको हो।
सम्बन्धित प्रदेशको सम्बन्धित लगाएको मनोरञ्जन कर सम्बन्धित स्थानीय तहले सङ्कलन गरी प्रदेशको सञ्चित कोषमा ६० र उठाउने स्थानीय तहको सञ्चित कोषमा चालीस प्रतिशत हिस्सा दाखिला हुन्छ। यस्तै विज्ञापन कर चाहिँ …
बेला बितेपछिको सक्रिय व्यवस्थापिका
प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने भनेर संविधानले किटान गरेको छ (धारा ८५.१) । संविधानकै धारा ८४.७ मा “प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ” भन्ने प्रावधान छ। यसले प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल भनिए पनि यसको कार्यमूलक विधायिकी कार्यकाल चार वर्ष छ महिना मात्र रहने र छ महिना नयाँ निर्वाचनको प्रयोजनमा प्रयोग हुने स्पष्ट गर्छ । निर्वाचन आयोगले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाहरूका सदस्यको निर्वाचनको मतदानको दिन घोषणा गर्दै चुनावी कार्यक्रम प्रकाशित गरिसकेको छ। उल्लिखित आधारमा हेर्दा असार …
प्रदीप गिरिको निधन भएको आज १९ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्ला केही साता जति कहिल्यै भएको थिएन।
गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो …
प्रदीप गिरिको निधन भएको आज १८ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्ला केही साता जति कहिल्यै भएको थिएन।
गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो …
समाजवादको सैद्धान्तिक प्रस्तावना
अक्सफोर्ड राजनीति शास्त्रको पारिभाषिक शब्दकोषले समाजवादको व्याख्या यसरी गरेको छ– ‘उत्पादन, वितरण र विनिमयका साधनमा राज्यको (मात्र ) स्वामित्व (र नियन्त्रण ) हुने, व्यक्तिको निजी स्वामित्व नहुने समतामूलक व्यवस्था’। त्यसैगरी साम्यवादलाई उस्ले ‘वर्ग सङ्घर्षको क्रान्तिमा पुँजीपति वर्ग उपर विजयी हुने सर्वहारा वर्गद्वारा स्थापित समाजवादी राज्य’ भनी परिभाषा गरेको छ; जहाँ निजी सम्पत्ति उन्मूलन गरिएको हुन्छ र उत्पादनका साधनको स्वामित्व तथा जीवन निर्वाहका साधनको जिम्मा राज्यको हुन्छ।
अक्सफोर्ड अर्थशास्त्रको पारिभाषिक शब्दकोषले पनि ‘भूमि तथा पुँजी जस्ता (उत्पादनका) साधनहरूका उपयोग पुँजीपति वर्गको (मात्र) हितमा नगरी सामूहिक हितमा उपयोग गर्ने’ अर्थ प्रणालीको रूपमा समाजवादको परिभाषा गरेको छ। …
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरू प्रतिष्पर्धा लागि आन्तरिक तयारीमा जुटिरहेका छन्। यस वेला आम जनतादेखि लिएर दलका सदस्यहरू र तल्ला समितिहरूमा आवद्ध कार्यकर्ताहरूलाई समेत दलहरूले कस्तो घोषणापत्र ल्याउलान भन्ने चासो बढिरहेको छ। हाम्रा प्राथमिकताहरू घोषणापत्रमा कसरी समेटिने हुन्? उमेदवार कसलाई उठाउने हुन्? हामीले रुचाएको मानिस उठाउलान् कि अरु नै? हाम्रै निर्वाचन क्षेत्रको स्थानीय व्यक्तिलाई उठाउलान् कि बाहिरको? हाम्रै बिरादरीको उमेदवार होलाकी अरु नै, महिलालाई उठाउलान् कि पुरुषलाई? वर्चस्वधारी समूहको हुनेकि दमित समूहको? अरु दलहरूले कस्तो व्यक्तिलाई टिकट देलान्? कोही स्वतन्त्र व्यक्ति पनि उठ्लान् कि? आफू सम्बद्ध भएको दलले यो प्रक्रियामा मसँग पनि केही सुझाव माग्छ कि उनीहरूले …
फरक मत |
पहिलो कुरा, यस संविधानले राष्ट्रपति भन्ने पद त सृजना गरेको छ तर उनलाई राष्ट्रको संरक्षण गर्ने काम दिएको छैन। सो काम नेपालका नागरिकलाई दिइएको छ। यो कुरा त्यस बेला टड्कारो रुपमा निस्क्यो जुन बखत नागरिकताको विधेयक बन्यो। राष्ट्रपतिलाई राष्ट्रिय एकता प्रवर्द्धन गर्ने भनेर सो संविधानमा भनिएको छ। एकता भन्नु संरक्षण होइन। एकता नभईकन पनि राष्ट्र रहन सक्दैन। सो कुरा हो। तर जब नागरिकताको विधेयक उनको अगाडि सारियो यसमा उनको असहमति रह्यो। राष्ट्रपतिले प्रधानमन्त्रीसँगको भेटघाटमै भनेका छन् कि पहिला देश बचाउनु पर्यो त्यस पछि मात्र अरु कुरा गर्नु पर्यो। यसै भेटमा प्रधानमन्त्री र अरु सदस्यहरूले स्वीकार गरे कि यो …
खाना आफैंमा कुनै धर्म होइन। खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो। यद्यपि खाना धर्म संस्कृति आदिसँग पनि जोडिन्छ। जसलाई खानाको धार्मिक सांस्कृतिक पाटोको रूपमा अथ्र्याइन्छ। फेरि पनि खाना कुनै धर्मको अंग होइन, यो केवल ऊर्जाको स्रोत हो– शरीरको, मनको र जीवनको।
पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक अजैविक पदार्थमा औषधीय गुण हुन्छ। जसलाई कुनै न कुनै रूपमा औषधि बनाएर प्रयोग गर्न सकिन्छ तर ती सबै पदार्थलाई खानाको रूपमा प्रयोग गर्न सकिदैन। कुनै पनि चिजलाई खानाको रूपमा प्रयोग गरिनु र औषधीको रूपमा प्रयोग गरिनु फरक फरक दृष्टिकोण र अभ्यास हो।
प्राचीनकालदेखि नै वैदिक समाजले दैनिक खानपिनमा प्याज …
संसारभर कर उठाउने विषय सरल छैन। अमेरिकाका फाउन्डिङ फादर बेन्जामिन फ्र्याङ्कलिनले मृत्यु र कर बाहेक जीवनमा अन्य पक्ष अनिश्चित रहेको बताएका छन्। उनको भनाइले जीवनमा मृत्यु र कर अनिवार्य शर्त हुन्। स्थानीय तह आफ्नो स्रोतको राजस्व (Own Source Revenue, OSR) वृद्धि गर्नुपर्ने दबाब र दायित्वमा छन्। यसलाई आन्तरिक आम्दानी पनि भनिन्छ। स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार कार्यान्वयनमा चासो दिएमा निश्चय नै राजस्व वृद्धि हुनेछ। तर कर जहिले पनि सेवा प्रवाहसँग जोडिनु पर्छ भन्ने हेक्का चाहिँ स्थानीय तहले राख्न जरूरी छ। कर उठाउनको लागि ऐनले भने अनुसार लक्ष्य राख्ने, कार्यान्वयन गर्ने र करको सदुपयोग गर्नको लागि …