नराम्रोसँग हारेपछि अमेरिकालगायत पश्चिमा देशका सिपाहीहरूले पूर्ण रूपमा अफगानिस्तानबाट हिँडेको गत साता एक वर्ष भइसक्यो। अफगानिस्तान छोडेर विश्व अन्य मुद्दाहरूमा अघि बढेको छ। सन् २०१८–२०२२ सम्म पश्चिमा देशहरूको संगठन नेटोको अपरेसनको सहायक महासचिव भएर काम गर्नु भएका जोन मान्जा अफगानिस्तानमा हारेपछि पश्चिमाहरूले सिक्न पर्ने चारवटा पाठ तयार गर्नु भएको छ। मान्जाको भनाइमा त्यो लडाइँबाट सिकिएका पाठले भविष्यमा त्यस्तै खालका गल्तीहरू दोहोराउन रोक्नेछ। मान्जाका शब्दहरूः
नेटोको अपरेसनका लागि सहायक महासचिवको रूपमा, सन् २०२१ को अन्त्य ताका अफगानिस्तानमा पश्चिमा गठबन्धनले सिकेका कुराहरू लेख्ने जिम्मेवारी मैले पाएको थिएँ। यो दस्तावेजको पूर्ण पाठ गोप्य भएपनि त्यहाँ सिकेका कुराहरूलाई बाहिर ल्याउन अनुमति रहेछ। यी सिकेका …