Home » विपद् » Page 9
Category:

विपद्

बुधबार पोखरा–१३ कमलपोखरीकी सरिमा घर्तीलाई कोठामै भिजेका लत्ताकपडा, सरसामान सुकाउने हतार थियो। आईतबारदेखि अबिरल परेको वर्षा बुधबार दिउँसो केही कम भएसँगै घाम लागेको थियो। घाम लागेपछि केही राहत महसुस गर्दै घर्ती र उनका छोरा बुहारी कोठाका सामान बाहिर ल्याएर सुकाउँदै हुनुहुन्थ्यो। भारी वर्षाका कारण पोखराको कमलपोखरी क्षेत्र सोमबार डुबानमा परेको थियो।
सो क्षेत्रमा रहेको झन्डै एक सय घरका प्राय: भुइँतला जलमग्न भएका थिए। सरिमाकी बुहारी एलिजा कपडा सुकाउन व्यस्त हुँदा छोरा राजकुमार घर्ती आफ्नो दुई महिनाको बच्चा समाइरहनु भएको थियो। राजकुमारले भने– ‘पानी बढ्दै गएपछि डर लाग्न थाल्यो। सानो बच्चा पनि भएकाले आत्तिएका थियौं। कोठाका सामानमाथि मिलाएर राख्यौं। अनि परिवार …

0 comment
0 FacebookTwitterEmail

चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनबाट मानिसहरू संघीय राजधानी काठमाडौं आउजाउ गर्छन् तर हरेक वर्ष वर्षात् सुरू भएपछि यो सडक खण्डमा हिँड्न जो कोहीले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’ को सास्ती बेहोर्न तयार भएर हिँड्नुपर्छ।
१५ गते आइतबारबाट देशभर परेको झरी मंगलबारसम्म रह्यो। यो तीन दिनको झरीमा काठमाडौं जाने बाटोको भरतपुर २९ मा पर्ने केराघारीमा लेदोसहितको माटो निरन्तर झरिरह्यो।
यो झरीमा चितवन हुँदै गुड्ने सवारी साधन रोकिने मूल थलो नै केराघारीको पहिरो बन्यो। त्यस पहिरोमा रोकिएको सवारीको …

बर्खामा सँधै खस्ने नारायणगढ मुग्लिनको पहिरो
0 comment
0 FacebookTwitterEmail

मनसुनजन्य प्रकोपका कारण विगत ११ वर्षको अवधिमा नेपालमा २ हजारभन्दा धेरैले ज्यान गुमाएका छन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वि.सं. २०६८ चैत १ देखि २०७८ चैत ३१ गते सम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका कारण २ हजार ३ सय ६२ सर्वसाधारणको मृत्यु भएको हो । यस अवधिमा ५ हजार ८ सय २५ वटा पहिरो र भारी वर्षाका घटना भएका छन् । यी घटनामा ८ सय ८० जना बेपत्ता भएका छन् भने ६१ हजार ४ सय ३२ वटा घरमा क्षति भएको छ । यसरी ११ वर्षको अवधिमा मात्रै विभिन्न विपद्बाट १९ अर्बभन्दा बढीको आर्थिक क्षति भएको …

११ वर्षमा मनसुनजन्य विपद्‌बाट नेपालमा २ हजार ३ सय ६२ ले ज्यान गुमाए
0 comment
0 FacebookTwitterEmail

फेवातालको सुन्दरता नियाल्न देश विदेशबाट हजारौंको संख्यामा पर्यटक पोखरा आउँछन्। करिब ५.७२६ वर्ग किलोमिटरमा फैलिएको फेवातालमा डुंगा चढेर पर्यटकहरू तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शनसँगै फेवातालको सयर गर्न पनि मन पराउँछन्। अधिकांश पर्यटक फेवाताल पुगेपछि डुंगा चढ्छन्। कहिलेकाँही फेवातालमा डुंगा दुर्घटनामा पर्ने गरेका छन्। कहिले प्राकृतिक कारणले त कहिले मानवीय कारणले फेवातालमा डुबेर धेरैले ज्यान गुमाएका छन्। फेवातालमा डुंगामात्र होइन प्याराग्लाइडिङ गर्ने क्रममा पनि तालमा दुर्घटनामा पर्ने गरेका छन्। फेवातालमा हुने यस्तो दुर्घटनामा उद्धारको कार्यका लागि हाल सशस्त्र प्रहरी बल र नेपाली सेना दुवैले उद्धार टोली फेवातालमा खटाएको छ। सशस्त्र प्रहरीले टावरको निर्माण गरी उद्धार टोली राखेको छ भने नेपाली …

फेवातालको अरु किनारमा पनि उद्धार केन्द्र स्थापना गर्नु आवश्यक
0 comment
0 FacebookTwitterEmail

करिव ७ वर्ष अघि गएको गोरखा भूकम्पबाट जो प्रभावित थिए तिनीहरूको मन अझै काँपिरहेको छ जो प्रभावित थिएनन् तिनले बिर्सिसके। भुकम्पको झट्काले जनताको दैनिकीदेखि अर्थव्यवस्थालाई समेत नराम्ररी खलबल्याएको थियो। लाखौं नागरिकलाई बेघर बनाएको, हजारौँले प्रियजन गुमाउनुपरेको त्यो महाविनाशको कहर पन्छाउँदै उठेको देशले अहिले भने त्यही सन्ताप बिर्सेको भान हुन्छ।  नसक्नेहरू अझैपनि बेघर नै छन् भने सक्नेहरूले अग्लाअग्ला महलहरू ठड्याउन छाडेका छैनन्। भूकम्पले झस्काएको मन त शान्त भयो होला तर फेरि त्यही दशाको जोखिम भने कायमै छ।

०७२ को भूकम्पपछिका अध्ययनहरूले नेपालको पश्चिमी क्षेत्रमा केन्द्रबिन्दु भएर कुनै पनि बेला महाविनाश गर्न सक्ने भूकम्प जान सक्ने देखाएका छन्। वैज्ञानिकहरूले उत्तरपश्चिम भारत र …

पुनःनिर्माण अधुरै छ, भूकम्पको जोखिम पनि उत्तिकै, फेरि शुरु भयो मनसुनको कहर
0 comment
0 FacebookTwitterEmail

कैलालीको धनगढीका श्याम महारा ५२ वर्षका भए । पुर्ख्यौली घर डोटी भएका महराको जन्मथलो भने धनगढी नै हो । उनी धनगढीमा बस्न थालेको पनि ५२ वर्ष भएको छ । दुई दशक अगाडिसम्म बर्सातको पानी प्राकृतिक बहाउअनुसार नै सर्लक्कै बग्थ्यो,’ महरा स्मरण गर्दै भन्छन्– ‘तर ०५० सालपछि धनगढीमा सहरीकरणसँगै पानीको प्राकृतिक बहाउ रोक्ने काम तीव्र गतिमा भयो । त्यसैको नतिजा होअहिले क्षणभरको वर्षामै धनगढी डुब्न थालेको छ ।

उनका अनुसार धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमणसँगै अव्यवस्थित सहरीकरण पनि हो। व्यक्तिगत र सरकारी संरचना निर्माण गर्दा बर्सातको पानी कसरी निकास गर्नेबारे कसैले पनि …

बर्सेनि डुब्ने धनगढीका खोलानालासमेत व्यक्तिका नाममा
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved