Home » साहित्य/कला/संस्कृति » Page 24
Category:

साहित्य/कला/संस्कृति

गत जनवरीमा अमेरिकाको न्युजर्सी सहर हिन्दू राष्ट्रको “सिस्टर सिटी” बन्न लागेको थियो, तर रोचक तथ्य के थियो भने कथित राष्ट्र एक काल्पनिक थियो, धरतीमा त्यसको कुनै अस्तित्व नै छैन। यो घटना सुन्दा अचम्म लाग्छ तर यसको वास्तविकता रोचक छ।

भारतमा आफ्नै शिष्यालाई बलात्कारको आरोप लागेपछि अमेरिका भागेका नित्यानन्दले बनाएको नक्कली देश कैलाशविरुद्ध ठगीको आरोप सहित पहिलो मुद्दा दर्ता भएको छ । अमेरिकाको न्युजर्सी सहर ठगीको पहिलो शिकार बने पछि यो प्रकरणले चर्चा पाएको हो ।

नेवार्क सहरका अधिकारीहरू सुरुमा हिन्दू राष्ट्र कैलाससँग जोडिने मौका पाएकोमा उत्साहित थिए। तर पछि थाहा भयो, जुन देशसँग आबद्ध हुन लागेको थियो त्यो देशको अस्तित्व …

0 comment
0 FacebookTwitterEmail

‘हामी पनि हिन्दु हौ भने प्रवेश गर्न दिनु पर्‍यो, छुवाछुतको कुरा हटाउनु पर्‍यो ,सविधानमा पूजा गर्ने अधिकार दिएको छ भने दिनु पर्‍यो, छैन भने छैन भन्न पर्‍यो, हाम्रो माग यति मात्र हो।’ वीरगञ्ज महानगरपालिका– १७ अलौको उमाशंकर रामको भनाइ हो यो। गाउँमै हुन लागेको महायज्ञमा आफूहरू भाग लिन नदिने भएपछ उमाशंकरले भन्नुभयो, ‘सबैले हामीलाई हिन्दु भन्ने तर सँगै पूजा गर्न नदिने, हामी कस्तो हिन्दु हो?’
सोमबारदेखि मुलुककै एतिहासिक गाँउ  अलौंमा झण्डै दुइ दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा सहभागी हुन नदिने भएपछि दलितहरू आन्दोलित छन्। उनीहरूको आन्दोलनको मुख्य माग हिन्दु धर्मका अरु जातजाति सरह आफुहरूले पूजा गर्न पाउनु पर्दछ।गाउमा हुन गइरुहेको …

0 comment
0 FacebookTwitterEmail

दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदल यात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन्।  भारतको राजधानी नयाँदिल्लीबाट करिब एक हजार किलोमिटर पैदल यात्रा गरेर लुम्बिनी आएको साे समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा स्वागत गरेको छ। कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आउनुभएको हो। कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गर्नुभयो।

कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेको थियो। पूजा तथा प्रार्थनामा नेपालका …

0 comment
0 FacebookTwitterEmail

ठाकुर पराजुलीले ‘गोरखापत्र’ र ‘हालखबर’मा गीतकविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए। २०१४ सालमा उनको पहिलो लेखरचना प्रकाशित भएको थियो। त्यसपछि उनी निबन्ध र कथा–लेखनतिर प्रवृत्त भए।

पराजुली ‘सिंहनाद’ र ‘जयतु संस्कृतम्’ पत्रिकाको सम्पादनको क्रममा गरिएका पुस्तक–पुस्तिकाहरूको. परिचय, टिप्पणी र समालोचना, छात्रावासमा बसेका बखत छात्र पुस्तकनिकेतनद्वारा आयोजित कृतिकेन्द्रित प्रतियोगितात्मक प्रवचन र एम्.ए. अध्ययनका क्रममा गरिएको साहित्यसम्बन्धी सैद्धान्तिक अध्ययनबाट समालोचनातिर आकर्षित भएका थिए।

२०२२ साल असोज ३० गतेको ‘गोरखापत्र’मा ‘आधुनिक कवितामा मूल्याङ्कनको समस्या र रससिद्धान्त’ शीर्षकको सैद्धान्तिक समालोचनाबाट पराजुलीको प्राज्ञिक स्तरको समालोचनात्मक लेखनको श्रीगणेश भएको थियो। त्यसपछि लगातार २०३० सालसम्म उनले ‘गोरखापत्र’, ‘रत्नश्री’, ‘रूपरेखा’ ‘रमझम’ ‘मधुपर्क’ र ‘हाम्रो संस्कृति’मा तीन …

0 comment
0 FacebookTwitterEmail

श्रीरामजन्मभूमि भारतको अयोध्यामा निर्माणाधिन मन्दिरमा राखिने भगवान सीतारामको मूर्ति बनाउनका लागि छनौट गरिएको शिलालाई म्याग्दीको बेनी नगरपालिकामा पुजाआजा गरेर जनकपुर पठाइएको छ। जनकपुरबाट ती शिला अयोध्या पठाइनेछ।
रामजन्मभूमिमा रहेको राम मन्दिर ट्रष्टका प्रमुख प्रकाश गुप्ताका अनुसार ती दुई शिलाबाट मन्दिरमा गर्भगृहमा राखिने राम र सीताको मूर्ति राखिने छ।
शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको छ। म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत शिला निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो। बिहीवार श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या …

0 comment
0 FacebookTwitterEmail

माघको पहिलो दिनको पहिचान नुवाकोट र धादिङतिर गोरु जुधाउने पर्वको रुपमा बुझ्न थालिएको छ। पछिल्लो केही वर्षदेखि मेला महोत्सवकै रुपमा एउटै स्थानमा गोरु ल्याएर जुधाउन थालेपछि गोरु जुधाइने मेलाको पहिचान बनेको हो।

कृषि कर्मको प्रयोग हुने गोरु हिउँदको समयमा फुर्सदिला गोरु र फुर्सदिला गोरु धनीहरुले सयौं वर्षअघि देखि नै माघेसंक्रान्तिको दिन गोरु जुधाएर मनोरन्जन लिने गर्दथे। यसै पर्वलाई नुवाकोटको तारुकामा २०६२ सालबाट व्यवस्थित रुपबाट जुधाउन थालेपछि गोरु जुधाई पनि आकर्षणयुक्त पर्व बन्ने पुगेको स्थानीय शिक्षक तथा गोरु जुधाई मेलाका पूर्वअध्यक्ष जनकराज ढुंगानाले बताउनुभयो।

माघेसंक्रान्ति एक दिनको पर्व हो। र, गोरु जुधाउने मेला पनि एक दिन नै हुने गर्दछ। तर, यो …

एक दिने संक्रान्ति, दुई दिने गोरु जुधाई
0 comment
0 FacebookTwitterEmail

गएका तीन वर्ष माघे संक्रान्तिमा सुनसान भएको देवघाटधाममा यसवर्ष माघे संक्रान्ति सुरु हुनु हप्तादिन अघिदेखि नै चलहलपहल सुरु भएको छ। नेपाल र भारतका विभिन्न स्थलदेखि दर्शनार्थीहरू माघे संक्रान्ति स्नानको लागि देवघाटधाममा आएपछि यहाँ चहलपहल सुरु भएको हो। इन्दिरा रानाभाट आफ्ना साथीहरूसहित २ दिनदेखि नै नेपालगञ्जबाट देवघाट आइसकेकी छिन्। उनी पहिलोपटक देवघाटमा स्नान गर्न आएकी हुन्।

माघे संक्रान्तिको दिन देवताहरू पनि देवघाटस्थित वेणीमा स्नान गर्न आउने भएकोले उनी पूण्य प्राप्तीको लागि देवघाट आएको बताउँछिन्।

देवघाटधाममा तीन वर्षपछि माघे संक्रान्ति मेलाको तयारी भएपछि यहाँ भीड बढ्न थालेको हो। अघिल्ला तीन वर्ष कोभिड १९ का कारण रोकिएको माघे संक्रान्ति मेलालाई यसवर्ष देवघाट क्षेत्र …

तीन वर्षपछि देवघाटमा माघे संक्रान्ति मेला
0 comment
0 FacebookTwitterEmail

नयाँ र पुराना पुस्ताका सहभागीसहित हिन्दु शिवभक्त तीर्थालुको परम्परागत यात्रुहरूको समुह निस्केको छ। भारतीय उपमहाद्वीपमा करिब ३ हजार वर्षदेखि चलिआएको संस्कृति परम्परा अनुसार पर्सा र बारा जिल्लाका विभिन्न ठाउँका शिवभक्त यात्रुहरू प्रत्येक वर्ष जाडोयाममा निस्किने गर्छ।

जीवनकै सर्वाधिक पवित्र धार्मिक हिन्दु कर्म मानिने यो एकमहिने तीर्थाटनको महत्व अहिले पनि घटेको छैन।शिवभक्तका यात्रुहरूको  समह जसलाई स्थानीय लोकबोलीमा ‘काफिला’ भनिने तथा तीर्थयात्रामा सहभागी हुने सो समुहका  तीर्थालुलाई काँवरिया वा बाबा भनिन्छ। यसमा सामेल हरेक सदस्यलाई यात्रा अवधिभर सन्तको दर्जा प्राप्त हुनेगर्छ। मानिसले सन्त दर्जाकै कारण तीर्थयात्रुलाई ढोग्ने गर्छन्। यात्राका सहभागीले एकअर्कालाई  ‘बम’ सम्बोधन गर्दछन्। हिन्दु समाजमा शिवका गणलाई बम भनेर सम्बोधन गर्ने …

0 comment
0 FacebookTwitterEmail

राई संस्कृतिसँग जोडिएको झ्याम्टे मेला आज इलामको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा लाग्दैछ। प्रत्येक बैशाख पूर्णिमा र मङ्सिरे पूर्णिमामा लाग्ने मेलामा स्थानीय क्षेत्रको सघन उपस्थिति रहने गरेको छ।

जतिबेला खलंगा पूर्णे डाँडामा बस्यो। त्यहाँ बडाहाकिम थिए। सुरक्षा दस्ता थिए। यस क्षेत्रमा राईहरूको सघन बसोबास थियो। मनोरञ्जनका लागि वडा हाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातीको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टा सहित सहभागि हुने राईहरूको नृत्य धेरैले मन पराए।  यसले झ्याम्टे मेलाको रूप लिएको स्थानीय दीपक अधिकारीको तर्क छ।

अहिले पनि प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन झ्याम्टे मेला लाग्ने गरेको छ। स्थानीय वृद्ध …

0 comment
0 FacebookTwitterEmail

कलाअध्यापनबाट अवकाश पाए पनि कलाकार गोविन्दलालसिंह डङ्गोलले कलासिर्जनामा अवकाश लिनुभएको छैन। विगत पाँच दशकभन्दा बढी समयदेखि कलाकर्ममा संलग्न रहँदै आउनुभएका डङ्गोलको आज ७६ औं जन्मदिन हो। उहाँले लामो समयसम्म नेपालको पहिलो कला क्याम्पस ललितकला क्याम्पसमा अध्यापन कार्य गर्नुभयो। साथै सोही क्याम्पसमा क्याम्पस प्रमुखको जिम्मेवारी पनि बहन गर्नुभयो। कलाप्राध्यापन, कलासिर्जनाका साथ उहाँ घरैमा कलाकक्षा पनि लिने गर्नुहुन्छ। यसैबीच उहाँले तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई चित्रकला सिकाउने कार्य पनि गर्नुभयो। उहाँका अनुसारपछि श्रुतिका छोरीहरूलाई पनि उहाँले नै चित्रकला सिकाउनुभयो।

काठमाडौंको लगनबहालस्थित ब्रह्मटोलमा उहाँको जन्म वि.सं. २००३ सालमा भएको हो। उहाँको बाल्यकाल त्यही टोलमा बित्यो। त्यो बेला उहाँका छिमेकी अग्रज कलाकार जीवरत्न शाक्य …

दर्शकसँग आध्यात्मिक संवाद गर्ने कलाकार गोविन्दलालसिंह डङ्गोल
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved