करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृति प्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए ।
“बेनी बजार नजिकैको सबैभन्दा उच्च स्थानमा प्रकृति र संस्कृतिमा रमाउन पाउनु फलामेडाँडाको विशेषता हो”, उनले भने, “बेनी, बागलुङ र कुश्माबाट बिदा मनाउन आन्तरिक पर्यटक यहाँ आउन थालेका छन् ।”
प्राकृतिक हिसाबले सौन्दर्ययुक्त फलामेडाँडा जोड्ने सडक स्तरोन्नति सुरु र सामुदायिक लज सञ्चालन भएकाले पाहुनाहरू आकर्षित भएका पुनले बताए । शनिबार …
