Home » स्वास्थ्य » Page 3
Category:

स्वास्थ्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ।

चैत १४ गते मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। स्वास्थ्य सचिव डा पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्‍याउने बताउनुभयो। उहाँले सुरुमा सो निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिनुभयो।

डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले क्यान्सर भएका …

0 comment
0 FacebookTwitterEmail

नेपाल नेत्रज्योति सङ्घले  देशैभर रहेका आफ्ना आँखा अस्पताल र  उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरूका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाको शल्यक्रिया गरेको थियो। सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले  सेवा प्राप्त गरेका थिए।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ …

0 comment
0 FacebookTwitterEmail

५२ वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो। यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो। उहाँ दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित हुनुहुन्थ्यो।

रोग र गरिबीसँग लड्दै आउनु भएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पना मात्र। सुरुमा रोगको वेवास्ता गर्नुभएकी उहाँले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा. कविता साहसँग सम्पर्क गर्नुभयो। आङ खस्ने समस्याले पीडित उहाँले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पार्नुभएको थियो।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न …

0 comment
0 FacebookTwitterEmail

हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ। वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिनुभयो।

“हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित …

0 comment
0 FacebookTwitterEmail

बेलायतकी राजकुमारी केट मिडलटनले शुक्रबार एक सार्वजनिक घोषणा गर्दै आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार गरिरहेको खुलासा गरेकी छिन्। राजकुमारीको स्वास्थ्य स्थिति र उनी कहाँ छिन् भन्नेबारे एक हप्तादेखि सार्वजनिक टिका-टिप्पणी चल्दै आइरहेको थियो।

विन्डसर राजमहलमा रेकर्ड गरिएको भिडियो सन्देश सार्वजनिक गर्दै राजकुमारीले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराएकी थिइन्। जनवरीमा पेटको शल्यक्रियाका लागि अचानक राजकुमारी अस्पताल भर्ना भएकी थिइन्। त्यसबेलादेखि नै सामाजिक सञ्जालमा अनेक अनुमान र टिकाटिप्पणी चल्दै आएको थियो।

भिडियो सन्देशमा राजकुमारी केटले शल्यक्रिया पछि थाहा भएको यस क्यान्सरको उपचारको समयमा आफू र आफ्नो गोपनीयताको सबैलाई इज्जत गरिदिन आग्रह गरिन्।

स्वेटर र जिन्स जस्ता अनौपचारिक लुगा लगाएर राजकुमारी केटले …

0 comment
0 FacebookTwitterEmail

सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा चैत ८ गते भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो।

अभियान क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने उहाँको भनाइ छ। उहाँका अनुसार गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप एक सय स्थानीय तहमा सुरु गरिएको हो। निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान …

0 comment
0 FacebookTwitterEmail

सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो।

पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ।

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल विरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा ७ चैत देखि खोप लगाउन सुरु गरिएको हो। लुम्बिनी प्रदेशको …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको  छ। कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो।

विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा चैत ६ गते कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको बताएको छ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, विष्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताउनुभयो।

अस्पतालले बिएम फाउन्डेसन …

0 comment
0 FacebookTwitterEmail

बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले २५ फागुनमा पक्राउ गरेको छ।

अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो। प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन्। उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताउनुभयो। आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ।

“म्याद गुज्रिएको भन्दा …

0 comment
0 FacebookTwitterEmail

भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ। जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ। सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ।

गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताउनुभयो।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विपद्का समयमा पोषिलो खानेकुरा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved