Home » स्वास्थ्य » Page 8
Category:

स्वास्थ्य

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ। मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले फागुन १४ गते उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो।

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौँ लगिएको छ। मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो। उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख …

0 comment
0 FacebookTwitterEmail

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो। सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो।

मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो। सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ। मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन्।

0 comment
0 FacebookTwitterEmail

बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो।

उहाँका अनुसार उनीहरूमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ। स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो। कोहलपुर नगरपालिका–१ को कृष्ण मावि कौशिल्यानगरमा दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नं १२ स्थित ज्ञानज्योति माविका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो।

रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन …

0 comment
0 FacebookTwitterEmail
यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।

पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो ।

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कूल दुई हजार एक सय २२ मामिला रेकर्ड

0 comment
0 FacebookTwitterEmail

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ ।  सेकेण्डरी बी लेभल अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिले जनाएको छ ।

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात् मङ्गलवार र बुधवार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम

0 comment
0 FacebookTwitterEmail
क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नयाँ भेटिएका ७१ हजार सात सय बिरामीमध्ये करिब ३२ हजार बिरामी उपचारको दायरामा ल्याउन नसकिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले उपचारको दायरामा आउन नसकेको बिरामीले आगामी वर्ष बजेटमा समेट्ने बताउनुभयो । “उपचारको दायरा नआएका बिरामीले परिवार र समाजमा
0 comment
0 FacebookTwitterEmail

यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी÷एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताउनुभयो। उहाँका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो। अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ। यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको …

यौन व्यवसायी मध्ये ४२% रोगी
0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शय्याको आधुनिक अस्पताल भवन बन्ने भएको छ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो।
यस क्षेत्रको एक सय १४

0 comment
0 FacebookTwitterEmail

रुपन्देही राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको छ । यो नेपालको तथ्याङ्क हो ।

नेपालमा सबै भन्दा बढी लुम्बिनी प्रदेशमा मातृ मृत्यु हुने प्रदेशमा देखिएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार प्रदेशमा १ लाख जीवित जन्ममा दुई सय सात जना आमाको ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जुन सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको ज्यान जाने अवस्था रहेको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य निर्देशनालय दाङका अनुसार– ‘नेपालकै सबैभन्दा दुर्गम मानिने सुदूरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्याङ्क लुम्बिनी प्रदेशमा रहेको

0 comment
0 FacebookTwitterEmail

बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठ स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिनुभयो।

“बाँकेमा सबै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो”, उहाँले भन्नुभयो, “खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन।”

सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकाले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।

बाँकेको जानकी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved