नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि अब संसदमा प्रमुख दलहरूका नेताको टुङ्गो लागेको छ। र सत्ता गठबन्धन बनाएर प्रधानमन्त्री दाबी गर्ने बाटो खुला भएको छ।
कांग्रेस संसदीय दलमा आज विहान सम्पन्न निर्वाचनमा महामन्त्री गगनकुमार थापाले २५ मत मात्र ल्याउनु भयो भने देउवा ६४ मत पाएर सहजै निर्वाचित हुनु भयो।
संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो संसदीय दलको नेतामा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीलाई हिजै र्निविरोध निर्वाचित गरिसकेको छ। तेस्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड) चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा पार्टी सभापति रवि लामिछाने र पाचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र्निविरोध संसदीय दलको नेता बनिसक्नु भएको छ। यसैगरी राष्ट्रिय पार्टीको हैसियत बनाएको जनमत पार्टीले पनि पार्टीका अध्यक्ष सीके राउतलाई संसदीय दलको र्निविरोध नेता बनाइसकेको छ। राष्ट्रिय दल हुन नसके पनि प्रतिनिधि सभामा संख्याका हिसाबले छैठौं दल बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई र्निविरोध संसदीय दलको नेता भएको घोषणा आइतबार नै गरिसकेको छ। यसरी प्रतिनिधि सभाका प्रमुख सात दलले नेता चयन भैसकेकोले मुलुकको कार्यकारी नेतृत्व तीनै ७ प्रमुख नेता मध्ये एक हुने निश्चित भएको छ।
भोलि प्रतिनिधि सभामा निर्वाचित भएका सबैको सपथ कार्यक्रम संसद सचिवालयले राखेको छ। प्रतिनिधि सभामा राप्रपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित सांसद पशुपति शम्शेर राणाले वयोबुद्ध सदस्यका रुपमा भोलि सबैलाई सपथ गराउने मौका पाउनु भएके छ।
राणा शासनका अन्तिम प्रधानमन्त्री श्री ३ मोहन शमशेरका नाती र पञ्चायती व्यवस्थामा १५ वर्ष भन्दा बढी राष्ट्रिय पञ्चायत सदस्य भएका राणाले संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभाका सदस्यहरूलाई सपथ गराउन पाउनु ठूलो संयोग मात्र होइन नेपाली राजनीतिको एउटा दु:खद चित्र पनि हो।
प्रतिनिधि सभामा २ वा सो भन्दा बढी सदस्य रहेका दलहरूले आफ्नो संसदीय दलको नेता निर्वाचन गरेर सचिवालयलाई जानकारी दिनु पर्दछ भने दलले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक, कार्य समितिका पदाधिकारी समेत चुन्नु पर्दछ। सचिवालयले सोही अनुसार दलसँग सम्बन्ध राख्ने गर्दछ।
संसदीय दलको नेता भनेको कुनै पनि दलको तर्फबाट सरकारमा जाने नेता अर्थात सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाउनु हो भने संसद भित्रको काम कारवाहीमा दललाई नेतृत्व दिने भूमिका पनि संसदीय दलका नेताको नै हो। संसदीय लोकतन्त्रमा दलको नेता पार्टीको प्रमुख भन्दा महत्वपूर्ण जिम्मेवारीमा रहेको मानिन्छ।
संसदीय दलको नेता छनौट धेरै जसो दलमा प्रतिष्पर्धा नै नभई सम्पन्न भयो भने नेपाली कांग्रेसमा मात्र निर्वाचन भयो। संसदीय प्रणालीमा निर्वाचन अगाडि नै दलको संम्भावित नेता को हुने भन्ने कुरा सार्वजनिक गरिन्छ तर नेपालमा नेकपा एमालेका अध्यक्ष केपी ओली बाहेक अरु नेताको नाम घोषणापत्रमा औपचारिक रुपमा समावेशी थिएन। त्यसैले संसदीय दलको निर्वाचन महत्वपूर्ण प्रक्रिया हुन पुगेको हो।
वर्तमान प्रतिनित्रि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले दलहरू बीच बहुमत जुटाउने गठबन्धनहरू बन्ने र फेरिने खेल चल्ने हुँदा संसदीय दलका नेताहरूको प्रधानमन्त्री बन्ने मौका पनि कुनै पनि बेला आउन सक्ने छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आदित्य दाहाल का अन्य पोस्टहरु:
- भारतलाई ३-१ ले हराउँदै अष्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी
- प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि तिब्र कानुन निमार्णको आवश्यक
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) लगभग असफल !
- आईपीएल: फाइनल पुगेको कोलकाता उपाधिका लागि प्रतिस्पर्धीको पर्खाइमा
- कोटेश्वर चोकको जाम हटाउन ३१ अर्ब २ करोड ऋण
- श्रीस्वस्थानी व्रतकथा मेला आजबाट सुरु
- सरोकारवालासँग छलफल नै नगरी एउटै विधेयकबाट ७९ ऐन संशोधन र दुइटा खारेज गर्न सरकारले समात्यो ‘चोर बाटो’
- पाथीभरा दर्शनलाई सजिलो बनाउने मानव ट्याक्सी : हिँड्न नसक्नेलाई सुविधा, बोक्नेलाई गजबको आम्दानी
- काठमाडौँ महानगरपालिकाः सूचना अद्यावधिक छैन
- साझा कार्यक्रममा दिगभ्रमित सरकार