रुसी निजी सैन्य समूह वागनर प्रमुख येभगिनी प्रिगोजिन बेलारुस पुगेका छन्।
उनी रुसबाट बेलारुस पुगेपछि रुसी विदेशमन्त्री सर्गेइ लभरोभले विदेशमा चलिरहेको वागनरको कार्यमा असर नपुग्ने बताएका छन्। वास्तवमा रुसलाई वागनरको सैन्य क्रियाकलापभन्दा बढी सो समूहको अफ्रिकामा फैलिएको करोडौँको साम्राज्यको चिन्ता छ।
विश्वको गरिब देश भनेर चिनिने अफ्रिकी देशमध्ये एक सेन्ट्रल अफ्रिकन रिपब्ल्किन पूर्णतया वागनरको कब्जामा छ। वागनरले यहाँस्थित ठूलो सुनखानीबाट वार्षिक ३५ अर्बभन्दा बढी रुपैयाँ कमाउँछ।
यसैगरी वागनरले दुई वर्षमा सुन उत्खनन कैयौँ गुणा बढाएको छ। राजधानी बांगुईबाट ४०० किलोमिटर टाढा पर्ने डेस्सिमा गोल्ड माइनमा दुई वर्षअघि हातले नै खनिन्थ्योे। तर अहिले वागनरले त्यहाँ ठूला उपकरणको प्रयोग गरी काम गरिरहेको छ। समूहले यहाँबाट वार्षिक ४.२ टन सुन निकाल्छ। यसको बजारमूल्य ३५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ।
सन् २०२१ मा वागनले बोइस रोग सार्लु कम्पनीको नामबाट लाइसेन्स लिएको समूहले करिब दुई लाख हेक्टर वनको एकाधिकार पाएको छ, जसमध्ये २७ एकडमा ‘टिम्बर यार्ड’ बनेको छ। टिम्बरबाट वागनको वार्षिक कमाइ करिब ७० करो रुपैयाँ हुन्छ। यहाँका काठ चीन, डेनमार्क, फ्रान्स र पाकिस्तान जान्छ।
यस्तै फ्रान्सको प्रसिद्ध बियर कम्पनी टिलोरलाई वागनर समूहका अधिकारीले चलाउँछन्। यो सस्तो बियरको टक्कर फ्रान्सको केसल बेभरेजसँग छ। २०२३ मार्चमा वागनर समूहको पोसाकमा आएका चार जनाले केसल बेभरेजको बांगुई प्लान्टमा आगो लगाइदिएका थिए।
वागनरले गर्न बाँकी केही राखेको छैन। उसले सौन्दर्य प्रतियोगिता, फिल्म र स्पोन्सर पनि गरेको छ। सामाजिक काम गर्दै आएको यो समूहले बांगुईको रुसी भवनमा रुसी भाषाका कक्षा पनि चलाउँछ। यसैगरी एमएफ र सौन्दर्य प्रतियोगिता पनि गराउँछ।
२०२१ मा ‘टुरिस्ट’ फिल्म हेर्न र्बागुई स्टेसनमा हजारौं दर्शक ओइरिएका थिए। वागनरनिकट कम्पनीले बनाएको उक्त फिल्ममा वागनरको महिमामण्डन गरिएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
