छानबिनको राडारमा नपर्ने गणतन्त्रका ‘वाम राजकुमार’हरू

कृष्ण तिमल्सिना

राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ गते चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणमा थुप्रै कम्युनिस्ट नेताको नाम जोडिएर आएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठदेखि माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, कृष्णबहादुर महरा, दिपेश पुन हुँदै यो लहरो पछिल्लोपटक एमाले नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा बादलसम्मै जोडिएको छ। जसको पछिल्तिर, अहिलेसम्म उनै चिनियाँ तस्कर दावा मात्रै देखिएका छन्।

सुरुमा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती मगरसँगै बसेर खाना खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसमेत देखियो। त्यसपछि अहिले दावा गिरोहको ‘कनेक्सन’ नेकपा ९माओवादी केन्द्र० का नेता कृष्णबहादुर महरा हुँदै एमालेका नेताहरूसम्म जोडिन पुग्यो। किनकि दावा नै अहिलेसम्म पक्राउ परेका सबैभन्दा माथिसम्म पहुँच बनाएका चिनियाँ तस्कर हुन् र उनकै माध्यमबाट बाँकी चिनियाँहरू गैरकानुनी कारोबारमा जोडिएको प्रहरीले निष्कर्ष निकालिसकेको छ। त्यसैले माओवादी निकट नेतृसँग विवाह गरेर नेपालको नागरिकता नै बनाइसकेका दावा चिनियाँ तस्करको बादशाह नै मानिएका छन्। जसको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ। प्रहरी अनुसन्धान विस्तृतमाः उक्त गिरोहको कुन तहसम्म पुगेर रोकिन्छ, केही दिन कुर्नैपर्छ।

चिनियाँ गिरोहको जालोमा कम्युनिस्ट नेताहरू

चिनियाँ नागरिक दाओजिन वाङले गैरकानुनी रुपमा ल्याएको ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा प्रयोग भएको विषयमा नेपाल प्रहरीले विस्तृत अनुसन्धान प्रतिवेदन नै बुझाइसकेको छ। तर राजनीतिक पहुँच र प्रभावको आडमा उनीहरूविरुद्ध अहिलेसम्म कुनै कारबाही प्रक्रिया चलेको छैन। यथेष्ट प्रमाण भएर पनि प्रहरी गृहमन्त्रीको निर्देशन पर्खेर बसेको छ। यो तस्करी प्रकरणको गहिराइ खोज्दा सत्ता गठबन्धन नै तलमाथि पर्न सक्ने देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौन बसेका छन्।

यस्तै तस्करी शृंखलाको अर्को अध्याय बनेको ६१ किलो सुन तस्करी प्रकरणमा पनि थुप्रै माओवादी नेताहरू जोडिएको विश्लेषण गरिएको छ। माओवादी जस्तै एमालेका जिम्मेवार नेताका छोराहरू समेत यो प्रकरणमा तानिन थालेका छन्। माथिल्लो तहका नेताहरू अनुसन्धानमा नतानिएकामा विभिन्न शंका–उपशंका भइरहँदा पक्राउ परेका चिनियाँ तस्कर होटल भियनाका सञ्चालक दावा, ठमेलस्थित केटिबी काराओके रेस्टुरेन्टका टियान मी, वीन तोङ, डिंग सेग्फा र ली नेङकाईसमेतको बयानका आधारमा सिआइबीको अनुसन्धानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र एमालेकै अर्का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको नाम जोडिएको छ। प्रतीक थापा भुटानी शरणार्थी काण्डमा पनि मुछिएपछि केही महिनायता फरार छन्।

मुलुकमा सक्रिय अथवा संवैधानिक राजा रहेका बेला, राजाको छोरालाई युवराज भनिन्थ्यो। युवराज अथवा राज परिवारका सदस्यको क्रियाकलाप संविधान र कानुनभन्दा माथि राखिन्थ्यो। जसका लागि पारष शाहका केही तत्कालीन गतिविधिलाई उदाहरण मान्न सकिन्छ। तर मुलुकमा गणतन्त्र आइसकेपछि अहिले सार्वजनिक भएका धेरै आर्थिक अपचलन, गैरकानुनी धन्दा, तस्करी तथा अकुत सम्पत्ति आर्जनको धन्दामा त्यही राजा तथा राजकुमारको निन्दा गर्ने माओवादी नेताका युवराज–युवराज्ञीहरू निरन्तर जोडिइरहेका छन्।

अर्का ‘वाम राजकुमार’ ईश्वर पोख्रेलका छोरा स्वराज पोखरेल चीनबाट मेडिकलजन्य वस्तु तथा सेवा आयातको काम गर्ने क्याक्सिम इनकर्पोरेसनमा आबद्ध व्यापारी हुन्। कोरोना महामारीको समयमा बावुको पद तथा तत्कालीन सरकारको राजनीतिक पहुँच दुरुपयोग गर्दै यो समूहले सरकारी अस्पतालहरूमा करोडौंको स्वास्थ्य उपकरण आयातको जिम्मा पाएको थियो। अहिले यो समूहका सदस्यहरूसमेत सुन तस्करी काण्डमा जोडिएको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। तैपनि एमाले नेता पोखरेलले आफू र आफ्नो छोराको नाम सुन तस्करी प्रकरणमा मुछेको भन्दै आपत्ति जनाइसकेका छन्। सुन तस्करी काण्डमा उच्च राजनीतिक नेतृत्वको नाम जोडिएसँगै यसले नयाँ तरंग पैदा गरेपछि पोखरेलले वक्तव्य नै जारी गरी यस प्रकरणमा जोडिएका दावा छिरिङसँग आफ्नो परिवारको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। एमाले उपाध्यक्ष बादलले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।

यसरी सरकारकै नेतृत्वको गरिरहेको माओवादीका केही प्रभावशाली नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूकै नाम सतहमा आएपछि कतै यो सिआइबीको अनुसन्धान ललिता निवास र भुटानी शरणार्थी प्रकरणजस्तै प्रभावित हुने त होइन भन्ने प्रश्न जनस्तरमा उठ्न थालेको छ। नभन्दै, गृहमन्त्री नारायणकाजी श्रेष्ठले जारी सबै अनुसन्धान प्रभावित पार्ने नियतका साथ उपत्यका प्रहरी प्रमुखसहित पाँच अतिरिक्त महानिरीक्षक ९एआइजी० को अकस्मात् सरुवा गराएका छन्।

सरुवा तथा पदस्थापना भएर गएको युनिटमा ५ महिना पनि काम गर्न नपाउँदै सत्तारूढ गठबन्धनको दबाबमा कार्यविधि नपुग्दै एआइजीलाई अन्यत्र पठाइएको छ।

वाम राजकुमारहरूको बदमासी

मुलुकमा सक्रिय अथवा संवैधानिक राजा रहेका बेला, राजाको छोरालाई युवराज भनिन्थ्यो। युवराज अथवा राज परिवारका सदस्यको क्रियाकलाप संविधान र कानुनभन्दा माथि राखिन्थ्यो। जसका लागि पारष शाहका केही तत्कालीन गतिविधिलाई उदाहरण मान्न सकिन्छ। तर मुलुकमा गणतन्त्र आइसकेपछि अहिले सार्वजनिक भएका धेरै आर्थिक अपचलन, गैरकानुनी धन्दा, तस्करी तथा अकुत सम्पत्ति आर्जनको धन्दामा त्यही राजा तथा राजकुमारको निन्दा गर्ने माओवादी नेताका युवराज–युवराज्ञीहरू निरन्तर जोडिइरहेका छन्।

पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दिपेश पुन यस्तै ‘वाम राजकुमार’ हुन्। जो यसअघि नक्कली भुटानी शरणार्थी (मानव तस्करी) प्रकरणमा संलग्न रहेको समाचार आएको थियो। ‘वाम राजकुमार’ पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७५ लाख रुपैयाँ घुस लिएको घटना तथा ललितपुरको टीकाभैरव, लेलेमा वनजंगल र खोला दोहन गरी ढुंगा र बालुवाका क्रसर सञ्चालन गर्दै आएका बिषयमा पनि विवादमा पनि मुछिएका माओवादीका युवा नेता हुन्। तर उनी प्रहरी प्रशासनको छानबिनको राडारमा कहिल्यै परेका छैनन्।

अहिले प्रहरी हिरासतमा रहेका दावा छिरिङले दिएको बयान अनुसार सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ निकै डरलाग्दो छ। किनकि चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने चिनियाँ ‘एजेन्ट’ दावा नेकपा (माओवादी केन्द्र) का धेरैजसा नेताका प्रिय पात्र मानिन्थे। जो अहिले प्रचण्डदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्मको चुनौती बनेर उभिएका छन्। दावाले दिएको बयानअनुसार अनुसन्धान गर्दै जाने हो भने प्रचण्ड नेतृत्वको पार्टी नै रित्तो हुने अवस्था छ।

पूर्वमाओवादीकै नेता टोपबहादुर रायमाझीसहित छोरा सन्दीप रायमाझी भुटानी शरणार्थी काण्डमा थुनामै रहेको अवस्थामा सत्ता र शक्तिको आडमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्वगृहमन्त्री रामबहादुर थापा  (बादल) ले आफ्ना छोराहरूलाई जोगाए। अनुसन्धानको सुई सोझिएपछि दिपेश पुन र प्रतीक थापा दुवै ‘वाम राजकुमार’ सार्वजनिक रुपमा देखा परेका छ्रैनन्।

गणतान्त्रिक नेपालका ‘वाम राजकुमार’ प्रतीक थापाको धन्दा त निकै डरलाग्दो छ। भुटानी शरणार्थी काण्डमा फरार सूचीमा रहेका बादलका छोरा प्रतीक प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार छन् र अहिले उनको नाम चीनतर्फबाट भइरहेको सुन तस्करी काण्डमा पनि जोडिएको छ।

केही वर्षअघि रोशनी शाही काण्डमा जेलसमेत बसेका पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अर्का यस्तै गणतान्त्रिक राजा हुन्, जसका छोरा राहुल महरा ‘वाम राजकुमार’ का रुपमा अहिले चर्चामा छन्। विद्युतीय चुरोटका नाममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जफत गरिएको सुनको बाक्सा छुटाउन ३ सय पटकभन्दा बढी टेलिफोनमार्फत दबाब दिएर पनि अहिले पहुँचकै भरमा अनुसन्धानमा नतानिएका ‘वाम राजकुमार’ महराजद्वयले चिनियाँ नागरिक ली हानसोङले भेप भनी तस्करी गरी ल्याएको सुन छुटाउन सयौंपटक ताकेता गरेको पुष्टि भइसकेको छ। तर सत्तारुढ दलका नेता महरा, फलफूलको बाक्सा छुटाउन मात्रै दबाब दिएको जवाफ दिएर निर्वाध आफ्ना कर्तुतहरू व्यवस्थापन गरिरहेका छन्। प्रमाणहरू नष्ट गरिरहेका छन्।

बिरामी शरीर बोकेर अहिले पनि माओवादी केन्द्रको राजनीतिमा अध्यक्ष प्रचण्ड निकट बनिरहेका नेता पुनकै प्रभावमा सेनाको स्वामित्वको भवन श्रीजयन्ती समूहले पाएको हो। ऐतिहासिक त्रिचन्द्र मिलिटरी हस्पिटल मासेर नक्सासमेत पास नगरी हतार–हतार बनाइएको सेनाको बिजनेस कम्प्लेक्सभित्रको कारोबार अर्को अपचलन शृंखलाको खुलासा हुन सक्छ। जुन अहिले छानबिनकै चरणमा छ।

त्यसो त ‘वाम राजकुमार’ महराले २०६७ भदौ १८ गते तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमेतलाई बुझाउनुपर्छ भन्दै परिचय नखुलेका एक चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको ‘अडियो टेप’ सार्वजनिक भयो। महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन ५० जना सांसद आवश्यक भएको र त्यसका लागि ५० करोड आवश्यक पर्ने भन्दै सहयोग मागेका थिए।
चीनको छेन्दु वा सिंगापुर असुरक्षित हुने भन्दै महराले त्यसबेला उक्त रकम लिन हङकङ आउने बताएका थिए। तर सांसद खरिद–बिक्री गर्न महराले चिनियाँसँग ५० करोड मागेको ‘टेप–काण्ड’ पनि उसै झिसमिस भयो। प्रचण्डका प्रिय भएकै कारण उनी कारबाहीमा परेनन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पहुँचको दुरुपयोग गर्ने अर्का ‘वाम राजकुमार’ सन्दीप रायमाझी भने अहिले थुनामा छन्। उनका बाबु पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी १० वर्ष सशस्त्र युद्धको समयमा सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरेका कम्युनिस्ट नेता हुन्। युद्धकालमा माओवादीका प्रमुख नेतामध्येका एक रायमाझी पछिल्लोे समय अर्घाखाँचीबाट चुनाव जितेका एमालेका नेता हुन्।

रोल्पा नगरपालिका ७ माडीचौरमा जन्मेका ५२ वर्षीय वर्षमान पुनका छोरा भने अहिलेसम्म गुमनामै छन्। तर पुनले आफ्नै भाइ खगेन्द्र पुन मगरलाई यस्तै–यस्तै कारोबारमा सक्रिय बनाएका छन्। महांकालस्थित ऐतिहासिक त्रिचन्द्र सैनिक अस्पताललाई मासेर नेपाली सेनाले बनाएको व्यापारिक भवन उच्च राजनीतिक पहुँचकै आधारमा भाडामा लिएर व्यापार व्यवसाय चलाइरहेका खगेन्द्र पुन मगर पनि यही तस्करीको जालोमा संलग्न रहेको आशंकामा निगरानीमा परेका छन्। पुनको श्रीजयन्ती निर्माण सेवा नामक कम्पनी छ र वर्षमान पुनकै पहुँचको आडमा उनले सेनाको उक्त भवन १५ वर्षका लागि भाडामा लिएका छन्। कुल तीन लाख ३० हजार वर्गफिट मध्य श्रीजयन्ती समूहले ८५ हजार वर्गफिट क्षेत्रफल वार्षिक ५० करोड अर्थात् मासिक ४ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँमा लिएको हो। जुन भवनमा दर्जनौं नेपाली तथा चिनियाँ मूलका व्यापारीको कार्यालय छ। प्रहरीका अनुसार, यो भवनमा अधिकांश चिनियाँ व्यापारीको बाक्लो आवतजावत चल्छ।

बिरामी शरीर बोकेर अहिले पनि माओवादी केन्द्रको राजनीतिमा अध्यक्ष प्रचण्ड निकट बनिरहेका नेता पुनकै प्रभावमा सेनाको स्वामित्वको भवन श्रीजयन्ती समूहले पाएको हो। ऐतिहासिक त्रिचन्द्र मिलिटरी हस्पिटल मासेर नक्सासमेत पास नगरी हतार–हतार बनाइएको सेनाको बिजनेस कम्प्लेक्सभित्रको कारोबार अर्को अपचलन शृंखलाको खुलासा हुन सक्छ। जुन अहिले छानबिनकै चरणमा छ।

यसबाहेक तत्कालीन नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालका छोरा निर्र्भीक खनाल र उपाध्यक्ष वामदेव गौतमका छोरा हरिश गौतम पनि यसैगरी पद तथा शक्तिको दुरुपयोग गरी विभिन्न आर्थिक लाभका गतिविधिमा मुछिएका अनुहार हुन्। नर्थ वेस्ट निफ्राका साझेदार खनालका छोरा निर्भीकले यही बीचमा चिनियाँ लगानीका आयोजना हत्याउन ठूलै राजनीतिक चलखेल गरेका हुन्। गौतमका छोरा हरिश देव पनि चिनियाँ वस्तु तथा सेवाको व्यापारमा संलग्न व्यवसायी हुन्। जसको नाम पटकपटक तस्करीजन्य घटनामा अनुसन्धानका क्रममा उजागर पनि भएको छ।

कम्युनिस्ट नेताहरूले यो वंशवादको विकृति राजनीतिभित्र जति संस्थागत गरेका छन्, त्यो भन्दा कैयौं गुना बढी व्यापार व्यवसायमा रोपेका छन्। जसको फल विस्तारै देखिन थालेको छ। तथापि आफ्नो पद तथा शक्तिको दुरुपयोग गर्दै वंशवादलाई बदनाम पार्नेको सूचीमा कम्युनिस्ट नेता मात्रै सीमित छैनन्। अहिले व्यापार व्यवसाय अथवा ठेक्कापट्टामा वर्तमान राष्ट्रपतिका छोरा चिन्तन पौडेल अथवा कांग्रेस सभापति शेरवहादुर देउवाका छोरा जयवीर सिंह देउवाजस्ता थुप्रै गणतान्त्रिक युवराजको रजगज छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
छानबिनको राडारमा नपर्ने गणतन्त्रका ‘वाम राजकुमार’हरू
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link