बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। प्रतिष्ठानबाट अस्पताललाई अलग गर्ने निर्णय गरेपछि प्रा. डा. जोशीलाई निलम्बन गरेको हो।
२०७७ श्रावण १४ गते डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्त गरेका जोशीलाई राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मङ्गलबार निलम्बनको पत्र पठाएको हो।
४ वर्षका लागि नियुक्त भएका जोशीलाई पटक पटक राजिनामा दिन दबाब दिएपनि उहाँले राजिनामा दिनुभएको थिएन। मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्री परिषद्का सचिव यमलाल भूसालद्वारा हस्ताक्षरित पत्र पठाउदै उपकुलपति जोशीलाई ३ सदस्य छानविन समिति गठन गरि छानविनको रिपोर्ट नबुझाएसम्म लागि निलम्बन गरिएको जनाइएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई समेटेर व्यवस्थित गर्ने गरि मेडिकल कलेज समेत स्थापनाको अवधारणामा ०७८ असोज २ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सरकारले स्थापना गरेको थियो। उपकुलपति जोशीले आफू कामको सिलसिलामा काठमाडौँ गएको र भर्खर आएकोले पत्र बुझ्न बाँकी रहेको बताउनु भयो।
गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट राजिनामा दिन आदेश दिएको उहाँको भनाई छ। प्रा. डा. जोशीले भन्नुभयो, ‘एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ। एक्कासि निलम्बनको कुरा सुनेँ। निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु।’ उहाँलाई प्रदेश सरकारले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै प्रतिष्ठानको ऐन २०७६ को दफा २४ को उपदफा (१) प्रतिष्ठानका कुलपति मुख्यमन्त्री समक्ष सभामा कायम रहेका एक चौथाई सदस्यले निवेदन दिएकोले मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कानुन सचिव बिनोद कुमार भट्टराईको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक सदस्यहरू रहेको समिति समेत गठन गरेको हो।
प्रदेश सरकारले सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा , युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईं , जिल्ला अस्पतालका अध्यक्ष तथा आयुर्वेद अस्पतालका अध्यक्षहरूलाई समेत हटाएको थियो तर उनीहरु सबै अदालतको आदेशमा पुन जिम्मेवारीमा फर्किसकेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
- बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या
- ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका
- मकवानपुर १(क): पूर्व सांसद र पूर्व गाविस अध्यक्ष बीचको रोचक भिडन्त
- कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
- मकवानपुर २: गुरुचेलाको भिडन्त
- सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना र दिपकसँग भिडदै
- हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै
- हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
- जब अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्
- हाम्रा गाउँ मर्दै गएका हुन्?