च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल म्याड्रिड भिड्ने

यो सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलमा अविश्वसनीय खेल प्रदर्शन गरिरहेको स्पेनिस क्लब रियल म्याड्रिडका लागि वुधवारको रात पनि विशेष रह्यो।जारी सिजनमा अर्को एउटा सनसनीपूर्ण जीत रच्ने क्रममा म्यानचेस्टर सिटीलाई स्तव्ध पार्दै रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको अन्तिम १६ र अन्तिम ८ का खेलहरूमा पछाडि परेको स्थितिलाई उल्टाउँदै खेल जितेको रियल म्याड्रिडले सेमिफाइनलमा समेत त्यही अनुरूपको प्रदर्शनलाई निरन्तरता दिन सफल भयो।प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा फ्रान्सेली क्लब पीएसजीविरुद्ध र क्वार्टरफाइनलमा चेल्सीविरुद्ध ‘कमब्याक’जीत निकाल्न सफल रियलले म्यानचेस्टर सिटीविरुद्धको सेमिफाइनलमा पनि नाटकीय जीत हात पारेको हो।

सिटीविरुद्ध सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलअन्तरले पछाडि रहेको रियल दोस्रो लेगको खेलको ८९औं मिनेटसम्म पनि ५–३ ले पछाडि थियो।रियल म्याड्रिडका ब्राजिलियन विङ्गर रोड्रिगोले ९०औं र ९२ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो।अतिरिक्त समयको पाँचौं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गरेको गोल रियलको जीतमा निर्णायक साबित भयो।


पहिलो लेगको खेल २–० ले जितेको लिभरपुल समग्रमा ५–२ को आरामदायी जीतसँगै फाइनलमा पुगेको हो।२०१८ को च्याम्पियन्स लिग फाइनलमा रियलविरुद्ध भोगेको पराजयको बदला लिने राम्रो अवसर यसपटक लिभरपुरलाई मिलेको छ ।


जारी सिजनमा रियलका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रान्सेली स्ट्राइकर बेन्जेमाले च्याम्पियन्स लिगमा मात्र १५ गोल गरिसकेका छन्।स्पेनिस ला लिगामा समेत उनी २६ गोल गर्दै शीर्ष गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।

रोड्रिगोका लागि पनि हिजो रातिको खेल विशेष रह्यो।च्याम्पियन्स लिगको नकआउट चरणका खेलमा अहिलेसम्म कसैले पनि ९० मिनेटपछि थप गरिएको समयमा दुई गोल गर्न सकेका थिएनन्।सिटीविरुद्धको खेलमा उनी त्यो अभूतपूर्व किर्तिमान आफ्नो नाममा गराउन सफल भए।सिटी विरुद्ध उनले गरेको दोस्रो गोलले च्याम्पियन्स लिगको इतिहासमा ब्राजिलियन खेलाडीले गरेको एक हजारौं गोलको कोसेढुंगा समेत निर्माण गरेको छ ।

रियल र सिटीबीचको यो खेल दुबै टोलीका प्रशिक्षकहरूका लागि समेत अग्निपरीक्षा नै थियो जसमा बाजी मार्न सफल रहे रियलका प्रशिक्षक कार्लो एन्सोलोटी।सिटीविरुद्धको जितपछि रियलका प्रशिक्षक एन्सोलोटी पाँच पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने पहिलो प्रशिक्षक बनेका छन्।उनले २००३ मा युभेन्टसलाई हराउँदै पहिलोपटक इटालीको एसी मिलानलाई यो उपाधि दिलाएका थिए।२००५ मा उनको टोली फाइनलमा लिभरपुलसँग पराजित भएको थियो भने त्यसको दुई वर्षपछि लिभरपुललाई नै हराएर मिलानले उपाधि उचालेको थियो।

२०१४ मा चौथोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्दा उनी रियल म्याड्रिडकै प्रशिक्षक थिए जहाँ उनको टोलीले छिमेकी क्लब एथ्लेटिको म्याड्रिडलाई ४–१ ले हराएको थियो।रियलमा आफ्नो दोस्रो कार्यकाल बिताइरहेका एन्सेलोटीले यदि यसपटक फाइनलमा लिभरपुललाई पराजित गरे भने च्याम्पियन्स लिगको उपाधि चारपटक जित्ने प्रशिक्षकको किर्तिमान आफ्नो नाममा पार्न सक्नेछन्।

रियल म्याड्रिड विरुद्धको यो हार म्यानचेस्टर सिटी र उसका स्पेनी प्रशिक्षक पेप ग्वार्डिओलाका लागि भने पीडादायक सावित भयो।सन् २०१२ मा स्पेनिस क्लब बार्सिलोना छाडेर जर्मनीको बार्यन म्युनिक हुँदै २०१६ मा इंग्ल्याण्ड आइपुगेका ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउने सपना यस वर्ष पनि अधुरो नै रहन पुग्यो।

२००८ मा संयुक्त अरब इमिरेट्सका शेख मन्सुरले क्लबको स्वामित्व ग्रहण गरेपछि उनको समूहले क्लबमा अरबौं डलर लगानी गरिसकेको छ तर च्याम्पियन्स लिगको उपाधि जित्न भने असफल रहँदै आएको छ।क्लबलाई युरोपको सबैभन्दा प्रतिष्ठित उपाधि दिलाउने लक्ष्यसहित सिटीले २०१६ मा ग्वार्डिओलालाई क्लबको व्यवस्थापन सुम्पिएको थियो।

पछिल्ला पाँच सिजनमा सिटीलाई तीन प्रिमियर लिगको उपाधि दिलाए पनि च्याम्पियन्स लिगमा उनको असफलताले क्लबमा उनको भविष्य पनि शंकाको घेरामा पुगेको छ।पछिल्लो सिजनको सेमिफाइनलमा रियललाई नै हराएर फाइनलमा पुग्न सफल म्यानचेस्टर सिटी निर्णायक खेलमा चेल्सीसँग पराजित भएको थियो।

यसै महिनाको २८ तारिखमा पेरिसमा हुने च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडले लिभरपुलको सामना गर्नेछ।रियलले मंगलवार राति सम्पन्न पहिलो सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियलको चुनौती ३–२ ले पन्छाउँदै फाइनलमा स्थान पक्का गरेको थियो।पहिलो लेगको खेल २–० ले जितेको लिभरपुल समग्रमा ५–२ को आरामदायी जीतसँगै फाइनलमा पुगेको हो।२०१८ को च्याम्पियन्स लिग फाइनलमा रियलविरुद्ध भोगेको पराजयको बदला लिने राम्रो अवसर यसपटक लिभरपुरलाई मिलेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल म्याड्रिड भिड्ने
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link