थपिएको १ वर्षसहित ३ वर्षमा ६५ प्रतिशत मात्र प्रगति
महाविद्यालयमा भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधा सम्पन्न भवनहरू, खेलमैदान, कक्षा कोठाहरू, प्रयोगात्मक कक्षा वर्क्स प्लेस, छात्राबास तथा आवासका लागि आवश्यक भवनहरू निर्माण हुनेछन्।
हेटौंडामा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण हुने चर्चा २०५४ सालदेखि नै सुरु भएको थियो । त्यो समयमा प्रविधिक विषयको अध्ययन अध्यापनको विषय चुनौतीपूर्ण मानिन्थे। संभवत: सैद्धान्तिक विषयहरू नै त्यो समयमा रुचिकर थिए। प्राविधिक विषय भर्खरै मात्र सुरू हुँदै थियो।
भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशक भन्दाबढी अवधि सम्म निर्माण कार्य सुरु हुन सकेको थिएन । पछि थपिएको १ वर्षसहित करिब ३ वर्षको अवधिमा पनि ३५ प्रतिशत काम बाँकी नै रहेको छ ।
वि.सं. २०५४ सालमा हेटौडा नगरपालिकाका तत्कालीन नगरप्रमुख डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको थियो । २२ वर्षपछि बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नै महाविद्यालयको शिलान्यास पनि गर्नुभयो ।
महाविद्यालय निर्माणको प्रयास गर्न थालेको १२ वर्ष पछि २०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच भारतको पूर्ण लगानीमा हेटौडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भए पनि काम बढ्न सकेको थिएन । सम्झौता भएको १२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको २०७६ साल कात्तिक १९ गते शिलान्यास भएर अहिले काम धमाधम अगाडि बढेको छ ।
महाविद्यालयमा भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधा सम्पन्न भवनहरू, खेलमैदान, कक्षा कोठाहरू, प्रयोगात्मक कक्षा वर्क्स प्लेस, छात्राबास तथा आवासका लागि आवश्यक भवनहरू निर्माण हुनेछन्। सरकारले प्राविधिक महाविद्यालय स्थापनाको लागि २६ बिगाह जग्गा उपलब्ध गराएको सिटिइभिटीका बागमती प्रदेश प्रमुख टैलेन्द्र आचार्यले जानकारी दिनुभयो । निर्माणका लागि स्थान उपलब्ध गराइदिएपछि राजदूताबासले भवन निर्माणको लागि टेण्डर प्रक्रिया सम्पन्न गरिसकेको छ।
सिलान्यास भएको २४ महिनाभित्र सबै संरचनाहरू निर्माण गरी सङक्ने गरी ठेकेदारसँग सम्झौता भएको बताइए पनि हाल निर्माण नसकेर पुन: १ वर्षको म्याद थप भएर त्यो समय पनि सकिन लागेको नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयका प्रधानाध्यापक रामनाराण चौधरीले जानकारी दिनुभयो । भवनहरू निर्माण भइसकेपछि सिटिइभिटीलाई हस्तान्तरण हुने र त्यसपछि निरन्तर प्राविधिक कक्षाहरू सञ्चालन हुने सिटिइभिटीका प्रदेश प्रमुख आचार्यले जानकारी दिनुभयो । हाल डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ कक्षा भने सञ्चालन भइरहेको प्रधानाध्याक चौधरीले जानकारी दिनुभयो । यसैगरी भवन निर्माण पश्चात् डिप्लोमा इन इलेक्ट्रिकल, डिप्लोमा इन अटोमोवाइल्स, डिप्लोमा इन मेकाटोनिक्स विषयको पढाइ सुरु गरिने भएको छ।
योजना सम्पन्न गर्नुपर्ने समय साउन १५ गते सम्म थप गरिएको भए पनि त्यो समयमा सम्पन्न हुने सम्भावना कम रहेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । यसअघि कोरोना महामारीका कारणले पनि समयमा काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ ।
भवन निर्माणाधीन भएकाले स्थानीय बालजागृति युवा वर्ष माविको भवन लिएर अहिले मेकानिकल विषयको ओभरसियर अध्यापन थालिएको चौधरीले जानकारी दिनुभयो । महाविद्यालयमा एक शैक्षिक कक्षा सञ्चालन हुँदा विभिन्न विषयहरूका गरी २ हजार जना दक्ष प्राविधिक विद्यार्थीहरू निस्कने महाविद्यालयले जनाएको छ ।
हेटौंडा ६ स्थित चित्रेपानी सामुदायिक वनको साढे २६ बिगाहा १० कठ्ठा जमीनमा महाविद्यालय निर्माण गर्न लागिएको हो । महाविद्यालय निर्माणको लागि भारतीय टीसीआईएन र नेपालको आरोग्य कन्स्ट्रक्सनले संयुक्त रूपमा ठेक्का पाएका छन् ।
हाल महाविद्यालयको ६० देखि ६५ प्रतिशतसम्म मात्र सकिएको प्रधानाध्यापक चौधरीले बताउनुभयो । योजना सम्पन्न गर्नुपर्ने समय साउन १५ गते सम्म थप गरिएको भए पनि त्यो समयमा सम्पन्न हुने सम्भावना कम रहेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । यसअघि कोरोना महामारीका कारणले पनि समयमा काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ । काम नसकिएकाले म्याद थपको प्रक्रिया निर्माण कम्पनीले अगाडि बढाएको कार्यालयले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
- बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या
- ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका
- मकवानपुर १(क): पूर्व सांसद र पूर्व गाविस अध्यक्ष बीचको रोचक भिडन्त
- कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
- मकवानपुर २: गुरुचेलाको भिडन्त
- सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना र दिपकसँग भिडदै
- हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै
- हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
- जब अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्
- हाम्रा गाउँ मर्दै गएका हुन्?