तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ मा ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेको विवरण सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा तनहुँका दश स्थानीय तहको बेरुजु रकम ३२ करोड ४० लाख ९४ हजार रुपैयाँ देखाइएको छ ।
दशवटै स्थानीय तहको गरी १२ अर्ब ७६ करोड २२ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गरिएको महालेखापरीक्षक वार्षिक प्रतिवेदनामा उल्लेख गरिएको छ। जिल्लाका स्थानीय तहको गत आर्थिक वर्ष भन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका स्थानीय तहको बेरुजु रु ३४ करोड ४९ लाख एक हजार रहेको थियो । उक्त आर्थिक वर्षमा रु १२ अर्ब ३० करोड ३३ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकामा रु २ अर्ब ३५ करोड ६ लाख ५५ हजारको लेखापरीक्षण गर्दा ११ करोड ७२ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आँबुखैरेनी गाउँपालिकामा रु ९६ करोड ७७ लाख ६७ हजारको लेखापरीक्षण गर्दा रु २ करोड तीन लाख ५४ हजार बेरुजु देखिएको छ ।
बन्दिपुर गाउँपालिकामा रु ६५ करोड ३४ लाख ३५ हजारको लेखापरीक्षण गर्दा रु १ करोड ७५ लाख ४४ हजार बेरुजु देखिएको छ। भानु नगरपालिकामा रु १ अर्ब ६५ करोड ७८ हजारको लेखापरीक्षण गर्दा रु ४ करोड ४१ लाख ८७ हजार बेरुजु देखिएको छ ।
यस्तै शुक्लागण्डकी नगरपालिकामा रु २ अर्ब ९ करोड ८९ लाख ५९ हजारको लेखापरीक्षण गर्दा रु ५ करोड ९६ लाख ९३ हजार बेरुजु देखिएको छ । ऋषिङ गाउँपालिकामा रु १ अर्ब १५ करोड ७९ लाख ९४ हजारको लेखापरीक्षण गर्दा रु २ करोड ५६ लाख ७३ हजार बेरुजु देखिएको छ ।
घिरिङ गाउँपालिकामा रु ६९ करोड १९ लाख ३१ हजारको लेखापरीक्षण गर्दा रु १ करोड ८ लाख ५६ हजार बेरुजु देखिएको छ । देवघाट गाउँपालिकामा रु ८६ करोड ९८ लाख ८० हजारको लेखापरीक्षण गर्दा रु १ करोड ७६ लाख ६७ हजार बेरुजु देखिएको छ ।
म्याग्दे गाउँपालिकामा रु १ अर्ब ९ करोड ९७ लाख ८१ हजारको लेखापरीक्षण गर्दा रु ४५ लाख ५८ हजार बेरुजु देखिएको छ । भिमाद नगरपालिकामा रु १ अर्ब २२ करोड १७ लाख ७० हजारको लेखापरीक्षण गर्दा रु ६३ लाख १५ हजार बेरुजु देखिएको छ ।
यस्तै, व्यास नगरपालिकाले उक्त आर्थिक वर्षमा रु १ अर्ब १६ करोड ६२ लाख ६ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ४७ करोड ४९ लाख ४१ हजार, बन्दिपुर गाउँपालिकाले रु ३२ करोड ७१ लाख ७५ हजार, भानु नगरपालिकाले रु ७६ करोड ६९ लाख ३५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
शुक्लागण्डकी नगरपालिकाले रु १ अर्ब १५ करोड ६९ लाख ९५ हजार, ऋषिङ गाउँपालिकाले रु ६९ करोड ९७ लाख ३२ हजार, घिरिङ गाउँपालिकाले रु ३४ करोड १५ हजार, देवघाट गाउँपालिकाले रु ४२ करोड ९० लाख ४५ हजार, म्याग्दे गाउँपालिकाले रु ५४ कराड ४२ लाख १२ हजार र भिमाद नगरपालिकाले रु ५९ करोड ८० लाख ७० हजार खर्च गरेको छ ।
स्रोतको आकलन, राजस्व संकलन, विकास निर्माण एवं सेवा प्रवाहमा स्थानीय तहले सम्पादन गरेका काम कारबाहीको विश्लेषण गर्दा कानून निर्माण र सोको परिपालना, जिम्मेवारी र जवाफदेहिता वहन, सार्वजनिक सम्पत्ति र स्रोतको उपयोग, सार्वजनिक निर्माण, सेवा प्रवाह र प्रतिवेदन प्रणालीमा सुधार गरी वित्तीय अनुशासन पालना गराउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।
स्थानीय तहमा आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयस्रोतको पर्याप्त आधारबेगर राजस्व छुट दिएको, राजस्व बक्यौता असूली लक्ष्यअनुसार नभएको, बजेट अनुशासनको पालना नभएको, बजेट अबण्डा राखेको, अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक आयव्ययको कार्य प्रचलित कानुनीविधि प्रक्रिया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहिनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रित नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलम भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
- भानुजयन्तीको कर्मकाण्ड, हाम्रा भाषालाई तर्पण
- पहिरो गएपछि सम्झने बुद्धसिंह मार्ग !
- वैदेशिक रोजगारीमा भौँतारिएका युवा अहिले आफैँ रोजगारदाता
- ‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, मनबाट डर हटेन’
- सेती किनारमा मजदुरको पीडा : न कसैले देख्छ, न कसैले सुन्छ !
- विदेशबाट फर्किएकाहरूको स्वदेशमा पौरख
- तनहुँ हाइड्रोबाट आतङ्कित स्थानीय
- बिजुलीका खम्बाले रोक्यो पृथ्वीराजमार्ग विस्तार
- कसले दिने हो र चेपाङलाई मातृत्व तथा प्रजनन् स्वास्थ्यको ज्ञान?
- रामकुमारी र श्रीधरालाई सम्मान दिने अटोरिक्सा