पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको आन्दोलन स्थगित, तीन बुँदे सहमति

प्रकाश दाहाल

आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासङ्घले आन्दोलन स्थगित गरेको छ। आज २९ भदौमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम लिमिटेड तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी बिच ३ बुँदे सहमति भएकाले आन्दोलन स्थगित भएको हो।
निगमका निर्देशक वीरेन्द्र गोईत र महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन तत्कालका स्थगित गरिएको हो। विज्ञप्तिमा भनिएको छ “सहमति भएकाले आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारू गर्ने निर्णय भएको जानकारी गराइन्छ।”
छलफलमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरूपको भाडा वृद्धि सम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति गरिएको छ। त्यस्तै नेपाल पेट्रोलियम ट्याङ्कर  चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घका प्रतिनिधि सहित सम्बन्धित सङ्घ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शीघ्र उचित सम्बोधन गर्ने  र आज भएको सहमति र आउँदै गरेको नेपालीहरूको चाडपर्वहरूका कारण आमजनताको आवागमनलाई ध्यानमा राखी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका मध्यमाञ्चल अध्यक्ष एवम् केन्द्रिय सहसचिव दीपक शिवाकोटीले जानकारी दिनुभयो।
हाललाई यसअघि घोषणा गरिएको सम्पूर्ण आन्दोलनका कार्यक्रम असोज ७ गते सम्मलाई स्थगित गरिएको उहाँले बताउनुभयो।
माग अनुसार भाडा वृद्धि सम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति कार्यान्वयन नभए आन्दोलनका अन्य कार्यक्रम गर्ने आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासङ्घले जनाएको छ। 

सम्बन्धित समाचार

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको आन्दोलन स्थगित, तीन बुँदे सहमति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link