मुकुट चाकरी

फूल, माला, गम्छा, अबिर र खादाआदिले सम्मान गर्ने हाम्रो चलन नै हो। सम्मानका नाममा नेताका चाकरीका लागि १५/२० किलोका माला लगाइदिने पनि बेलाबेलामा देखिएकै हो। तर अब बारा र पर्सातिर चाहिँ चाँदीको ताज वा मुकुट लगाउने चलन बढ्न थालेको छ।  

बारा र पर्सामा नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले घर दैलो तथा विजय जुलुसमा व्यस्त रहेका छन् । तीमध्ये केही नवनिर्वाचित जनप्रतिनिधिलाई समर्थकले चाँदीको मुकुट लगाएर स्वागत तथा  बधाई दिने क्रम बढेको छ । पर्सामा भने यो चलन २०७४ को निर्वाचनमा सुरु भएको थियो । पहिलो पटक २०७४ को निर्वाचनमा पर्सा  क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई विजय जुलुसका क्रममा वीरगन्ज महानगरपालिका– १५ मा उहाँका समर्थकले चाँदीको मुकुट लगाई दिएर बधाई दिँदै सम्मान गरेका थिए । त्यस पछि पर्सामै स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई चाँदीको ताज ( मुकुट ) लगाइ जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य  प्रदीप यादवले चाँदीको ताज लगाइ दिनुभएको थियो।

त्यसकै देखासिखीमा अहिले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय समर्थकले चाँदीको ताज लगाइदिएका छन् । पर्साको क्षेत्र नं ४ मा नवनिर्वाचित जनप्रतिनिधि रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन्।

निर्वाचित भएपछि मतदातालाई विजय जुलुस का साथै मतदातालाई  धन्यवाद ज्ञापन गर्न धोबिनी गाउँपालिका– ३ हरिहरपुरमा पुग्नुभएका रिजाललाई धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीको मुकुट लगाई बधाई दिनुका साथै सम्मान गर्नुभयो ।

यस्तै बाराको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यबाट नवनिर्वाचित जनप्रतिनिधि कृष्ण कुमार श्रेष्ठ र बारा ४ को (२) बाट प्रदेश सभा सदस्य नवनिर्वाचित जनप्रतिनिधि जितेन्द्र सोनललाई सोमबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचित  श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर बधाइ दिदैँ सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले बताउनुभयो।

श्रेष्ठ , बारा ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीबाट र सोनल , बारा ४(ख) को प्रदेशसभा सदस्यमा लोसपाबाट निर्वाचित हुनुभएको हो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link