बारा र पर्साका कयौँ पालिकाका लागि रगत निःशुल्क

रगत अभावले बिरामीको मृत्यु हुने वा उपचारमा समस्या नहोस् भनेर  बारा र पर्साका केही पालिकाहरूले आफ्ना पालिकाका बिरामीहरूका लागि आवश्यक रगत सञ्चार केन्द्र (ब्लड बैँक) वीरगञ्जबाट निःशुल्क रूपमा उपलब्ध गराउन थालेका छन्। ती पालिकाले बिरामीलाई रगत शुल्कको भार खेप्न नपरोस् भन्ने चाहना पालिकाहरूको छ।

अहिले वीरगञ्जको रक्त सञ्चार केन्द्र ( ब्लड बैँक)बाट दैनिक ४० देखी ७० पोका रगत खपत हुने गरेको केन्द्रका सौरभराज पाण्डेले जानकारी दिनु भयो।पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैँकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग बारा र पर्साका आठ वटा पालिकाले सम्झौता गरेको छन्।

पर्सामा रगत निःशुल्क दिने पहिलो सम्झौता  बहुदरमाई नगरपालिकाले ०७७ पुस १० मा गरेको थियो भने त्यसपछि बाराको परवानिपुर गाउँपालिकाका तात्कालिन कार्यपालिका सदस्य सन्जु साहले त्यहाँको वडा नम्बर ५ का बिरामीहरूका लागि निःशुल्क रगत उपलब्ध गराउने र त्यसवापतको रकम आफूले तिर्ने सम्झौता गर्नुभएको थियो।

अहिले पछिल्लो समय ०७९ को स्थानीय निर्वाचित जनप्रतिनिधि आ–आफ्नो पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैंकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँगै सम्झौता गरेका छन्। जसमा पर्साको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका ,जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका बिन्दवासिनी गाउँपालिका र बाराको परवानीपुर गाउँपालिकाले बिरामीलाई आवश्यक पर्दा निशुल्क रगत उपलब्ध सम्झौता गरेका छन्। सम्झौता भएपछि पालिका बिरामीहरू समेतले लाभ लिइ रहेका छन्।  हाल सम्म २ सय ८३ जना बिरामीहरूले निशुल्क रगत उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा प्रमुख विरेन्द्र राज कँडेलले जानकारी दिनुभयो।

मधेस प्रदेशका पर्सा, बारा, रौतहट तथा भारत विहार राज्यका बिरामीको उपचार केन्द्र वीरगञ्जको नारायणी अस्पताल तथा निजी हस्पिटल रहेको छ। दैनिक सरदर २ हजारको हाराहारीमा ओपीडी उपचार हुनै नारायणी अस्पतालमा बिरामीको चाप हुने गरेको छ। यो मात्र नारायणी अस्पतालको रेकर्डले देखाउँछ  तर विगतको समयमा वीरगञ्ज महानगरपालिकामा बढ्दै गएको अस्पतालको सङ्ख्या अनुसार कति बिरामीको उपचार हुन्छ सोको डाटा नै छैन।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link