Home » Archives for प्रकाश दाहाल/हेटौंडा » Page 2
Author

प्रकाश दाहाल/हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे हेटौंडा –१६ हटियामा संघीय सरकार मातहतको जग्गा भाडामा लिएर प्रदेशका मन्त्रालय बनाउने तयारीमा लाग्नु भएको छ। यसका लागि अघिल्लो सरकारले तयार गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिटेल प्रोजेक्ट रिपोर्ट- डिपिआर) लाई थन्काइएको छ। डीपीआर तयार गर्न हालसम्म ४० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ। बागमती प्रदेशको राजधानी हेटौंडा तोकेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्य मन्त्रालयहरू कार्यालयहरू स्थापना गरिए। तत्कालीन समयमा मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको हेटौँडामा मन्त्रालय र कार्यालयहरू स्थापना गर्न खासै समस्या परेन। बागमती प्रदेशमा नेकपा एमालेको तर्फबाट डोरमणि पौडेल मुख्यमन्त्री बन्नुभयो।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी …

डीपीआर एकातिर, मन्त्रालय भवन निर्माण अर्कोतिर
0 comment
0 FacebookTwitterEmail

आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासङ्घले आन्दोलन स्थगित गरेको छ। आज २९ भदौमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम लिमिटेड तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी बिच ३ बुँदे सहमति भएकाले आन्दोलन स्थगित भएको हो।
निगमका निर्देशक वीरेन्द्र गोईत र महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन तत्कालका स्थगित गरिएको हो। विज्ञप्तिमा भनिएको छ “सहमति भएकाले आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारू गर्ने निर्णय भएको जानकारी गराइन्छ।”
छलफलमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरूपको भाडा

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको आन्दोलन स्थगित, तीन बुँदे सहमति
0 comment
0 FacebookTwitterEmail

नेपाल आयल निगमसँग अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले माग सम्बोधनका लागि आन्दोलन अगाडि बढाएका छन्।

महासङ्घले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासङ्घको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदन अनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका थिए। ट्याङ्कर सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट ढुवानी सञ्चालन गर्न नसक्ने भएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका मध्यमाञ्चल अध्यक्ष तथा केन्द्रिय सहसचिव दीपक शिवाकोटीले जानकारी दिनुभयो। व्यवसायीहरूले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ (पर्चेज डेलिभरी अडर) लिएका छैनन् भने भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति …

असोज १ गतेबाट पेट्रोलियम कारोबार ठप्प पार्ने व्यवसायीको चेतावनी
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेशको राजधानी हेटौँडामा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुर गढी, थाहा नगरपालिकालगायतका क्षेत्रमा डेङ्गु देखिएको हो। बुधबारसम्म मकवानपुर जिल्लामा सात सय ५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ। रोग पहिचान हुने बित्तिकै  उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्।केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।   हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४  र  ५ मा 

0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेशको राजधानी हेटौँडामा खानेपानीको मुहान स्थायित्वका लागि ‘रिचार्ज पोखरी’ कार्यक्रम सुरु हुने भएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गएको ३ वर्ष अगाडिबाट नै यो योजना सुरु गर्ने तयारी भएपनि बोर्डले यो काम सुरु गर्न सकेको थिएन।

खानेपानी समस्याको दीर्घकालिन समाधान गर्न र प्राकृतिक मुहानलाई संरक्षण गर्न पनि रिचार्ज पोखरीको अवधारणालाई अघि सारिएको बोर्डको भनाई छ। खानेपानीका मुहान एवम् डिप बोरिङ गरिएको स्थानलाई लक्षित गरी वर्षायामको पानीलाई जम्मा गरेर पोखरी बनाउने योजना बोर्डले अगाडि सारेको छ।

दैनिक रुपमा पानीको खपत बढ्दै गएको तर मुहान संरक्षण हुन नसकेकोले पनि यो कार्यक्रम अत्यन्त जरुरी रहेको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले बताउनुभयो। आपूर्ति …

खानेपानीका मुहान जोगाउन हेटौँडामा ‘रिचार्ज पोखरी’
0 comment
0 FacebookTwitterEmail

मकवानपुर जिल्लामा सबैभन्दा बढी बेरुजु भएको हेटौंडा उपमहानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि उपसमिति नै गठन गरेको छ। हेटौंडाको १८ नम्बर वडाका वडाध्यक्ष अनिलकुमार बानियाँको संयोजकत्वमा गठित यो उपसमितिले आगामी दशैँ अगाडि नै बैठक तथा छलफल राखेर असुल उपर र नपुगेका कागजात मगाउने, प्रक्रिया नपुगेकोलाई नियमन गराउने लगायतका काम सुरु गर्ने उपमहानगरले जनाएको छ।

मकवानपुर जिल्लाका स्थानीय तहहरूको बेरुजु १ अर्ब ३६ करोड ४२ लाख ५४ हजार पुगेको छ। महालेखा परीक्षणको कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नै बेरुजु करिब ६६ करोड ९३ लाख १३ हजार रुपैयाँ थपिएको छ। लेखा परीक्षणको प्रतिवेदन अनुसार सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा ३७ करोड ५२ लाख …

0 comment
0 FacebookTwitterEmail

मानवसेवा आश्रमले देशको ७ प्रदेशका १९ जिल्लामा रहेका २७ वटा केन्द्रहरूबाट सेवा सञ्चालन गरिरहेको र हाल एक हजार ५०० सहयोगापेक्षी सडकआश्रित मानिसहरूलाई संरक्षण दिइरहेको छ।
नेपालकै समाजसेवीहरुबाट प्रवर्द्धित मानव सेवा आश्रम अहिले मानवताको पर्याय बनेको छ।
मानसिक सन्तुलन गुमाएका वा आश्रय नपाएर सडकमा भौंतारिइरहेका मानिसका लागि अहिले यो आश्रम जीवन जीउने आधार बनेको छ। सडकमा जीवन बिताउन बाध्य भएकाहरूलाई उद्धार गरी सेवासुश्रुसा गरिरहेको मानव सेवा आश्रमले यही भदौ १३ गते एकदशक पूरा गर्न लागेको छ। घर परिवार र समाजबाट अपहेलित भएकाहरूलाई प्रदान गरेको सेवाले मानववादी दृष्टिकोणलाई व्यवहारमै उतार्न मकवानपुरको हेटौडास्थित मानवसेवा आश्रम सफल भएको छ।
मानवसेवा आश्रमकै कारण सडकमा झुत्रे …

मानव सेवा आश्रममा पन्ध्र सय संरक्षित
0 comment
0 FacebookTwitterEmail

हेटौडाको हेटौडा अस्पताल अब थप सुविधासहित नयाँ भवनबाट सञ्चालन हुने भएको छ । प्रदेशको राजधानी समेत रहेको हेटौडा स्वास्थ्योपचार लगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै पछाडि परेको सहरको रूपमा रहेको थियो । यहाँको सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको हेटौडा अस्पताल विगतमा ‘रिफर’ अस्पतालको रूपमा चिनिन्थ्यो भने निजी क्षेत्रले पनि स्वास्थ्य सेवाको क्षेत्रमा खासै लगानी गर्न सकिरहेका थिएनन् ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी हेटौडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याई स्वास्थ्य शिक्षासहितको स्वास्थ्य सेवा दिन तयारी गरिरहेको छ । विगतमा जम्मा ५० शैयाको हेटौडा अस्पताल अहिले सुविधासम्पन्न अस्पतालमा परिणत भएको छ ।
३० करोडको …

हेटौंडा अस्पतालको स्तरोन्नति हुँदै,  प्रतिष्ठानले थप विषय पढाउन सुरु गर्ने
0 comment
0 FacebookTwitterEmail

कुनै बेला यो सिमेन्ट पाउन सोर्सफोर्स लाउनु पर्थ्यो वा कालो बजारमा किन्न पर्थ्यो। यसको गुणस्तरमा शङ्का गर्ने ठाउँ हुन्थेन । निजी कम्पनीका सिमेन्टले यसको ख्याति चोर्नका लागि आफ्नो बोरामा “हेटौंडामा बनेको” समेत लेखे। हेटौंडा सिमेन्टको नामै काफी थियो। त्यो हेटौंडा सिमेन्ट अहिले संकटमा छ। अब बिस्तारै हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट देख्न र प्रयोग गर्न नपाइने हो कि भन्ने आशंका बढ्न थालेको छ।

उद्योगमा कार्यरत मजदुरहरूले विभिन्न माग राखेर अल्टिमेटम समेत दिएका छन्। उद्योगको विगत देखिको उद्योग व्यवस्थापन पक्षले उद्योगको समग्र सुधार र उत्पादन वृद्धि लगायतका पक्षमा आवश्यक ध्यान नदिएकाले हालसम्म उद्योग करिब ८० करोड रुपैयाँ सञ्चित नोक्सान (घाटा) मा रहेको …

किन संकटमा पुग्यो हेटौंडा सिमेन्ट? मजदुरले बुझाए मागपत्र
0 comment
0 FacebookTwitterEmail

एउटा सरकारी कार्यालयमा काम गर्ने कार्यालय प्रमुखमा आफ्नो कार्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने भावना जागृत  भएपछि मुहार फेरिन सक्छ भन्ने उदाहरण पनि बनेको छ अहिले– वनस्पति अनुसन्धान केन्द्र मकवानपुर। यसो हुनुको श्रेय २१ महिना अगाडि कार्यालयको प्रमुख भएर आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीलाई जान्छ।

वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीकै कारण स्थापनाकालदेखि नै ओझेलमा परेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर अहिले चर्चाको केन्द्र बन्न थालेको छ।

नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान, संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा वनस्पति फाँटको रूपमा थालनी भएको थियो। यसलाई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा …

कायाकल्प भयो मकवानपुरको वनस्पति अनुसन्धान केन्द्र
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved