५४ वर्षीय कृष्ण खतिवडा अहिले फोहोर व्यवस्थापनका लागि मेसिन निर्माण गर्न व्यस्त हुनुहुन्छ। जापानी वैज्ञानिकसँग मिलेर उहाँको कारखानामा बनाइएको यामातो अल्टनेटिभ रिनुएवल इनर्जी फर्म वेस्ट मेसिनले नाम अनुसार फोहोरबाट नविकरणीय उर्जाको उत्पादन गर्छ। लामो अनुसन्धान गर्दै विकास गरिएको यो मेसिनले फोहोरबाट डिजेलको सट्टा प्रयोग हुन सक्ने सिन ग्यास (सेन्थेसिस ग्यास- हाइड्रोजन, कार्बन मोनोअक्साइड र केही कार्बनडाइअक्साइडको मिश्रण भएको इन्धन ग्यास), प्राङ्गारिक मल, क्लिङ्कर र ब्रिकेट कोइलाको उत्पादन गर्छ।
२०४८ सालदेखि नै हेटौंडाको औद्योगिक क्षेत्रमा अण्डाको क्रेट उद्योग चलाउनुभएको थियो। त्यसो त मेसिनरी पार्ट्स बनाउन उहाँ पहिले देखिनै लगनशील रहनुभयो। उहाँले भन्नुभयो – “२०५२ सालदेखि मेसिनरी पार्ट्स बनाउने गरेको थिएँ। त्यो …
प्रकाश दाहाल/हेटौंडा
बगैंचा भन्ने बित्तिकै हामी फूलैफूलको संसार भन्ने सम्झन्छौं तर हेटौंडामा भने एउटा अलग्गै बगैंचा छ– मूर्तिहरूको बगैंचा । हर्नामाडी कला प्रतिष्ठानले संरक्षण गरेको यस बगैंचामा देश विदेशका सुप्रसिद्ध कलाकारले कुँदेका आकर्षक मूर्तिहरू देख्न पाइन्छ ।
यो मूर्ति बगैंचा हेटौंडा उपमहानगरको पूर्वी क्षेत्रमा अवस्थित छ । यस पर्यटकीय क्षेत्रमा पुग्ने जोकोही यहाँ बसेर कलाकारले गरेको साधना देखेपछि मन्त्रमुग्ध हुन्छन् तर पनि यस ठाउँको जति चर्चा हुनुपर्ने हो त्यति नभएको हो कि भन्ने जो कोहीलाई लाग्नसक्छ ।
बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट मदन भण्डारी राजमार्ग (धरान चतारा रोड) हुँदै १८ किलोमिटर पूर्व हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने गुम्बाडाँडामा छ– यो …
पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ।
गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन् । यो ऐतिहासिक गढीको संरक्षण र विकासमा स्थानीय सरकार भीमफेदी गाउँपालिकाले नेतृत्व लिएको छ। हेटौडा लगायत तराईका कतिपय जिल्लालाई राजधानीसँग जोड्ने छोटो मार्ग मदन भण्डारी (कुलेखानी–सिस्नेरी–काठमाडौं) मार्गमा पर्ने चिसापानी गढी नजिकबाट हजारौं सवारी साधन आवत जावत गर्ने गरेका छन्। सडकको छेउमै पर्ने महत्त्वपूर्ण गढीको संरक्षण तथा सम्बर्द्धन विगतमा नगर्दा यो नासिएर जाने हो कि भन्ने भइरहेका बेला संरक्षण कार्य हुन …
‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भूपी शेरचनको यो कविताका यी शब्दहरूले देश बनाउने विषयमा धेरै कुरा बोलेका छन्। ‘देश, धर्म, संस्कृति, स्वतन्त्रता, आदर्श, उद्देश्य र विचारको लडाइँमा आफ्नो जीवन उत्सर्ग गर्न पछि नपरी मृत्युवरण गर्ने अमूल्य निधि नै शहीद हुन्।’ हृदयभित्र कहिल्यै ननिभ्ने ज्योति, प्रेरणाका स्रोत जसको मृत्युमा सारा जनता शोकाकुल अनि सिङ्गो राष्ट्र नै स्तब्ध हुन्छ। बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा बनेको शहीद स्मारक वाटिका अहिले प्रदेश राजधानी हेटौडाको चिनारी मात्र होइन पर्यटकीय गन्तव्य पनि बनेको छ।
विषेशगरी शहीदको सम्झनामा निर्माण प्रारम्भ भएको शहीद स्मारक वाटिका अहिले स्वदेश तथा केही …
चौध पन्ध्र वर्ष अगाडिसम्म महादेवको सानो जीर्ण मन्दिर र दाहसंस्कार गर्ने घाट एकजना मान्छेको मेहनतले कायाकल्प हुनसक्छ भन्ने उदाहरण हुन हेटौंडाको कुष्माण्ड सरोबर त्रिवेणीधाम र ईश्वरी न्यौपाने। बिक्रम सम्वत् २०६५ साल अघिसम्म खोलाको बगरको हो यो ठाउँ, यो क्षेत्रका मृतकहरूको दाहसंस्कार गर्ने ठाउँ।
तर ६७ वर्षीय ईश्वरी न्यौपानेको भगिरथ प्रयत्नमा अन्य विभिन्न व्यक्ति संघ संस्था अनि सरकारले दिएको साथले हेटौंडा ९ मा रहेको यो कुष्माण्ड सरोबर त्रिवेणीधाम तीर्थस्थलसँगै धार्मिक पर्यटकको गन्तव्य बनेको छ। अहिले दिनहुँ हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक तथा ज्येष्ठ नागरिक तीर्थयात्राका क्रममा आउने गरेका छन्। भ्रमणका लागि विभिन्न स्थानमा हिँडेका तीर्थयात्री पनि पूर्वपश्चिम राजमार्गबाट नजिक पर्ने हुनाले त्रिवेणीधाममा …
हेटौंडा कपडा उद्योगको कपडा भनेपछि नेपाली जनमानसमा एक खालको छाप नै परेको थियो । त्यहाँ उत्पादन गरेको कपडा गुणस्तरको हुन्छ भन्ने । यो उद्योग २०५७ सालदेखि बन्द छ । बन्द भएको उद्योग बेला बेलामा पुनः चलाउने चर्चा गरिन्छ तर काम हुँदैन। आर्थिक वर्ष २०७९/०८० का लागि गत जेठ १५ गते संघीय सरकारले प्रस्तुत गरेको बजेट बक्तव्यमा एउटा घोषणा गरियो- ‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले हेटौडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने ।’ यसको अर्थ सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगमा उत्पादन भएको कपडा प्रयोग गर्ने भन्ने हो तर बन्द रहेको यो उद्योग सञ्चालन हुने टुंगो छैन । यो …
थपिएको १ वर्षसहित ३ वर्षमा ६५ प्रतिशत मात्र प्रगति
महाविद्यालयमा भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधा सम्पन्न भवनहरू, खेलमैदान, कक्षा कोठाहरू, प्रयोगात्मक कक्षा वर्क्स प्लेस, छात्राबास तथा आवासका लागि आवश्यक भवनहरू निर्माण हुनेछन्।
हेटौंडामा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण हुने चर्चा २०५४ सालदेखि नै सुरु भएको थियो । त्यो समयमा प्रविधिक विषयको अध्ययन अध्यापनको विषय चुनौतीपूर्ण मानिन्थे। संभवत: सैद्धान्तिक विषयहरू नै त्यो समयमा रुचिकर थिए। प्राविधिक विषय भर्खरै मात्र सुरू हुँदै थियो।
भारत सरकारको सहयोगमा निर्माण हुने भनेर सहमति भए पनि दुई दशक भन्दाबढी अवधि सम्म निर्माण कार्य सुरु हुन सकेको थिएन । पछि …
नवनिर्वाचित वडाध्यक्ष सुशील घिमिरे पराजित प्रतिद्वन्द्वी ह्याग्रीव आचार्यलाई काँधमा बाेकेर खुसीयाली मनाउँदै
वैशाख ५ गते बिहानबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । त्यो स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षले प्रत्यासी उमेदवारलाई काधमा बोकेको तस्बिर थियो। सुन्दा सामान्य लागे पनि हेटौंडामा भने यसले विशेष प्राथमिकता पाइरह्यो।
विजयी उमेदवारलाई पराजित उमेदवारले विद्यालयमा पढाउनुभएको रहेछ । संयोग भनौं हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरे नेकपा (एमाले) बाट विजयी बन्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्य पराजित बन्नुभयो । घिमिरेले आचार्यलाई काधमा बोकेर खुशीयाली मनाउनुभयो। यो तस्वीर खिच्नुभएको थियो हेटौंडाका फोटो पत्रकार ॐ फुयालले। आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले …
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार बागमती प्रदेश सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले प्रदेश सरकार विरुद्ध दर्ता भएको रिट निवेदनको सुनवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानविन गर्न बैशाख १३ गते समिति गठन गर्नुभएसँगै प्रा.डा. जोशी निलम्बित हुनुभएको थियो। सर्वोच्चको आदेशपछि प्रा. डा. जोशी काममा फर्कने बाटो खुलेको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै प्रा.डा. जोशीले प्रतिष्ठानको कामकारबाहीबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताउनुभएको …
‘हाम्रा राजा क्या अक्कलधारी, ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ यो कुनै वेलाको चर्चित गीतको अंश हो ।
सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ तर यो कुरा सत्य हो– नेपालमा आजभन्दा १०५ वर्ष अगाडि नै सुरुङमार्ग बनेको थियो र त्यसबाट मोटरहरू आवत–जावत गर्दथे । त्यसैलाई आधार मानेर रचिएको गीत थियो- त्यो ।
हाल बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गरिएको थियो । दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्गलाई चुरियामाई सुरुङ भन्ने गरिन्छ । त्यो सुरुङमार्ग राजा त्रिभुवन वीरविक्रम शाहदेव तथा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली …