Home » Archives for प्रकाश दाहाल/हेटौंडा
Author

प्रकाश दाहाल/हेटौंडा

१५ बर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पनि समस्या हुने गर्दथ्यो हेटौंडामा। सामान्य समस्याहरू हेटौंडा अस्पताल वा नीजि क्लिनिकहरूमा हुने गर्दथे। तर विगत १५ बर्षदेखि हाल बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका कारण आँखाको समस्याबाट धेरै समय पिरोलिनु परेको छैन। सामुदायिक आँखा अस्पतालले बिरामीको मन र विश्वास जित्न सफल भएको छ । विरामीहरू यहाँ आकर्षित हुनु यहाँको उपचार पद्धति,सफा र शान्त सुविधायुक्त सेवा नै हो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले  दैनिक ३ सय जना आँखाका बिरामीलाई सेवा दिइरहेको छ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा यो …

0 comment
0 FacebookTwitterEmail

भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम हो।  राणाकालिन समयमा राजधानी काठमाडौ आउँदा विषेशगरी वास बस्ने स्थान रहँदा विस्तारै बजारको रुपमा विकास भएको सुन्न पाईन्छ। मकवानपुरको सदरमुकाम हेटौंडाबाट २७ किलो मिटर दुरीमा रहेको बजार हो भीमफेदी।

साविकमा भीमफेदी गाउँ विकास समिति रहेको यो स्थानिय तह अहिले बिशाल भीमफेदी गाउँपालिका भएको छ। राज्य पुनसंरचना भएपछि, साविकका भीमफेदी, कोगटे, इपा पन्चकन्या, भैंसे, निवुवाटार र नामटार गाविसको एउटा वडा मिलेर यो पालिका बनेको हो। नेपालको इतिहासमा निक्कै नै चर्चित भीमफेदी कुनै बेला तराईक्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने महत्वपूर्ण एकमात्र नाका थियो। ४० वर्ष अघि सम्म भीमफेदी चल्तीको बजार थियो। व्यस्त र चहलपहल भएको ठूलो व्यापारिक केन्द्रको रुपमा …

ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका 
0 comment
0 FacebookTwitterEmail

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी रणनीति बनाउँदै अगाडि बढिरहेका छन्। जनताको घरदैलोमा नेता कार्यकर्ताको दौडधुप चलिरहेको छ।
मकवानपुरको क्षेत्र नम्बर १ (क) मा संविधान सभा सदस्य तथा पूर्व सांसद प्रेमबहादुर पुलामी र पूर्व गाउँ विकास समितिका अध्यक्ष कमल बिष्ट बीच प्रतिस्पर्धा हुँदैछ।
२०६४ को संविधानसभा सदस्यमा विजयी भएका पुलामी नेकपा माओवादीका २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधित्व गरी वाम गठबन्धनबाट निर्वाचित हुनुहुन्थ्यो। यसैगरी साबिक हटिया गाउँ विकास समितिमा दुईपटक अध्यक्ष भएका बिष्ट पनि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको छ। नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनबाट माओवादीबाट पुलामीले टिकट पाउनुभयो भने एमालेबाट बिष्ट मैदानमा हुनुहुन्छ।
पुलामीले बागमती गाउँपालिका वडा नम्बर ६ ठाडीखोलाका पुलामीले २०४८ …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापा उठेको मकवानपुर क्षेत्र नम्बर १ विशेष चासोको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन कमल थापा उठेको क्षेत्र मकवानपुरमा धावाको शैलीमा उत्रनुभएको छ । गत बिहीवार मकवानपुर आएर भाषण गरेर जानुभएको लिङ्देन एक हप्तापनि नपुग्दै उहाँ पुनः सोमबार मकवानपुर आउनुभएको छ ।  बिहीवार दिउँसो मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली फूटबल मैदानमा पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुनुभएको अध्यक्ष लिङ्देनले मकवानपुर “फोकस” गर्नुका कारण पनि यसले विशेष महत्त्व राखेको छ । उहाँ सँगै राप्रपाको अध्यक्षमा निर्वाचन लडेर पराजित बनेका थापालाई संसदीय निर्वाचनमा पनि हराउने अभियानमा लागिरहनुभएको छ । …

कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
0 comment
0 FacebookTwitterEmail

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ पनि तातेको छ । पहिले एउटै पार्टीमा रहँदा हरेक गतिविधिमा यो क्षेत्रमा साझेदारी गरेका, ४ पटक संसद् एवम् एकपटक मन्त्री भैसकेका बिरोध खतिवडा र खतिवडा पार्टीका ठूला नेता हुँदा विद्यार्थी राजनीति सुरु गरेका युवा नेता महेश बर्तौला बीच भिडन्त हुँदैछ ।

विद्यार्थी कालमा कम्युनिस्ट राजनीतिबारे प्रशिक्षण दिने खतिवडा र प्रशिक्षण लिने बर्तौलाको भिडन्त रोचक हुने  छ । गठबन्धनबाट यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि खतिवडा उम्मेद्वार बन्नुभएको हो । यस्तै विद्यार्थी राजनीतिमा केन्द्रीय छबि बनाउदै अनेरास्ववियुको कार्यबाहक अध्यक्ष समेत भएका बर्तौलालाई एमालेले अगाडि सारेको हो ।

त्यसो त यस …

0 comment
0 FacebookTwitterEmail

मकवानपुर क्षेत्र नं. १ मा केन्द्रीय नेताबीच भीडन्त हुने भएको छ । यसक्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा केन्द्रीय सदस्य दिपकबहादुर सिंहबीच भिडन्त हुने भएको हो ।
आम निर्वाचन २०७९ को चर्चासँगै मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उहाँ उठेको क्षेत्र पनि चर्चामा रहेको छ । पटक पटक निर्वाचन लडेका थापा यसपटक फेरि मकवानपुर क्षेत्र नम्बर एकबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ । २०३८ सालदेखि राष्ट्रिय राजनितिमा उम्मेदवार हुन थाल्नु भएका थापा हालसम्म ७ पटक चुनाव लडिसक्नु भएको छ भने उहाँलाई ७ मध्ये २ वटामा मात्र सफलता मिलेको थियो। विगतमा भन्दा यसपटकको …

सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना  र दिपकसँग भिडदै
0 comment
0 FacebookTwitterEmail

सरकारले हेटौडामा स्थापना गरेको व्यावसायिक मत्स्य केन्द्रको परिचय अहिले फेरिएको छ । २०२४ सालमा स्थापना गरिएको यस केन्द्रको मुख्य उद्देश्य गुणस्तरीय माछाका भुरा उत्पादन तथा बिक्री वितरण र काठमाडौं तथा हेटौडा बजारको लागि आवश्यक माछा उत्पादन गरेर आपूर्ति गर्नु हो ।

२०४९ सालमा व्यावसायिक मत्स्य केन्द्रलाई पुनः मत्स्य विकास केन्द्र नामकरण गरिएको थियो। देशमा राजनीतिक परिवर्तन भएपछि २०७५ सालमा संघीय  संरचना अनुसार यस केन्द्रको नाम परिवर्तन गरेर प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र राखियो । बागमती प्रदेशको राजधानी हेटौडाको केन्द्र विन्दु वडा नम्बर ५ मा रहेको यो ४७.०९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।  समुद्री सतहबाट १ हजार ४ सय …

हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेशको राजधानी हेटौडामा पनि डेङ्गु सङ्क्रमित बढेका छन् । बुधबार २४ घण्टामा मात्रै मकवानपुरमा १४८ जना संक्रमित भइसकेका छन् । जसमा हेटौडा उपमहानगरपालिकाका मात्र १४४ जना रहेका छन् । यसैगरी मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी र भीमफेदी गाउँपालिकामा २/२ जना फेला परेका छन् । डेङ्गुकै कारण हेटौडा उपमहानगरपालिकामा एकजनाको मृत्युसमेत भैसकेको छ ।
अहिले हेटौडा अस्पतालमा डेङ्गुको उपचार पाउनसमेत समस्या भएको छ । डेङ्गुका बिरामीको चापका कारण हेटौडा अस्पतालको इमर्जेन्सी कक्षको एउटै बेडमा २ जनालाई राखेर समेत उपचार भैरहेको छ । हेटौडा अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेपछि बिरामीहरू उपचारका लागि छिमेकी जिल्ला चितवन तथा काठमाडौं जान थालेका छ्न् ।…

हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
0 comment
0 FacebookTwitterEmail

हेटौंडाकी एक बालिकालाई साउथ इण्डियन हिरोइन रश्मिका मन्दनाले भेट्न खोजेको भन्ने विषय केही दिन अघिदेखि  भाइरल भइरहेको छ। युकेजीमा पढ्ने हेटौंडाकी ५ वर्षकी बालिका अहिले नेपालसँगै भारत अनि अन्य देशमा समेत भाइरल  भएकी छन्।

केही समयअघि हिट भएको दक्षिण भारतीय चलचित्र पुष्पाको ‘सामे सामे’ बोलको गीतमा सामूहिक नृत्य गर्दा ती बालिका पनि संलग्न थिइन्। त्यसैक्रममा लिइएको भिडियो अहिले भाइरल भएको हो। सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा गएर अन्तर्वार्ता लिनेहरूको भीड लागेको छ भने विद्यालयमा पनि पुगेका छन्। ती बालिकाको उमेर सानै भएकाले नकारात्मक असर पर्न सक्ने भएको हुँदा उनलाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ। तर त्यो कुरो …

0 comment
0 FacebookTwitterEmail

सुगम क्षेत्र अनि सहरी सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिदै गएका छन्। ग्रामीण क्षेत्रमा विभिन्न सेवा सुविधाहरू पर्याप्त नभएपछि रित्तिने क्रम बढ्नु त स्वाभाविक नै हो तर सबै कुरा घर अगाडि नै आइपुगेका गाउँबाट समेत मानिस सहर पस्न थाल्नुको कारणचाहिँ यहाँ नीति निर्माताले पनि बुझ्न सकेका छैनन। ग्रामीण क्षेत्रमा घनाजङ्गल नजिकै हुने र विभिन्न वन्यजन्तुका त्रास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा यातायातको कठिनाइका कारण पनि शहर या सदरमुकाममा आकर्षण बढ्दै गएको देखिन्छ।

पालिकाको बसाइँसराइको तथ्याङ्क हेर्दा शहरी क्षेत्रमा बसाइँ सरेर आउने दर उच्च देखिएको छ भने ग्रामीण क्षेत्रमा बसाइँ सरेर जाने अत्यन्तै कम देखिएको छ। मकवानपुरका १० वटा …

हाम्रा गाउँ मर्दै गएका हुन्?
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved