Home » Archives for हर्ष सुब्बा/धरान
Author

हर्ष सुब्बा/धरान

कोशी नाम खारेज गरी प्रदेशको पूनःनामकरणको आन्दोलनलाई सहयोग पुर्‍याएको आशङ्कामा प्रहरीले लिखित आदेश दिदैं एउटा बैङ्क खाता रोक्का गरेकोमा आन्दोलनकारी, समर्थकहरूले विरोध जनाएका छन्। भक्तपुर स्थित जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले २०७९ चैत १९ गतेको मितिमा ग्लोबल आईएमआई बैङ्कको भक्तपुर गट्ठाघर शाखालाई पत्र लेखेर बैङ्क खाता रोक्का गर्न आदेश दिएको हो।

राज्यले खाता रोक्का गरेको भनी बैङ्कले लिखित जानकारी भने भने सरोकारवालाहरूलाई दिएको थिएन।

खाता आन्दोलनकारी घटक संस्थाका ३ जना पदाधिकारीको नाममा संयुक्त रूपमा खोलिएको थियो।

किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ती तुम्बापोका अनुसार बैङ्कमा जाँदा खाता ‘लक’ भएको छ मात्र भनियो। निरन्तीले भन्नुभयो, ‘हामीलाई बैङ्कले लिखित जानकारी …

0 comment
0 FacebookTwitterEmail

हिजोआज मोटर भन्ने बित्तिकै सार्वजनिक यातायातका साधन भनेर मानिसले नबुझ्न सक्छन्। भण्डै चार दशकअघि भाडाका यातायात सेवा चलाउन धरानमा आधा दर्जन मोटर कम्पनीहरू खुलेका थिए। मोटर गाडीका व्यवसायसँग भाषा–साहित्यको कुनै साइनो हुने कुरा पनि भएन।

‘धरानको साहित्यिक इतिहासमा भने तिनै मोटर कम्पनीहरूले पहिलो स्थान ओगटेका छन्’– नेपाली लेखक संघका केन्द्रीय सदस्य भीष्म काफ्लेको भनाइ छ। धरानमा आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ति मनाउँदै बुधवार भानुभक्तको सालिक स्थापनाका दिनहरूको सम्झना गरियो। धरानमा भानु जयन्ति मनाइदै आएको भानुभक्तको सालिक र भानुचौक मोटर कम्पनीहरूले बनाइदिएका हुन्।

त्यस बेलाको भानुभक्तीय भाषा मोटरबाट गाडी, बस, सवारीसम्म आइपुगेको छ। भाषा प्रयोगमा आएको बदलाव जस्तै सलिकको …

भानुजयन्ति विशेष: मोटर कम्पनीहरूले बनाइ दिएको धरानको भानुचोक
0 comment
0 FacebookTwitterEmail

बाह्रौँ शताव्दीमा बनेको मानिने धरान स्थित पिण्डेश्वर मन्दिरको प्राचीन स्वरूपलाई पुनःस्थापना गरिएको छ। ठुल्ठूला ढुङ्गाले बनेको मुख्य मन्दिरमा पछिल्लो कालखण्डमा सिमेन्टको प्लाष्टर सहित रङ्गरोगन गरिदै आउँदा यसको मौलिक स्वरूप छोपिएको थियो। पुरातत्व विभागले पहिलो पटक जिर्णोद्धारका लागि बजेट छुट्याइएको पिण्डेश्वर मन्दिरलाई मौलिक स्वरूप दिइएको हो।

मन्दिर परिसरमा सम्वत् १२५२ मा पहिलो पटक चढाएको घण्ट छ। घण्टमा लेखिएको अङ्क बुझिए पनि लिपि बुझिन्न। नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले विक्रम सम्वत् १८८४ मा चढाएको घण्ट छ। उक्त सम्वत्‌लाई आधार मान्दा पिण्डेश्वर मन्दिरको निर्माण बराहक्षेत्र मन्दिर भन्दा अगावै भएको अनुमान इतिहासकारहरूले गरेका छन्। विक्रम सम्वत् १९९० सालको भुइँचालोमा भत्किए पछि १९९१ सालमा बराहक्षेत्र …

आधुनिकताले बिगारेको पिण्डेश्वर मन्दिर प्राचीन स्वरूपमा
0 comment
0 FacebookTwitterEmail

धरानः कुनै बेला प्रोक्सी मतदानको विवादले विभाजन समेत आएको सुनसरी उद्योग वाणिज्य संघमा त्यस्तो प्रथा हटाइए पनि सदस्यता शुद्धिकरणको सवाल हरेक चुनावमा उठ्दै आएको छ। यसपालि भोलि सोमवार हुने चुनावको मुख्य मुद्दा पनि त्यही छ।

धरानमा व्यापार व्यवसायको प्रबन्ध मिलाउन २०१९ सालमा व्यापार प्रबन्ध समिति स्थापना भएको थियो। २०५३ सालमा निर्वाचन अधिकारी रहेका अधिवक्ता शिव भण्डारी अनुसार त्यस बेलाको चुनावमा प्रोक्सी मतदानको प्रथा थियो। सदस्य फर्मको नाममा अख्तियारी पाएका एकै जनाले १० भोट भन्दा बढी मतदान गर्न पाउँथ्यो। उहाँको भन्नुभयो ‘त्यस बेला चार सय जति सदस्य थिए।’

प्रोक्सी भोटकै कारण एकअर्का पक्षले बहुमत रहेको दाबी गर्ने चलन थियो। यस्तो स्थितिले  …

हटाइएको ‘प्रोक्सी’ प्रथा पछि व्यापारीहरूमा शुद्धिकरणको बहस 
0 comment
0 FacebookTwitterEmail

धरानस्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकाले संरक्षण कार्य थालिएको छ। मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिणतर्फ बाँसका चार वटा ठूला झ्याङहरू छन्। बुढासुब्बाको किम्बदन्तीसँगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिन्छ।

दशक यता बाँसमा नयाँ तामा नपलाएकाले झ्याङको बीच भाग खाली हुँदै आएको छ। झ्याङको वरिपरी सिमेन्टको पर्खाल लगाइएको थियो। सोही अवस्थामा रहे बाँस विस्तारै नष्ट हुने सरोकारवालाहरूले चिन्ता गर्न थालेका थिए। यसबारे गतवर्ष पुजारी उत्तम आले मगरले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउनु भएको थियो।

उहाँका अनुसार वनस्पति विज्ञले अध्ययन गरी सिमेन्टको टेवा घेराले बाँसलाई अवरोध गरेको प्रतिवेदन दिएपछि उपमहानगरपालिकाले संरक्षण कार्य थालेको हो। अहिले सिमेन्टको टेवा …

सिमेन्टले झण्डै मारेको बुढासुब्बाको बाँस अब संरक्षण गरिँदै
0 comment
0 FacebookTwitterEmail

पञ्चायतकालमा जातीय विखण्डनको पृथकतावादी राजनीति गरेको आरोपमा ‘मस्ट वाण्डेट’ भूमिगत नेता हुनुहुन्थ्यो, वीर नेम्वाङ। जति बेला प्रतिबन्धित कांग्रेस, कम्युनिष्टहरू बहुदलीय प्रजातन्त्रका लागि आन्दोलित थिए, त्यस बेला नेम्वाङ ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्त प्रदेशको माग लिएर उहाँ भूमिगत राजनीति गरिरहनु भएको थियो। अहिले पहिचानको राजनीति भनिने सवाल नेम्वाङले झण्डै चार दशक अघि उठाउनु भएको  थियो।

झण्डै पाँच दशक लामो राजनीतिक यात्रामा रहनु भएका भएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतबार धरानमा १ लाख रुपैयाँ राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ। उहाँले थाल्नु भएको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेको छ। पछिल्लो पुस्ताका लागि वीर नेम्वाङ ‘मिथक’ झै …

 वीर नेम्वाङ: मस्ट वान्टेडदेखि काङसोरे पुरस्कारसम्म
0 comment
0 FacebookTwitterEmail

नेपालका लागि बङ्गलादेशका राजदूत सल्लाहुद्धीन नोमान चौधरीले बङ्गलादेश र नेपालको सामाजिक, आर्थिक विकासको गति समान रहेको र दुवै मुलुकले समान समस्याहरू सामना गर्नु परिरहेको बताउनु भएको छ। धरानमा नेपाल बङ्गलादेश फ्रेन्डसिप सोसाइटी इन इस्टर्न नेपालद्वारा शुक्रवार साँझ आयोजित कार्यक्रममा राजदूत चौधरीको दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई विकासका क्षेत्रमा परिणाममुखी बनाउन सकिने सम्भावनाहरू बारे चर्चा गरे।

बङ्गलादेश –नेपाल बिच अघि बढेको विद्युत खरिद प्रकृयाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक विकासका क्षेत्रमा परिणाममुखी बनाउन सकिने चर्चा गर्दै राजदूत चौधरीले भन्नुभयो ‘‘विद्युत खरिद सम्बन्धी वार्ता अघि बढाउन आउँदो महिना बङ्गलादेशबाट डेलिगेसन नेपाल आउँदै छ।’ पूर्वका व्यवसायी, बुद्धिजीवीहरूसँग भएको भेटघाटमा दुई देश बीच आर्थिक, …

विद्युत खरिद वार्ताका लागि बङ्गलादेश टोली नेपाल आउँदै
0 comment
0 FacebookTwitterEmail

बाँस काटिनु, त्यसमा पनि झ्याङहरूबाट ढलापडा, सुखडखडा बाँस हटाउनु कुनै समाचार होइन्। तर धरानको बुढासुब्बा मन्दिर परिसरको टुप्पो बिनाको बाँस काट्नु उँभौली पर्व नै पर्खनु पर्दछ। कहिल्यै नकाटिने घारीहरूबाट सुकेका, ढलेका बाँस हटाउने काम पनि वर्षमा एक पटक मात्र हुने गर्छ। काटिएका बाँसका टुक्राहरू प्रसादको रुपमा बाँडिने भएकाले बुढासुब्बाको बाँस काटिनु पर्वको तयारीको संकेत बन्दै आएको छ।

सत्रौँ पुस्ताका वर्तमान पुजारी उत्तम आले मगर भन्नुहुन्छ ‘भक्तजनहरू बाँसका टुक्रा घरमा राख्दा अनिष्टबाट रक्षा हुने विश्वास गर्दछन्, उहाँहरूलाई उँभौलीका दिन हुने विशेष पूजापछि हामी प्रसादका रुपमा बाँसका हाँगाहरू वितरण गर्दछौँ।’ वडा १४ विजयपुरको वडाध्यक्षका एमाले उम्मेदवार पनि रहेका पुजारी आले आइतबार मतगणनाको …

उँभौलीः बुढासुब्बाको टुप्पो बिनाका बाँस काटिँदै
0 comment
0 FacebookTwitterEmail

गठबन्धनबाट बाहिरिएर धरानमा चुनावी घरदैलोमा लागिसकेका जनता समाजवादी पार्टीका नगर प्रमुख, उपप्रमुखका उम्मेदवारले मंगलबार गठबन्धनलाई सघाउन उम्मेदवारी फिर्ता लिएर निस्क्रिय बनाएको घोषणा गरेका छन्। लोकतान्त्रिक बाम गठबन्धनद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा जसपाको प्रत्याशी बनेका ताजुब लिम्बुले भन्नुभयो ‘केन्द्रीय तहको गठबन्धनको उद्देश्य प्राप्तिका लागि हाम्रो उमेदवारी फिर्ता लिएर निस्क्रिय भएको घोषणा गर्दछौ।‘

यसअघि स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धन भए पनि धरानमा जनता समाजवादी पार्टी बाहिरिएर अलग्गै चुनाव प्रचारमा लागेको थियो। धरानमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीबीच चार दलीय गठबन्धन बनेको थियो। एकीकृतबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रेवतीरमण राई र अमृता सुनारले फिर्ता लिए पनि

धरानमा गठबन्धनलाई सघाउन जसपाको उमेदवारी निस्क्रिय
0 comment
0 FacebookTwitterEmail

वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी धरानमा अलग्गै चुनावमा जाने भएको छ। धरानमा जनमोर्चाको संगठन नभएकोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बिच चार दलीय गठबन्धन बनेको थियो। उम्मेदवार मनोनयनपत्र फिर्ता लिने अन्तिम दिन शुक्रवार जनता समाजवादीको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता नगरी गठबन्धनबाट बाहिरिएको हो।

धरान निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, सोही पार्टीका उपप्रमुख अमृता सुनारले उम्मेदवारी फिर्ता लिनुभयो। एकीकृत समाजवादी चार दलीय गठबन्धनको सहयात्री हो। तर जनता समाजवादीबाट नगर प्रमुखका ताजुब लिम्बू र …

धरानमा जनता समाजवादी गठबन्धन बाहिर
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved