Home » Archives for तारा वाग्ले » Page 2
Author

तारा वाग्ले

कतै आवश्यकता भन्दा बढी त कतै अभाव रहेको कर्मचारीको दरबन्दी पुनरावलोकन गर्नेतर्फ सरकारी कार्यालयहरूले उदासीनता देखाएका छन्। सरकारी कार्यालयहरूको सुस्त कार्यशैली कै कारण सरकारले चालू आर्थिक वर्षको बजेटमा कर्मचारी प्रशासनलाई छरितो बनाउन गरेको घोषणा समेत अपूरै रहने देखिएको छ।  सार्वजनिक प्रशासनमा विद्यमान संरचना र कर्मचारीको दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रयासरत रहेको दाबी गर्छ तर प्रगति भने अपेक्षित छैन।

मन्त्रालयले सरकारी निकायहरूमा कर्मचारीको दरबन्दी पुनरावलोकन गर्न गत मङ्सिर भित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सर्भे गरिसक्न सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई परिपत्र गरेको थियो। तर हालसम्म दुई बटा सरकारी कार्यालयले मात्र ओएनएम सर्भे

0 comment
0 FacebookTwitterEmail

भिजिट भिसामा विदेश जाने र उतै लुकेर बस्ने वा अलपत्र क्रम बढेपछि सरकारले भिजिट भिसाका नियमहरू फेरेको छ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले ६ बुँदे नयाँ व्यवस्था सहितको  ट्राभल एडभाइजरी जारी गरेको छ। आज बुधवार देखि लागू हुने गरी जारी गरिएको नयाँ नियम अनुसार अब भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी (पासपोर्ट) तथा गन्तव्य देशको भिसा र दुईतर्फी टिकट हुनुपर्नेछ।

विभागले हिजो मङ्गलवार भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदामा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको थियो।  जसअनुसार भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग …

0 comment
0 FacebookTwitterEmail

सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गरेपछि माघ ८ सम्म पाँच लाख ९९ हजार ६ सय श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन्।  गत चैत ८ गते सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूलाई पनि  सामाजिक सुरक्षा योजना ल्याएको थियो। कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रमप्रति श्रमिकहरूको आकर्षण देखिन थालेको छ। तर, त्यसको  निरन्तरतामा भने चुनौती देखिएको छ।

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरेको छ।  जसका कारण वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९०

0 comment
0 FacebookTwitterEmail

 पछिल्लो समय नेपालको कर्मचारी प्रशासनमा परिवर्तनको लहर देखिन थालेको छ। निजामती सेवाको पद शृङ्खलाको सिँढीमा महिलाले थप एक फड्को मारेका छन्। कर्मचारी प्रशासनको इतिहासमै पहिलो पटक परराष्ट्र मन्त्रालयको नेतृत्व महिलाको पोल्टामा परेको छ भने समग्र निजामती प्रशासनको बागडोर एकै पटक ९ जना महिलाले सम्हालेका छन्। विभिन्न सेवामा ७४ जना विशिष्ट श्रेणीको दरबन्दीमा पहिलो पटक १२ प्रतिशत अर्थात् ९ जना महिलाले नेतृत्व गर्ने अवसर पाएका छन्।

परराष्ट्र मन्त्रालयको रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव सेवा लम्साल सिफारिस भएसँगै महिला सचिवको सङ्ख्या ९ पुगेको हो। यही साता लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्र तर्फ

0 comment
0 FacebookTwitterEmail

हामीलाई लाग्छ नजिकका नातागोता, आफन्त इष्टमित्र तथा चिनजानका व्यक्तिबाट यौनजन्य दुर्व्यवहार, हिंसा तथा असुरक्षाका घटना हुन सक्दैन । तर वास्तविकता भने निकै भयानक छ । महिला तथा बालबालिका विरुद्ध हुने विभिन्न हिंसा तथा यौन दुर्व्यवहारका अधिकांश घटना नाता–सम्बन्ध र चिनजानका व्यक्तिबाटै हुने गर्छ ।

प्रहरीको तथ्याङ्क अनुसार  ८८.२ प्रतिशत नाता–सम्बन्ध र चिनजानका व्यक्तिहरू नै यस्ता घटना भइरहेका छन् । प्रहरीको  एक वर्षको अध्ययनले नाता–सम्बन्धबाटै  भएका यौनजन्य हिंसाका घटनाको भयानक चित्रण गरेको छ । प्रहरीले एक वर्षमा ८८.२ प्रतिशत अर्थात् तीन हजार दुई सय ४३ जना चिनजानका अभियुक्तलाई पक्राउ गरेको छ । जसमा आठ सय १० जना पारिवारिक नातासँग जोडिएकै व्यक्ति …

0 comment
0 FacebookTwitterEmail

हेलो सरकार ! कसरी राहदानी फाराम भर्ने? कसरी रिचार्ज गर्ने ? बत्ती धेरै जाने आउने भयो किन हो ?  ‘सरकारी कर्मचारीले रुखो व्यवहार गर्छन्,  कसरी राम्रो सेवा पाउने? कर्मचारी कार्यालय समयमा कार्यालयमा  उपस्थित भएनन्, काममा ढिलासुस्ती भयो,  स्थानीय तहमा किन विकास निर्माणको कार्य चुस्त भएन ?

यी गुनासा तथा प्रश्नहरू सरकारी सेवा प्रदान गर्न बसेका कर्मचारीको कार्यशैली तर्फ लक्षित गरी नगरिकले उठाएका  केही उदाहरण मात्र हुन । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम जनताका गुनासा सम्बोधन गर्न भनी २०६८ सालमा हेलो सरकार सेवा सुरु गरेपछि आम सर्व साधारणले यसरी प्रश्न तथ गुनासो गर्ने ठाउँ पाएका  थिए ।

नागरिकको गुनासो सुनेर …

0 comment
0 FacebookTwitterEmail

सहसचिव राधिका अर्याल सचिवमा बढुवा हुनुभएको छ  । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फबाट वरिष्ठताका आधारमा बढुवा गर्ने निर्णय गरेको हो । साथै बैठकले प्राविधिकतर्फबाट विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिवहरू दामोदर रेग्मी र अर्जुनजंग थापा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बन्नुभएको हो।

शाखा अधिकृतबाट  सिधै सहसचिवमा फड्को मार्नुभएकी सचिव राधिका अर्यालले यसअघि  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी सम्हाल्नु भएको थियो। २०६१ सालमा शाखा अधिकृतको पदबाट सेवा प्रवेश गर्नुभएकी अर्याल खुला प्रतिस्पर्धाबाट …

0 comment
0 FacebookTwitterEmail

सरकारले संशोधित भू उपयोग नियमावली स्वीकृत गरेर जग्गाको कित्ताकाट खुलाए लगत्तै  घरजग्गाको कारोबारमा वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको  तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको देखाएको छ।

सरकारले गत साउनको अन्तिम साता भू उपयोग नियमावली– २०८० स्वीकृत  कित्ताकाट खुलाउने निर्णय  कार्यान्वयनमा लगेको थियो। घरजग्गा व्यवसायीको माग बमोजिम सरकारले कित्ताकाट खुकुलो गरिदिएपछि घरजग्गा कारोबार बढ्न थालेको हो। विभागको  तथ्यांक अनुसार असोज महिनामा मात्र देशभरका मालपोत कार्यालय ३९ हजार ८ सय ८१ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ।

यस्तै, चालु आर्थिक वर्षको भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो। भदौको तुलनामा असोजमा …

0 comment
0 FacebookTwitterEmail

सरकारले दशैको लागि सप्तमी देखि मात्र बिदा दिन्छ। तर सरकारी कर्मचारीलाई भने दशैले एक साता अघिदेखि नै छोइसक्यो। कतिपय कर्मचारीहरू काजको बहनामा, कतिपय दसैँ सपिङको बहानामा त कतिपय कर्मचारीहरू दसैँमा घर जाने तारतम्य मिलाउने बहानामा धमाधम बिदा लिएर बस्न थालेका छन्।

दसैँको सार्वजनिक बिदा सुरु नहुँदै सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरूका कर्मचारीलाई बिदा मिलाउने सजिलो माध्यम बनेको छ काज बिदा। आफू कार्यरत रहेको कार्यालय नियमित आउन नसके पनि काजमा अन्य कार्यालय गएर काम गर्न काज बिदा लिएको भनेर उम्किन्छन्।

काजको बहानामा ३२८ कर्मचारी घुमघाममा मस्त

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार काठमाडौँका विभिन्न सरकारी निकाय र कार्यालयका ३२८ कर्मचारीले काज बिदा स्वीकृत …

0 comment
0 FacebookTwitterEmail

तीन दिनसम्म वार्ता भएपछि अन्ततः सरकारले कर्मचारीका मागहरुमा सहमति जनाएको छ। आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको छ। आन्दोलनरत कर्मचारीका माग सरकारले पूरा गरिदिएपछि कर्मचारीले आन्दोलन फिर्ता लिएका छन्। देशभरका स्थानीय तहका कर्मचारी काठमाडौ आएर दुइ हप्ता अघिदेखि आन्दोलन गरेका थिए।

संघीय राजधानी काठमाडौंमा विभिन्न माग राखेर आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच बिहीबारदेखि शनिबारसम्म निरन्तर वार्ता भएपछि सहमति जुटेको हो। विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीले उठाएका अधिकांश माग संघीय निजामती ऐन तथा प्रदेश निजामती सेवा ऐनमा समेट्ने सहमति भएको छ।

सरकारको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव …

तीन दिनसम्म वार्ता गरेपछि कर्मचारीका माग सुन्यो सरकारले, के-के भयो सहमति?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved