Home » Archives for तारा वाग्ले » Page 3
Author

तारा वाग्ले

सङ्घीय निजामती ऐन निर्माणको प्रक्रिया सुरु गरिए पनि सो ऐनको टुङ्गो नलाग्दा कर्मचारी प्रशासन अस्तव्यस्त बनेको छ। विधेयक निर्माण भएर पनि सदनमा पेस हुन नसक्दा एकातिर कर्मचारीहरूमा आक्रोश बढेको छ भने अर्कोतिर सरकारी सेवाहरू सुचारु हुन सकेका छैनन्। देशको स्थायी सरकार मानिने कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्ने कानुन नै बन्न नसकेपछि कर्मचारीहरू रुष्ट त छन् नै उनीहरूले त्यही बहानामा काम नगर्दा प्रशासनिक क्रियाकलाप समेत ठप्प छन्। कर्मचारीका नेताको दबाबमा आएर सरकारले ठोस निर्णय लिन नसक्दा विधेयक सिंहदरबारमै अल्झिएको छ भने स्थानीय तहका कर्मचारीहरू राजधानीका सडकमा आएर रुमल्लिएका छन्।

भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको …

निजामती सेवा ऐनमा सधैँको किचलो: किन थापिन्छ अड्को ? के चाहन्छन् कर्मचारी ?
0 comment
0 FacebookTwitterEmail

सङ्घीयता आएपछि नागरिकले प्रभावकारी सरकारी सेवा र जनमुखी विकासको स्वाद चाख्न पाउनेछन् भन्ने धेरैको आशा थियो। तर सङ्घीयता पछि गठित स्थानीय निकायहरू भ्रष्टाचारको अखडा बनेका छन्। पछिल्लो समय हरेक दिन कुनै न कुनै स्थानीय सरकारका कर्मचारी तथा जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारका उजुरीहरू आउन थालेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार मात्र प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले रोल्पाको गङ्गादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसहित १३ जनाविरुद्ध सोलर पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) यादव, योजना अधिकृत (सहायक पाँचौँ) …

स्थानीय सरकार कसरी बन्यो भ्रष्टाचारको अखडा? किन भए कर्मचारी र जनप्रतिनिधि बेलगाम?
0 comment
0 FacebookTwitterEmail

मंगलबार अधिकांश कर्मचारी र सांसदको  ध्यान मन्त्रिपरिषद् बैठकमा केन्द्रित थियो। संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषद्‌बाट पारित हुन्छ र छिट्टै संसदमा टेबुल हुन्छ भन्ने धेरैको आँकलन थियो। किनभने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती कर्मचारी विधेयकलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको थियो। तर मंगलबारको बैठकले सो विधेयक पारित गर्न सकेन। जसको कारण विधेयक संसदमा छिट्टै पेश हुने र ऐनको रुपमा आउने अपेक्षा गरिएको विधेयक अझै पछि धकेलिएको छ।

प्रधानमन्त्री प्रचण्डले सोमवार राष्ट्रियसभा बैठकमा बोल्दै संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताउनुभएको थियो। उहाँले संघीय निजामती ऐनलाई अन्तिम रूप दिइएको बताउँदै त्यसलाई …

0 comment
0 FacebookTwitterEmail

जग्गा कित्ताकाट सम्बन्धी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा गएको छ ।  मन्त्रिपरिषद्ले संशोधित भू उपयोग नियमावली स्वीकृत गरेर जग्गाको कित्ताकाट खुवाएलगत्तै स्थानीय निकाय पनि जग्गा वर्गीकरण कार्यमा जुट्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जग्गामा कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने बताएपछि  सबै पालिका तथा स्थानीय तहले एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भएको हो  ।

प्रधानमन्त्रीले भूउपयोग नियमावली– २०८० स्वीकृत गर्नुअघि नै व्यावसायीलाई कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन हुने आश्वासन दिनुभएको थियो । गत मंगलबार मन्त्रिपरिषद्ले  भूउपयोग नियमावली –२०८० स्वीकृत गरी कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सो निर्णय गर्नु अघि नै निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री समक्ष जग्गाको कित्ताकाट

0 comment
0 FacebookTwitterEmail

राम्रो काम गर्नेलाई टिक्नै नदिने र विभिन्न बहानामा पद खोस्ने प्रवृत्तिको शिकार हुनुभएको छ निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी। मोदीलाई माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार फिर्ता बोलाएको थियो। समग्र कर्मचारी प्रशासन र मन्त्रालयका कृयाकलापमा सुधारका काम थालेका मोदीलाई आफ्नै पार्टीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  फिर्ता बोलाएर उहाँको स्थानमा जनमत पार्टीकी अनिता देवीलाई ल्याउनुभएको हो।  सोमबार बिहान १० राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथग्रहण गरेसँगै मोदीको कार्यभार अनितादेवीको काँधमा सरेको छ।  प्रधानमन्त्री प्रचण्डले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा आफ्नै पार्टीका युवा नेता अमनलाल मोदीलाई नियुक्त गर्नुभएको थियो।

राजनीतिक सौदाबाजीमा नअलमलिइकन कर्मचारीतन्त्रलाई जनमुखी र

0 comment
0 FacebookTwitterEmail

कर्मचारी सरुवामा भेदभाव र अन्यायपूर्ण व्यवहार गर्ने भनेर आरोप खेपिरहेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यसपटक भने सीमित कर्मचारीको दबाब र प्रभावमा नपरी न्यायपूर्ण सरुवा प्रक्रिया शुरु गरेको छ । पहुँचवाला कर्मचारीहरूको हालीमुहाली रहेको सिंहदरबारमा अब वर्षौँसम्म दुर्गममा बस्न बाध्य कर्मचारीको पनि पहुँच पुग्ने भएको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरूलाई उनीहरूकै रोजाइअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गर्ने प्रक्रिया थालेको हो ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको निर्देशनमा सरुवाका लागि सोर्सफोर्स लगाउन नसक्ने कर्मचारीहरूलाई उनीहरूले रोजाइअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरिएको हो । मन्त्री मोदीले  पहिलो चरणमा नायब सुब्बाहरूको  दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका

0 comment
0 FacebookTwitterEmail

कृषि कर्म गर्नेहरूका लागि असार साउन महिनामा बाली लगाउने चटारो भएजस्तै कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालयलाई साउन र भदौमा कर्मचारी सरुवाको चटारो हुन्छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अहिले कर्मचारीलाई उनीहरूको रोजाइ अनुसार सरुवा गराउन भ्याइनभ्याइ छ। तर केही कर्मचारीलाई खुशी पार्न खोज्दा धेरै कर्मचारी अन्यायमा पर्ने हुँदा मन्त्रालयले आफ्नो कामको जस भने कहिल्यै पाएको छैन। यसपटक पनि मन्त्रालयले सबै कर्मचारीलाई र सबै भौगोलिक क्षेत्रलाई न्याय हुनेगरि सरुवाको व्यवस्था मिलाउन सकस हुने देखिएको छ।

मन्त्रालयले ‘काठमाडौंमा तीन वर्ष काम गरिसकेका कर्मचारीलाई उपत्यका बाहिर पठाउन र एकैपटक एकै कार्यालयका कर्मचारीको सरुवा नगर्नु’ भन्ने  सुझाव अनुसार कर्मचारीलाई सरुवाको निवेदन दिन आह्वान गरेको

0 comment
0 FacebookTwitterEmail

निजामती कर्मचारीको सरुवा प्रक्रिया मनलाग्दी शैलीमा अपारदर्शी र विभेदकारी हुने गरेको भनेर चौतर्फी आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास थालेको छ।

कर्मचारीको सरुवालाई व्यवस्थित बनाउन भन्दै गठन गरिएको ‘सरुवा व्यवस्थापन कार्यदल’ ले कर्मचारी सरुवा अनलाइन प्रणालीबाट गर्न सुझाव दिएको छ। कार्यदलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई कर्मचारी सरुवा सम्बन्धमा सफ्टवेयर प्रयोग गर्नुपर्ने भन्दै सरुवा प्रणालीमा सुधारका लागि विभिन्न सुझाव समेटिएको प्रतिवेदन बुझाएको हो।

कर्मचारी प्रशासनभित्र सरुवाको निश्चित मापदण्ड तोक्न र सरुवा प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक सुझाव दिनुपर्ने जिम्मेवारी तोकेर मन्त्रालयले जेठ २९ गते सहसचिव बलराम रिज्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। …

कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप, व्यवस्थित सरुवा गर्न यस्ता छन् सुझाव
0 comment
0 FacebookTwitterEmail

यतिबेला निजामती प्रशासनमा मन्त्री र कर्मचारीहरूबीच विभिन्न माग र मुद्दालाई लिएर खैलाबैला मच्चिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको समग्र कर्मचारी प्रशासनप्रति, उच्च तहका कर्मचारीको मन्त्रीप्रति, पूर्व सचिवहरूको सरकारप्रति तथा स्थानीय तहका कर्मचारीको मन्त्रालयप्रति असन्तुष्टि बढेको छ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव मुछिएपछि शुरु भएको वैचारिक मनमुटाव सचिवको हाजिरीमा मन्त्रीको रातो घेराको प्रसंग तथा स्थानीय तहका कर्मचारीको मनलाग्दी सरुवाको विषयसम्म पुगेको छ।

सरकारका पूर्व सचिवहरू तथा कर्मचारी युनियनहरूले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने प्रकरणको अनुसन्धानका क्रममा राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका छन्। त्यस्तै संघीय मामिला तथा सामान्य

0 comment
0 FacebookTwitterEmail

मन्त्रिपरिषद्को गत मङ्गलवार बसेको बैठकको निर्णय अनुसार महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मी बस्नेतको सचिवमा बढुवा भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि सिफारिस गरेको थियो। बस्नेत कर्णाली प्रदेशबाट सचिव हुने पहिलो महिला हुनुहुन्छ। साथै निजामती सेवामा प्रवेश गरेको समयावधिका आधारमा सबैभन्दा छिटो सचिव हुनेमा पनि उहाँको नाम अंकित भएको छ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved