Home » Archives for तारा वाग्ले » Page 4
Author

तारा वाग्ले

सहकारी क्षेत्रका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गरिदिन उपाय खोज्न भन्दै गठन गरिएको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी सञ्चालककै हित हुने आशयको प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि कार्यदलले २७ बुँदे सुझाव पेस गर्दै प्रारम्भिक प्रतिवेदन बुझाएको हो । तर प्रतिवेदनले जनताको अर्बौं बचत अपचलन गरी फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई तत्काल कारबाहीको दायरामा ल्याउने सम्बन्धमा भने स्पष्ट र व्यवहारिक सुझाव दिएको छैन। प्रतिवेदन हेर्दा सहकारी पीडित बचतकर्ताहरूको पीडामा सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले मलम लगाउन सक्ने आधार देखिँदैन।

कार्यदलले  प्रतिवेदन सहकारी पीडितको माग पूरा गर्ने नभइ सहकारी सञ्चालककै

0 comment
0 FacebookTwitterEmail

ललिता निवास जग्गा प्रकरणमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेसँगै कर्मचारीहरूमा असन्तुष्टि सिर्जना भएको छ । तल्लो तहमा रहेर टिप्पणी उठाउने तथा राय दिने कर्मचारीहरूमा काम गर्ने क्रममा निराशा  छाएको तथा निर्णय गर्ने तहमा रहेका कर्मचारीले स्वविवेकमा निर्णय गर्न डराएको भनेर टिप्पणी हुन थालेको छ ।

आइतबार पक्राउ परेका सचिव राउतले  तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको शाखा अधिकृत हुँदा  १७ असार २०६७ मा बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार र मोहीलाई जग्गा बाँड्नेसम्बन्धी प्रस्ताव ‘मन्त्रिपरिषद्‌मा लैजान उपयुक्त हुने’ भनी राय लेखेका थिए । किर्ते कागजातका कारण ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा

0 comment
0 FacebookTwitterEmail

नेपाली जनताले एक दशकदेखि माग गर्दै आइरहेको ‘राइट टु रिजेक्ट’ अधिकार अब भने पूरा हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकका विषयमा छलफल गर्दै ‘राइट टु रिजेक्ट’ अर्थात् नो भोटको व्यवस्था लागू गर्नुपर्ने निर्णय गरेको छ । साथै आयोगले अदालतको आदेश कार्यान्वयन गर्ने गरी कानुन बनाउने तयारी पनि थालेको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गर्दै नो भोटको व्यवस्था लागू गर्नुपर्ने निर्णय गरेको हो । विधेयकको मस्यौदामा ‘राइट टु रिजेक्ट’ व्यवस्था गरिएको र उक्त व्यवस्थाका लागि दलहरू पनि सहमत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।…

खुल्यो ‘राइट टु रिजेक्ट’ अधिकारको बाटो
0 comment
0 FacebookTwitterEmail

बचतकर्ताको अर्बाै रकम ठगी गरेर फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष तथा तथा शिखर अर्गनाइजेसनका सञ्चालक केदारनाथ शर्मालाई प्रहरीले प्रकाउ गरेपछि शर्माले बचतकर्ताको साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको तथ्य खुल्यो। लामो समयसम्म फरार शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) असार ११ गते प्रकाउ गरी कानुनी कारबाही अघि बढाएको छ।

भक्तपुरमा केन्द्रिय कार्यालय तथा नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सो सहकारीले एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ताको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको प्रहरीको ठहर छ।

सहकारी संस्थामा हुने ठगीको सिलसिला दशकअघिदेखि नै चल्दै आएको छ। तर शिवशिखरका केदारनाथ शर्मा …

सहकारीमा मनोमानीः नीति भएर पनि थिति नहुँदा बचतकर्ताको अर्बौं रकम जोखिममा
0 comment
0 FacebookTwitterEmail

निजामती कर्मचारी कतिसम्म अटेरी छन् र आफ्नो मनोमानी गर्छन भन्ने  कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केहीबेर निरीक्षण गर्दा प्रष्ट हुन्छ। सर्वसाधारण सेवाग्राहीबाट मात्र होइन कर्मचारीवृत्तबाटै कर्मचारी समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो दिनहुँजसो आउँछ। कर्मचारीको अनुशासन र आचरणमा निरन्तर प्रश्न उठेपछि गरिएको छड्के निरीक्षणमा एउटा मन्त्रालयमा मात्र एकैपटक १०३ जना कर्मचारी  कारबाहीमा परेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार आन्तरिक छड्के अनुगमन गर्दा  १०३ कर्मचारी कारबाहीमा परेका हुन्। कर्मचारी प्रशासनको समग्र व्यवस्थापन र सुधारको जिम्मेवारी पाएको मन्त्रालयमा कार्यरत कर्मचारीसमेत नियमित कार्यालयमा नभेटिने अवस्था छ भने अन्य कार्यालयमा त झन् कार्यालय समयमा कर्मचारीलाई भेट्नै मुस्किल …

सुधारको पहल गर्नुपर्ने निकायकै कर्मचारी अटेरी
0 comment
0 FacebookTwitterEmail

एकपटक मस्यौदा सार्वजानिक भएर पनि संसद्मा पेस हुन नसकी मन्त्रालयमै थन्किएको संघीय निजामती सेवा ऐन पुनः लेखनकार्य सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो ऐनका बारेमा मन्त्रीपरिषद्मा समेत कुरा उठाइसकिएको छ भने सहमतिका लागि कानुन र अर्थ मन्त्रालयमा पठाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सबै कर्मचारीको हित हुने गरी निजामती सेवा ऐन बनाएर सहमतिका लागि अरु मन्त्रालयमा पठाएको जानकारी दिनुभयो।

मन्त्रालयले बिहीबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा मन्त्री मोदीले आफू मन्त्री भएपछिको मुख्य काम नै निजामती सेवा ऐन ल्याउनु र प्रशासनभित्र सुशासन कायम गराउनु भएकाले यसअघि आफ्नो कारणले निजामती सेवा ऐन नरोकिएको …

0 comment
0 FacebookTwitterEmail

भक्तपुरस्थित सुमार्ग बचत तथा ऋण सहकारीले बचतकर्ता नवराज खड्कालाई १९ लाख ५१ हजार रुपैयाँ फिर्ता लिन जाँदा बचत फिर्ता गरेन। सहकारीले आफ्नो रकम डुबाइदिएको भन्दै बचत फिर्ता गराउन कहिले प्रहरी त कहिले सहकारी विभाग धाइरहनुभएको छ। भक्तपुरकै शुभ बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरू रमेश कोइरालाको ५ लाख ५० हजार, श्यामसुन्दर गुभाजुको १६ लाख, राम मानन्धरको ५ लाख, कृष्ण पौडेलको २० लाख तथा रामचन्द्र दुलालको १ लाख ठगी गरेको भन्दै बचतकताले प्रहरीमा उजुरी गर्नुभएको छ।

त्यस्तै कौशलटारको नवजीवन बहुउद्देश्यीय सहकारीले आफ्नो ६ लाख ५० हजार फिर्ता नदिएएको भन्दै कमलकृष्ण तिमल्सेनाले दुःखेसो पोख्नुभयो। पहिले पनि ठगीमा मुछिएको सो संस्थाले गत फागुनमा …

बचतकर्ताको आँसुमा सहकारी सञ्चालकको मस्ती, नियमन निकाय मूकदर्शक
0 comment
0 FacebookTwitterEmail

सरकारले आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्न दशक अघि देखि गरिएका प्रयास यसपटक पनि जारी राखेको छ। आगामी अर्थिक वर्षमा सरकारी खर्च कटौति गर्न सरकारले कर्मचारीलाई दिइँदै आएका भत्ताहरूकटौति गर्ने जनाएको छ। यही जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीलाई प्रदान गरिने अतिरिक्त र प्रोत्साहन भत्ता खारेज गर्ने घोषणा गरेको हो।

सरकारले चालू खर्चको चाप धान्न मुस्कील भएको अवस्थालाई मनन गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ देखि सबै प्रकारका प्रोत्साहन, अतिरिक्त समय भत्तालगायतका भत्ता खारेज गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को …

0 comment
0 FacebookTwitterEmail

स्थानीय निकाय तथा मन्त्रालयमातहतका सरकारी कार्यालयहरूले माथिल्लो तहबाट प्राप्त आदेश वा परिपत्रको कतिसम्म अवज्ञा गर्छन् भन्ने कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालय तथा स्थानीय तहलाई दिएको पटकपटकको निर्देशनले छर्लङ्ग हुन्छ। निजामती कर्मचारीहरूले तोकिएको जिम्मेवारी पूरा गरे–नगरेको, सरुवा भएको ठाउँमा पुगे–नपुगेको तथा नियमसंगत काम गरे–नगरेकोबारे बुझ्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी चार महिनादेखि प्रयासरत हुनुहुन्छ। तर सम्बन्धित कर्मचारीले मात्र होइन अन्य मन्त्रालय र मातहतका निकायले समेत मन्त्रालयको निर्देशन अटेर गरिरहेका छन्।

मन्त्रालयले देशभरका कर्मचारीहरू कहाँ, कति र कस्तो अवस्थामा कार्यरत छन् भनेर जवाफ माग्दै सम्बन्धित कार्यालयलई गत माघयता चारपटक परिपत्र जारी गर्याे। तर कुनै पनि …

मन्त्रालयले गर्छ महिनैपिच्छे पत्राचार र ताकेता, कर्मचारीले नै टेर्दैनन् मन्त्रीको निर्देशन
0 comment
0 FacebookTwitterEmail

आगामी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव कार्यान्वयन गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले  आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाब कार्यान्वयन गर्ने बताउनुभएको हो।

साथै  सो आर्थिक वर्षमा उच्च स्तरीय प्रशासन सुधार आयोग समेत गठन हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३० हजार  बनाउन दुई महिना अघि सरकारलाई सुझाव दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाललाई कर्मचारीको तलब बढाउन दिइएको सुझावमा आयोगले सरकारी कर्मचारीको विद्यमान तलबले समयानुकूल जीवनयापन गर्न कठिन भएको निचोड निकाल्दै आधारभूत …

उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाब कार्यान्वयन गर्ने सरकारको घोषणा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved