Home » Archives for सुरेन्द्र भण्डारी/झापा » Page 4
Author

सुरेन्द्र भण्डारी/झापा

इलामका दश वटा स्थानीय तहमा एक अर्ब भन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षणको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सबैभन्दा धेरै बेरुजु माई नगरपालिकामा देखिएको हो। यो नगरमा ४६ करोड ८६ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको हो। यता कम बेरुजु हुने पालिकामा चुलाचुली गाउँपालिका रहेको छ। यो पालिकामा ५ करोड ८७ लाख १० रुपैयाँ बेरुजु देखिएको छ।

माई नगरपालिकापछि धेरै बेरुजु इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकामा देखिएको छ। माई नगरपालिकामा २२ करोड ८० लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ भने माई जोगमाई गाउँपालिकामा १५ करोड ८७ लाख ९२ हजार रुपैयाँ …

इलामका १० स्थानीय तहमा एक अर्ब अठ्चालिस करोड बेरुजु
0 comment
0 FacebookTwitterEmail

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल साइकल चढेर नगरपालिका गएको विषयले केही सयम अघि निक्कै चर्चा पायो। २०७६/०७७ को नगरसभाले नगर प्रमुखका लागि सवारी खरिदमा छुट्याएको ६० लाख रूपैयाँ मध्ये ३० लाख रूपैयाँ कनकाई पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्न लगानी गरेपछि उनको चर्चा अझै चुलियो। कनकाई नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले प्रदान गरेको एक थान जीप (रातो रंगको हलुका सवारी) इलाका प्रहरी कार्यालय सुरुङ्गालाई प्रदान गर्दै साइकल चढेर कार्यालय पुग्ने गरेका नगर प्रमुख पोखरेलका नगरमा इन्धन मात्रै ५३ लाख भन्दा बढी रूपैयाँको खरिद गरेको पाइएको छ।

इन्धनका नाममा नगरले यतिका रकम खर्च गरेको पाइएसँगै महालेखा परीक्षकको कार्यालयले इन्धन खर्च मितव्ययी बनाउन निर्देशन …

स्वाङ भन्दा भ्वाङ ठूलो: साइकल चढ्ने मेयरको नगरमा इन्धन खर्च मात्रै ५३ लाख
0 comment
0 FacebookTwitterEmail

बिर्तामोड नगरपालिकाको बेरुजु रकम ३३ करोड २८ लाख १८ हजार पुगेको छ। महालेखा परीक्षकको कार्यालय , प्रादेशिक लेखा परीक्षण महानिर्देशनालय प्रदेश नम्बर १ ले बिर्तामोड नगरपालिकाको लेखा परीक्षण गर्दा उक्त रकम बेरुजु पाइएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण र अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखा परीक्षण गरिएको थियो। गत असार २० गते महानिर्देशनालयले बिर्तामोड नगरपालिकालाई बुझाएको लेखा परीक्षण प्रतिवेदनमा यति ठूलो रकम बेरुजु भएको खुलेको छ।

नगरपालिकाको गत वर्षको १५ करोड १६ लाख २७ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्‌परीक्षणबाट फछ्यौट एवम् यो वर्ष कायम भएको बेरुजु समेत जोडेर कूल बेरुजुको अङ्क …

बिर्तामोड नगरपालिकाको बेरुजु ३३ करोड
0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रदेश १ का ९६ जना कृषकले पाउने  अनुदान रकम रोकिएको छ। मुगा मालबासे डिही कृषक समूह धनकुटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’ विकेन्द्रिकृत आयोजना सहयोग इकाई विरुद्ध २०७९ साल जेठ ४ गते  रिट दायर गरेको थियो।

विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना मार्फत लक्षित समुदायलाई कार्यक्रमबाट बञ्चित गराई लक्षित समूह भन्दा बाहेकका अन्य फर्म तथा निजी कम्पनीलाई कार्यक्रममा सहभागी गराएको भन्दै मुगा मालबासे कृषक समूहले सर्वोच्चमा रिट दायर गरेको थियो।

सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम किनारा नलागुन्जेल सम्मका लागि रकम …

सर्वोच्चको अन्तरिम आदेशबाट अनुदान रोकिएका किसानको विचल्ली, आन्दोलनको तयारी
0 comment
0 FacebookTwitterEmail

झापाका स्थानीय तहले संघीय सरकारले गत २५ जेठमा गते जारी गरेको भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्न नसक्दा जग्गाको कित्ताकाट बन्द छ। त्यससँगै झापामा जग्गाको कारोबार अहिले ठप्प प्राय: छ।

सरकारले जारी गरेको भूउपयोग नियमावली अनुसार जमिनको वर्गीकरण नभई कित्ताकाट गर्न पाइँदैन। भूउपयोग नियमावली जारी भएयता झापामा कुनै पनि जग्गाको कित्ताकाट नभएको मालपोत कार्यालय झापाका सूचना अधिकारी दीपेन्द्र खत्रीले बताउनुभयो। स्थानीय भूउपयोग परिषद्ले सिफारिस गरेको खण्डमा कित्ताकाट हुने व्यवस्था भए पनि झापाका कुनै पनि स्थानीय तहले त्यसखाले सिफारिस समेत नगरेको सूचना अधिकारी खत्रीको भनाइ छ।

भूउपयोग नियमावली कार्यान्वयन गर्न सरकारले १२ बुँदे निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयको बुँदा नम्बर १ …

जग्गाको वर्गीकरण नभएर झापामा कित्ताकाट बन्द, सेवाग्राही मारमा 
0 comment
0 FacebookTwitterEmail

झापा जिल्लामा १५ वटा स्थानीय तह छन्। त्यसमध्ये आठ नगरपालिका र सात गाउँ पालिका छन्। मुलुक संघीयतामा गएसँगै बनेको संरचना अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले आफ्नो पहिलो कार्यकाल पूरा गरेका छन् भने २०७९ सालमा भएको निर्वाचनपछि दोस्रो कार्यकालका लागि समेत जनप्रतिनिधि चुनिएर बजेट बनाएका छन्।
झापाका कतिपय पालिकाले संघीय सरकारका कार्यक्रमसँग बाझिने गरी कार्यक्रम ल्याएका छन्। दक्षिणी झापाको झापा गाउँपालिकाले नेपाल सरकारको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट नै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण भइसकेकोमा पालिकाबाट उस्तै प्रकृतिको कार्यक्रम बनाइ दोहोरो भत्ता वितरण गरिरहेको छ।

गाउँपालिकाले ८४ वर्ष माथिका नागरिकलाई अति ज्येष्ठ नागरिक घोषणा गर्दै ६ हजार …

झापाका स्थानीय तहमा बेथितिको चाङ
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved