Home » Archives for सुरेन्द्र भण्डारी/झापा
Author

सुरेन्द्र भण्डारी/झापा

फलाेअप स्टोरी:

सशस्त्र प्रहरी बल नेपाल कोशी (बराह बाहिनी) का प्रहरी नायव महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेलले आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने मानक स्थापना गर्ने बताएका थिए ।

गत मंसीर १८ गते झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्यको शुभारम्भ गर्दै डिआइजी पोखरेलले सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रूपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र ) ले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको हो ।

डिआइजी पोखरेल आफैँले खटाएका प्रहरी कुँवरले झापामा अवैध असुलीका लागि

झापामा डिआइजीका घुमुवाको दबदबा, डिएसपी कटुवालको संयोजकत्वमा बन्यो छानबिन समिति
0 comment
0 FacebookTwitterEmail

सशस्त्र प्रहरीका डिआइजी अञ्जनी पोखरेलका घुमुवा सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुँवरको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेका छन् ।
 
दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी रोक्न प्रहरी नायव निरीक्षक खड्का तस्कर नियन्त्रणमा उत्रिएसँगै सशस्त्र प्रहरीसँगको मिलेमतोमा हुँदै आएको काठ तस्करी रोकिएको हो । 

अर्जुनधारा–५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय झापालाई बुझाएसँगै सशस्त्र प्रहरी बल शनिश्चरे र सशस्त्र प्रहरी बल खुदुनावारीसँगको मिलेमतोमा लामो समयदेखि काठ तस्करी  हुँदै आएको विषय सतहमा आएको हो ।

सशस्त्र

काठ तस्करीलाई सशस्त्र प्रहरीले नै संरक्षण गरेपछि….. 
0 comment
0 FacebookTwitterEmail

वार्षिक १० अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने अलैंची खेती सरकारको उपेक्षामा परेको छ।

मुलुकमा संघीयता कार्यान्वयन भई तीन तहको सरकार बनेको यत्तिका वर्ष बिते पनि हालसम्म तीनै तहमा अलैंचीसम्बन्धी कुनै पनि नीति कानुन बनेका छैनन्। बर्सेनि अलैंची खेती विभिन्न समस्याले ओरालो लागिरहेका बेला यस क्षेत्रका समस्या सम्बोधन गर्न सरोकारवालाले अलैंचीको राष्ट्रिय नीति निर्माणमा जोड दिएका छन्।

नेपाल अलैंची व्यवसायी महासंघको आठौं साधारणसभामा उपस्थित कृषक तथा व्यावसायिक क्षेत्रका नेताहरुले अलैंची खेती र व्यवसायको विस्तार र प्रवद्र्धनका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए।

महासंघका अध्यक्ष निर्मल भट्टराईले तीनै तहका सरकार समक्ष अलैंची खेती तथा व्यवसायको संवद्र्धन, विकास र प्रवद्र्धनका कार्यलाई प्राथमिकतामा …

0 comment
0 FacebookTwitterEmail

झापाको बुद्धशान्ति गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा ८/८ आधारभूत तथा माध्यमिक विद्यालय छन्। ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ हजार ५ सय ४४ रहेको गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले जानकारी दिनुभयो।

शिक्षा क्षेत्रलाई नयाँ संरचनामा लगिएसँगै आधारभूत तह १–८ लाई मानिँदै आएको छ। तर, शिक्षाको पुरानो संरचनालाई आधार मान्दा कक्षा १ देखि कक्षा ५, कक्षा १ देखि कक्षा ८, कक्षा १ देखि कक्षा १० र कक्षा १ देखि कक्षा १२ सम्म यो गाउँपालिकाका ४/४ वटा विद्यालय सञ्चालनमा रहेको प्राविधिक सहायक भट्टराईको भनाइ छ। जहाँ निम्न आय भएका अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेको बताइएको छ।…

शैक्षिक गुणस्तर सुधारको प्रयास बुद्धशान्तिमा,  ‘हाम्री आमा, राम्री आमा’ कार्यक्रम लागू
0 comment
0 FacebookTwitterEmail

बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्यकर्मीको  लापरवाहीले बिरामीको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएकी सृजना संग्रौलाको मृत्यु भएको छ । उनको बुधवार अपरान्ह ३:४० मा मृत्यु भएको बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिनुभयो ।
बिर्तामोड १ स्थित २७ वर्षीया संग्रौलालाई प्रसूति गराउन गत साउन २७ गते मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भए लगत्तै सृजनाको शल्यक्रियापछि शिशु (छोरी) निकालिएको थियो । तर, शल्यक्रियाको एक घण्टापछि उच्च रक्तचापका कारण सृजनाको ब्रेन ह्यामरेज भएर त्यहाँ उपचार सम्भव नभएसँगै सृजनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल रिफर गरिएको थियो ।
यता सृजनाको शल्यक्रिया गर्ने चिकित्सक डा. एकराज गौतमको

स्वास्थ्यकर्मीको लापरवाहीले सृजनाको ज्यान गयो, ३५ लाख क्षतिपूर्ति
0 comment
0 FacebookTwitterEmail

नवजात शिशु र परिवारलाई राहतस्वरूप ३५ लाख रुपैयाँ दिने सहमतिपछि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा देखिएको विवाद समाधान भएको छ।

बिर्तामोड १ निवासी २७ वर्षीया सृजना संग्रौला खनालको प्रसूति गराउने क्रममा चिकित्सकले लापरबही गरेको भन्दै उहाँका आफन्तले दुई दिनदेखि अस्पतालमा आन्दोलन चर्काएका थिए। तर, अस्पताल प्रशासन र पीडित परिवारबीच भएको वार्ताका क्रममा सृजनाको उपचारमा लागेको सबै खर्च मनमोहन अस्पतालले व्यहोर्न, उनको परिवारलाई राहतस्वरूप २० लाख रुपैयाँ दिने र नवजात शिशु (छोरी) को स्वास्थ्य, शिक्षाका लागि १५ लाख रुपैयाँ बैंकमा जम्मा गर्नेलगायतका सहमतिपछि अस्पतालमा देखिएको विवाद समाधान भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिनुभयो।

साउन २७ गते अस्पताल भर्ना भएकी सृजनाको …

नवजात शिशु र परिवारलाई ३५ लाख दिने सहमति, आमाको भेन्टिलेटरमा राखेर उपचार हुँदै
0 comment
0 FacebookTwitterEmail

बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घर–घर पुगेर नष्ट गरेको छ।

बाह्रदशी गाउँपालिका– ७ स्थित डाँगीबारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा गाँजा खेती नष्ट गरेको हो। औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयले गाँजा खेती गर्दै निरीक्षक कटुवालले बताउनुभयो।

विशेष गरी आदिवासी समुदायले करेसावारीमा गाँजाखेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री बितरण गर्ने गरेको बताइएको छ।

गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागूऔषधको लतमा …

गाँजा खोज्दै घर-घरमा प्रहरी, दुई हजार रोपनी नष्ट
0 comment
0 FacebookTwitterEmail

बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनावर, हावाहुरीजस्ता विपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अर्बौं रुपैयाँको क्षति भएको छ।

आर्थिक वर्ष (आव) २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा विपद्जन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो। विपद्जन्य घटनाका कारण अघिल्लो आव २०७८/ ०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए। तर, आव २०७९/०८० मा यो संख्या बढेर ५७ पुगेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आर्थिक वर्ष यो अवधिमा ५ जनाले ज्यान गुमाएका थिए।

यता चट्याङका …

0 comment
0 FacebookTwitterEmail

 के तपाईँ अविवाहित हुनुहुन्छ ? यदि तपाईँ अविवाहित हुनुहुन्छ भने तपाईँ अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नु पर्ने भएको छ। झापाको बाह्रदशी गाउँपालिकाले  आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ।

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्ने भएपनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो। यस अघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएपनि आर्थिक वर्ष २०८०/२०८१ मा ५० रुपैयाँ शुल्क वृद्धि गरेको हो। त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २ सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न

अविवाहित प्रमाणित गर्न रु १०००।- मात्र
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनु भएको छ।  नेपाली कांग्रेस कोशी संसदीय दलका नेता समेत रहनु भएका थापा  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएसँगै मुख्य मन्त्रीमा नियुक्त हुनु भएको हो। थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार नियुक्त गर्नुभयो। थापालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदको समर्थन रहेको छ।
यस अघि पनि कोशी प्रदेशको मुख्य मन्त्रीमा थापा नियुक्त हुनु भएको थियो। तर, सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेका कारण २२ दिनमै मुख्यमन्त्रीबाट उहाँ बर्खास्त हुनु भएको थियो। तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved