Home » Archives for सुरेन्द्र भण्डारी/झापा » Page 3
Author

सुरेन्द्र भण्डारी/झापा

कोशी प्रदेश नामकरणको विषयलाई लिएर पूर्वमा आन्दोलन भुसको आगो झै फैलिदै गएको छ तर त्यसलाई समाधान गर्ने तर्फ कुनै गम्भीर कदम चालिएको देखिदैन। गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतका साथ कोशी प्रदेशको नाम पारित गरेसँगै पहिचान पक्षधरले आन्दोलन चर्काएका हुन्।

प्रदेशसभामा रहेका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेपछि प्रदेशको नाम राख्न आवश्यक पर्ने दुई तिहाइ बहुमत पुगेपनि राप्रपाले समेत कोशी प्रदेशमा समर्थन गरेपछि प्रदेशको नामाकरण गरिएको थियो।

प्रदेशको नामकरणका लागि प्रदेशसभा सचिवालयमा दुई वटा प्रस्ताव पेस भएता पनि नेकपा एमालेका प्रदेशसभा सदस्य राम राना मगरले ‘कोशी’ नाम राख्ने प्रस्ताव गरेका थिए। …

0 comment
0 FacebookTwitterEmail

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेलसहित झापाका १९ जना उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने हुनुभएको छ।

आफ्नो मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर  उम्मेदवारी रहेकाले उहाँहरूले आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफैंलाई मतदान गर्न नपाउने उम्मेदवारहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासहित अक्कलबहादुर तामाङ, महेन्द्र खायामली, राजन चुडाल, रामसुफल कामती, रेश्मा चेम्जोङ, त्रिनारायण राजवंशी, युग पाठक, कृष्णगोपाल छुस्यावाग, त्रिनारायण राजवंशी, श्यामबहादुर लिम्बू,

0 comment
0 FacebookTwitterEmail

संविधान सभा निर्वाचन २०६४  बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा खड्गप्रसाद ओलीले पराजय भोग्नु भएको छैन। नेकपा (एमाले) का अध्यक्ष ओली झापा ५ मा यो सहित सातौँ पटक चुनावी मैदानमा हुनुहुन्छ। उहाँले २०४८ सालमा भएको आम निर्वाचनमा निर्वाचित बनेयता २०६४ बाहेक पाँच पटक लगातार जनप्रतिनिधिका रुपमा चुनिएर दुई  पटक प्रधानमन्त्री बनिसक्नु भएको छ।

२०५१ सालमा भएको आम निर्वाचनमा साविक झापा क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीलाई पराजित गर्नुभएको थियो। २०५६ मा भएको आम निर्वाचनमा केपी झापाका दुई वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभयो। झापा २ र झापा ६ वाट एक साथ चुनाव लड्दा उहाँ दुबै क्षेत्रमा जित्नुभयो। …

0 comment
0 FacebookTwitterEmail

प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे र नेकपा (एमाले) नेता लालप्रसाद साँवा बीच दोस्रो  भेट हुँदैछ। साँवा २०७४ मा भएको प्रतिनिधि सभा सदस्यमा झापा ४ बाटै निर्वाचित सदस्य हुनुहुन्छ भने थेवे प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुसार हो।  यद्यपि दुवैको राजनीतिक भूगोल  तथा स्थायी बसोबास क्षेत्र एउटै हो।

एमाले नेता लालप्रसाद साँवाले २०७० सालमा संविधानसभा निर्वाचनमा सहभागी हुनुभएको थियो। तर, उहाँ नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीसँग पराजित हुनुभयो। २०७४ सालमा भएको  प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता साँवाले कांग्रेस नेता थेबेलाई भारी मतान्तरले पछि पार्दै निर्वाचित हुनुभयो। २०७४ मा भएको निर्वाचनमा एमाले नेता साँवाले ४३ हजार

0 comment
0 FacebookTwitterEmail

२०४८ साल यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट ६ पटक निर्वाचनमा भाग लिइसक्नु भएको छ। त्यसमध्ये उहाँले दुई पटक मात्रै जित्नु भएको थियो। सिटौलाले २०५१ सालमा भएको उप निर्वाचन र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा जित्नु भएको थियो। चार वटा निर्वाचनमा हारेका सिटौला सातौँ पटक निर्वाचनमा सहभागी हुँदै हुनुहुन्छ। 

यस अघि उहाँ २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएको हो। नेकपा गठबन्धनका उम्मेदवारको रुपमा मैदान उत्रिएका लिङ्देनले कांग्रेस नेता सिटौलालाई भारी मतअन्तर १३ हजार ४ सय ४३ मतले पराजित गर्नु भएको थियो। नेता सिटौलाले २०७४ मा भएको

0 comment
0 FacebookTwitterEmail

झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि भिडिरहनु भएका देवराज घिमिरे र हरिकुमार राना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) मा रहेर राजनीति गर्दा झापामा मात्र होइन झापाबाहिर पनि छुट्टै छवि बनाएका व्यक्ति हुनुहुन्छ । 

घिमिरे नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा  १ नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ भने राना प्रदेश कमिटी सदस्य हुनुहुन्छ। तर, प्रतिनिधि सभाको निर्वाचन २०७९ को मनोनयन दर्ताको अघिल्लो दिनबाट उनै घिमिरे र राना सहकर्मी नभई मुख्य प्रतिष्पर्धीका रुपमा देखा पर्नु भएको छ। नेकपा (एमाले)ले आफूलाई  स्थान नदिएको भन्दै राना नेकपा (एमाले) छाडेर बाहिरिनु भयो।

पार्टीमा रहँदा शालिन, भद्र र प्रभावशाली नेताका रूपमा आफ्नो परिचय बनाएका

0 comment
0 FacebookTwitterEmail

तत्कालीन राजनीतिक विद्रोहको आधारभूमि रहेको झापा पछिल्लो समय केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ। समकालीन राजनीतिमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरूले छिटपुटबाहेक देशको केन्द्रीय राजनीतिमा वर्चस्व जमाउँदै आएका छन्। २००७ देखि २०६२/०६३ को राजनीतिक परिवर्तनसम्म झापाको भूमिका अग्रमोर्चामा रहेको छ। झापा विद्रोहको कर्मभूमि हो। यही कर्मभूमिबाट उदाएका नेता र नेतृत्वले अहिलेसम्म आफ्नो राजनीतिक कौशललाई कायमै राखेको देखिन्छ। २००७ सालमा राणा आन्दोलनदेखि पञ्चायतको किसान र दुई वटा जनआन्दोलनमा झापा केन्द्रमा नै रह्यो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिककै जाँदा अहिले झापामा चुनावी सरगर्मी बढेको छ। दलका नेता तथा कार्यकर्ताहरूको सक्रियता समेत बढेको छ। केन्द्रीय …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्द सूचीमा झापाका ६२ जनाको नाम समावेश भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रतिनिधिसभाका लागि मात्रै ६२ र प्रदेश सभा सदस्यका लागि १६५ गरी २२७ जनाको नाम बन्द सूचीमा समावेश भएको हो ।

प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसबाट तीन जनाको मात्रै नाम बन्द सूचीमा परेको छ । पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्य मन्त्री सरिता प्रसाईं महिला खस आर्य तर्फ , पुरुष आदिवासी जनजाति तर्फ टेक बहादुर लिम्बू र पुरुष मधेशी कोटामा हरेकृष्ण घोषको नाम बन्द सूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट …

0 comment
0 FacebookTwitterEmail

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँको समेत लगानी रहेको एक निजी कम्पनीलाई बिर्तामोड नगरपालिकाले दुई करोड ५४ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको पाइएको छ।

सार्वजनिक खरिद ऐन अनुसार जनप्रतिनिधि तथा कर्मचारी आबद्ध निजी कम्पनीलाई बजेट छुट्याउन नपाउने व्यवस्था रहेको छ। तर, बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनका नाममा मेयरको समेत साझेदारीमा रहेको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडलाई बिर्तामोड नगरपालिकाले दुई करोड ५४ लाख रुपैया दिने निर्णय गरेको खुलेको हो।

नगरपालिकाले नगरप्रमुख प्रसाईँको आफ्नै शेयर रहेको निजी कम्पनीलाई बजेट दिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भदौ १९ गते लिखित अनुमति लिएको छ।

स्थानीय सरकार सञ्चालन …

नगरप्रमुख समेतको लगानी रहेको कम्पनीलाई साढे दुई करोड अनुदान
0 comment
0 FacebookTwitterEmail

इलामको फाकफोकथुम गाउँपालिकाले बेरुजु फछर्यौट गर्न तत्परता देखाउनको सट्टा उल्टै महालेखाको प्रतिवेदनमाथि नै टीका टिप्पणी गरेको छ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार २०७८ साल असार ३१ गतेसम्म गाउँपालिकामा ८ करोड ४१ लख ७५ हजार रुपैयाँ बेरुजु देखिएको समाचार आईएनएसस्वतन्त्र समाचारमा सार्वजनिक भएको थियो। फाकफोकथुम गाउँपालिकासहित इलामका दशवटै स्थानीय तहमा देखिएको बेरुजुको समाचार सार्वजनिक भएसँगै फाकफोकथुम गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आधारहीन समाचार प्रचारप्रसार गर्दै गाउँपालिकाको बदनाम गराउने कार्य भएको भन्दै आपत्ति जनाएको हो।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा पालिकाको बेरुजुका सम्बन्धमा टीका टिप्पणी गरी तथ्यहीन तथ्याङ्कहरू राखी आमनागरिक तथा सरोकारवालाहरूमा भ्रम सृजना …

इलामको फाकफोकथुममा बेरुजु ढाकछोपको प्रयास
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved